विद्यालयमा शैक्षिक व्यवस्थापन सूचना प्रणालीको प्रयोग {Bidhyalayama Shaikshik Byabasthapan Suchana Pranaliko Prayog}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन सङकाय
Abstract
प्रस्तुत शोध पत्रको शीर्षक विद्यालयमा शैक्षिक व्यवस्थापन सूचना प्रणालीको प्रयोग हो ।
प्रस्तुत अध्ययनमा विद्यालयमा शैक्षिक व्यवस्थापनमा सूचना प्रणाली प्रयोगको अवस्थाको
खोजी गरी सूचना प्रणालीमा देखा परेका समस्याहरु पत्ता लगाउनु मुख्य उद्देश्य हो ।
यो शोधकार्यलाई पूरा गर्न मिश्रित अनुसन्धानात्मक ढाँचाको प्रयोग गरिएको छ । यी
उद्देश्यहरु पूरा गर्न सुनसरी जिल्ला अन्तर्गत रामधुनी नगरपालिकाको १० वटा सामुदायिक
विद्यालयहरु मध्ये नमूना छनौटको आधारमा ५ वटा विद्यालयहरुको ५ जना प्र.अ., ५ जना
वि.व्य.स. अध्यक्ष तथा शिक्षक, अभिभावकलाई नमूनाको रुपमा लिएको छ । प्रस्तुत शोधपत्र
वर्णनात्मक शैलीमा लेखिएको छ । प्राप्त सूचना तथा तथ्यांकलाई तालिकीकरण गरी
सम्बन्धित सिद्धान्त तथा साहित्यका आधारमा व्याख्या विश्ले षण गरिएको छ । प्रश्नावली
सर्वेक्षण फारम र अभिलेखको अध्ययन गरिएको छ । धेरै जसो सूचना तथा तथ्याङ् क
संकलन कार्य अनुसन्धानकर्ता स्वयम उपस्थित भई गरिएको छ भने कतिपय सूचना र
जानकारी सहयोगी प्र.अ., शिक्षक तथा वि.व्य.स. अध्यक्ष मार्फत संकलन गरिएको छ ।
सङ्कलन गरिएका सूचनाहरुलाई विभिन्न शीर्षक, उपशीर्षकमा राखी व्याख्या, विश्लेषण
एवम प्रस्तुतीकरण गरिएको छ ।
सामुदायिक विद्यालयहरुमा सूचना प्रणालीको वर्तमान अवस्था, इन्टरनेटको प्रयोग, परीक्षा
व्यवस्थापनमा सूचना प्रणालीको प्रयोग, प्रशासनिक कार्यमा सूचना प्रणालीको भूमिका,
सूचना संकलनको स्थिति, सूचना प्रणालीको भण्डारणको स्थिति जस्ता पक्षको अध्ययन
गरिएको छ । यस्ता क्षेत्रहरुमा देखिएका समस्याहरु जस्तै सूचना प्रणालीको प्रयोग फितलो
हुनु, शिक्षक कर्मचारीको आफ्नो उत्तरदायित्व स्पष्ट नहुनु, प्रभावकारी योजना नहुनु,
कमजोर आर्थिक अवस्था, कमजोर संरचना, तालिम प्राप्त जनशक्तिको अभाव, शिक्षक,
अभिभावक र विद्यार्थी बीच समन्वयको अभाव जस्ता समस्याहरु देखाइएको छ । सामुदायिक
विद्यालयहरुमा सूचना प्रणालीको अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकालियो । कम्प्यूटर
सम्बन्धी आएको सहयोग सोही क्षेत्रमा त्यही शीर्षकसँग सम्बन्धित क्षेत्रमा लगाएको देखियो ।
५ वटा देखि ८ वटा कम्प्यूटर सामाग्रीहरु विद्यालयमा रहेको देखियो ।शोधकार्यमा सुझावको रुपमा प्रत्येक विद्यालयमा एक एक जनाको दरले कम्प्यूटर प्राविधिक
शिक्षक दरबन्दी थप गर्नु पर्ने देखिन्छ । कम्प्यूटर ल्याब खोल्नु पर्ने देखिन्छ । विद्यालयमा
इन्टरनेटको व्यवस्था गर्नु पर्ने देखियो । विद्यालयका शिक्षकहरुलाई सूचना प्रणालीसँग
सम्बन्धि तालिमको व्यवस्था हुनु पर्ने देखिन्छ । यसरी नै समस्याहरुलाई समाधान गर्न
संरचनामा सुधार, आर्थिक पक्षमा सुधार, तालिम प्राप्त जनशक्तिको व्यवस्थापन, सूचना
केन्द्रको स्थापना, तथ्यांक प्रयोगमा सुधार जस्ता कुराहरु सुझाइएको छ ।
