सिकाइ उपलब्धि वृद्धिका लागि कक्षाकोठा व्यवस्थापन {Sikai Upalabdi Bridhika Lagi Kakshyakotha Byabasthapan}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
प्रस्तुत शोधपत्र सिकाइ उपलब्धि वृद्धिका लागि कक्षाकोठा व्यवस्थापनसिकाइ उपलब्धि वृद्धिका लागि कक्षाकोठा व्यवस्थापनसिकाइ उपलब्धि वृद्धिका लागि कक्षाकोठा व्यवस्थापनसिकाइ उपलब्धि वृद्धिका लागि कक्षाकोठा व्यवस्थापन शीर्षकमा
तयार गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्यहरु विद्यालय कक्षाकोठा पहिचान गन,
कक्षाकोठा व्यवस्थापनमा नमुना छनोटमा परेका उत्तरदाताको भूमिका पहिचान गर्नु,
अतिरिक्त क्रियाकलापबाट सिकाइ उपलब्धिमा प्रभावको विश्लषण गन र कक्षाकोठा
व्यवस्थापनमा देखिएका कमी कमजोरी सुधार गर्न सझाव दिनु रहेको छ ।
यस शोधपत्रको उद्देश्य प्राप्तिका लागि झापा जिल्लाअन्तर्गत हल्दीबारी गाउँपालिका
र बिर्तामोड नगरपालिका अन्तर्गतका छवटा विद्यालयलाई नमुनाका रूपमा छनौट गरी
तथ्याङ्क सङ्कलन गर्न ६ प्रधानाध्यापक, ६ विद्यालय व्यवस्थापन समिति अध्यक्ष, १२
शिक्षक र १२ विद्यार्थीसग प्रत्यक्ष छलफल, अन्तरक्रिया, प्रश्नावली, अवलोकन फारम,
रुजुसूची, विद्यालय सिकाई उपलब्धि २०७३÷०७४ र वर्तमान भौतिक अवस्थाको अध्ययन
गरी प्राथमिक तथा द्वितीय साधनको प्रयोग गरिएको छ । प्राप्त भएका तथ्याङ्क
विवरणहरूलाई उद्देश्य र पयोजन अनुसार वर्गीकरण, व्याख्या र विश्लेषण गरिएको छ ।
यस अध्ययनमा आधारभूत तहमा कक्षाकोठा व्यवस्थापनमा नीतिनियम अपुरो
भएको, भएको नीतिनियमको पनि सही रूपमा कार्यान्वयन नभएको, कक्षाकोठाको
व्यवस्थापन मापदण्ड अनुसार नभएको साथै कक्षाकोठाको सजावट र बालमैत्री कक्षाकोठाको
व्यवस्थापन कमजोर भएको पाइया । आवश्यक शैक्षिक सामग्री कक्षामा आकर्षित ढङ्गमा
प्रदर्शित गर्न सकिएको छन । देशको राष्ट्रिय उद्दश्य र पाठ्यक्रमको उद्देश्यअनरूप सिकाई
उपलब्धि वृद्धिका लागि पाठ्यक्रम, पाठ्यपुस्तक, बालकको रुचि र व्यवस्थित कक्षाकोठाको
व्यवस्थापन शिक्षा नियमावली अनुसार केही मात्र मापदण्डहरू पूरा भएको पाइया । शिक्षाको
पेसागत सुरक्षाको उचित सुनिश्चित नभएको, शिक्षकमा पेसाप्रतिको जिम्मेवारीपूर्ण बोध कम
भएको, केही नियम पालना गर्न व्यवहारिक कठिनाई भएका्, अनुगमन र निरीक्षण कार्य
सन्तोषजनक नभएको, संघीय, पदेशीय र स्थानीय निकायबीचमा शिक्षासम्बन्धी
नीतिनियमहरू ऐन, काननहरूको पूर्ण रूपमा नबनिरहेको अवस्था छ साथ ७७ वटै
जिल्लाका ७५३ स्थानीय निकायहरूका सरोकारवालाहरूको ध्यान कक्षाकोठा व्यवस्थापनमा
पुगी सिकाई उपलब्धि वृद्धिका लागि सुझाव पेश गरिएको छ । यस अध्ययनबाट विद्यालयको कक्षाकोठा उचित व्यवस्थापनले विद्याथीहरूको सिकाई
उपलब्धि वृद्धिमा सकारात्मक प्रभाव पार्दोरहेछ भन्ने कुरा स्पष्ट भएको छ । अब जुन
विद्यालयहरूको कक्षाकोठा व्यवस्थापन कमजोर रहेको छ । उक्त कक्षाकोठाको सिकाई
उपलब्धि वृद्धि न्यून भएका देखिन्छ भने जुन कक्षाकोठाको व्यवस्थापन उचित र व्यवस्थित
भएको छ । उक्त कक्षाकोठाको विद्याथीहरूको सिकाई उपलब्धि वद्धि भएको दखिन्छ । यसको
अतिरिक्त विद्यालयमा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरेर शैक्षिक भ्रमण गरेर,
प्रयोगात्मक विधिहरूको अवलोकन गरेर अझ कक्षाकोठा राम्ररी सञ्चालन गर्ने विधि थाहा
पाउन उद्देश्य अनसारको सिकाई उपलब्धि वद्धि हासिल गर्न सरोकारवालाहरूसग सुसम्बन्ध
कायम राख्न कक्षाकोठा व्यवस्थापन गर्नुपर्ने रहेछ भन्ने यस अध्ययनबाट स्पष्ट भएको छ ।
