सुकुम्बासी बालबालिकाको प्राथमिक शिक्षामा पहुँच (Sukumbasi Balbalikako Prathamik Shikshyama Pahunch)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन विभाग सुकुना बहुमुखी क्याम्पस इन्द्रपुर, मोरङ
Abstract
यो शोधपत्र सुकुम्बासी बालबालिकाहरूको प्राथमिक शिक्षामा पहुँचसँग सम्बन्धित छ र यसको मुख्य उद्देश्य सुकुम्बासी वस्तीमा रहेको प्राथमिक विद्यालय उमेरका बालबालिकाहरूको शैक्षिक समस्याहरू पत्ता लगाई समाधानका उपायहरू सुझाउनु रहेको छ । यस अध्ययनमा सुकुम्बासी वस्तीमा भएका १४९२ घरधुरी मध्ये उद्देश्यमूलक नमुना छनोट विधिको आधारमा ५० घरपरिवारलाई छनोट गरिएको छ । त्यसैगरी ५० घरपरिवारका ५० अभिभावक, ६० विद्यार्थी, प्र.अ. तथा शिक्षक १४, विद्यालय ४ र अन्य
सम्बन्धित ब्यक्तिहरू ५ लाई नमुनाको रूपमा छनोट गरिएको छ । यस अध्ययनका लागि प्राथमिक र द्वितीय स्रोतका तथ्याङकहरूलाई आधार बनाइएको छ । यस अध्ययनबाट सुकुम्बासी वस्तीमा आमामात्र साक्षर परिवारका बालबालिका शतप्रतिशत विद्यालय गएको पाइयो । सुकुम्बासी नै भएपनि नोकरी, वैदेशिक रोजगार एवम् ब्यापार ब्यवसाय गर्ने परिवारका छोराछोरीको विद्यालय सहभागिता ज्याला, मजदुर, कृषि
मजदुरी एवम् अन्य पेशा गर्ने परिवारका बालबालिकाको भन्दा उल्लेखनिय रूपमा वढी
पाइयो । सुकुम्बासी बालबालिकाका अभिभावकहरूको मासिक आम्दानीले दुईछाक टार्न
मुस्किल रहेको पाइयो । उनीहरूको साक्षरताको अवस्था पनि ज्यादै न्यून रहेको देखिन्छ ।
गत सालको तुलनामा भर्नादरमा वृद्धि भएतापनि कक्षा छाड् ने दरपनि वढेको पाइयो ।
सुकुम्बासी बालबालिकाहरू विद्यालयमा भर्ना नहुनु भएपनि बीचैमा कक्षा छाड् नुको मुख्य
जिम्मेवार अभिभावक नै रहेको पाइयो । त्यस्तै सुकुम्बासी बालबालिका विद्यालयमा भर्ना
नहुनु, भएपनि बीचैमा कक्षा छाड् नुको मुख्य कारक तत्व गरिवी रहेको पाइयो भने त्यसको
अतिरिक्त चेतनाको कमी, अशिक्षा, बेरोजगारी, घरायसी कारण, भाइबहिनी स्याहार गर्नुपर्ने,
बसाइसराई, स्वास्थ्य, बारम्बारको असफलता रहेका छन् । प्राथमिक विद्यालय उमेरका सबै सुकुम्बासी बालबालिकालाई विद्यालयमा सहभागी गराउन विद्यालयले आर्थिक सहयोग, छात्रवृत्तिको ब्यवस्था, निशुल्क शिक्षा कार्यक्रम सञ्चालन गर्ने, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले सुकुम्बासी बालबालिकाका अभिभावकहरूको लागि प्रौढ शिक्षाका साथै आय(आर्जन र सीपमूलक तालिम सञ्चालन गर्ने, विद्यालयले विद्यालयमा सहभागी नभएका र बीचैमा कक्षा छाडेका प्रौढहरूको लागिपनि
प्रौढशिक्षा सञ्चालन गर्ने, समाजले निशुल्क शिशु स्याहार केन्द्रको स्थापना गर्ने, विद्यालयका
शिक्षकहरूद्वारा अतिरिक्त समयमा शिक्षण कार्यक्रम सञ्चालन गर्ने साथै शिक्षामा सफलता
प्राप्तगर्ने सुकुम्बासी बालबालिकाहरूलाई पुरस्कार एवम् प्रोत्साहन प्रदान गर्ने, गाउँ, समाज,
विद्यालयबाट नै जातिय, वर्गिय विभेदको अन्त्य गर्ने जस्ता उपायहरूलाई सुझावहरूका
रूपमा समावेश गरिएको छ ।
