विवाहित महिलाहरूमाथि हुने घरेलु हिंसा (पोखरा महानगरपालिका–७,राष्ट्र बैंक टोल एक अध्ययन) {Domestic violence against married women (Pokhara Municipal Corporation-7, Rashtra Bank Toll A Study)}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Department of Sociology

Abstract

प्रस्तुत शोध विवाहित महिलाहरू माथि हुने घरेलु हिंसाको विषयमा पोखरा–७, राष्टबैंक मार्गका ७२ घरहरूमा एक विवाहित महिलामा गरिएको हो । नेपालका आधा भागभन्दा बढी संख्या ओगटे पनि यो पुरुषप्रधान समाज हो । महिलाहरूमा मानसिक, शारिरीकर संवेगात्मक किसिमका विभिन्न घरेलु हिंसा भइरहेको अवस्था छ । यस शोधको मुख्यउद्देश्य त्यहाँ बसोबास गर्ने विवाहित महिलाहरूमाथि हुने घरेल हिंसाको बारेमा पहिचानगरी किन हिंसा भएको रहेछ भनेर कारण खोजी गरी त्यसको प्रभाव र असर खोजी गनरहेको थियो । यस शोध कार्यले विवाहित महिलाहरूमाथि हुने घरेलु हिंसालाई देखाउदछयसको साथै कारण पनि खोजी गर्दछ । यस अध्ययनको सिमाहरूमा प्रत्येक विवाहितमहिलाहरूलाई प्रतिनिधिका रूपमा चयन गरिएका छ । जाति, शिक्षा, उमेर आदिकाआधारमा पनि घरेलु हिंसाहरू फरक फरक रहेको हुन्छ । राष्ट्र बैंक मार्गको विवाहितमहिलाहरूमा के कस्तो घरेलु हिंसा भएको छ भन्न बारेमा अध्ययन गरिएको छ । आफ्नटोलको महिलाहरूमा के कस्तो हिंसा रहेको छ भन्ने बारेमा जान्ने उत्सकताले गर्दा रआफैले पनि समाजमा धेरै देखेको कारण मैले यो शोध कार्य गरेको हो । अध्ययनको ढाँचावर्णानात्मक तथा अन्वेषणात्मक विधि छनोट गरिएको छ । यस अध्ययनमा गुणात्मक रसंख्यात्मक तथा प्राथमिक र द्वितीय स्रोतको प्रयोग गरिएको छ । यस अध्ययनसग सम्बन्धितराष्ट्र बैंक मार्गमा ७२घरधुरी रहेको छ जसमा प्रत्येक घरको १÷१ विवाहित महिलाहरूउद्देश्यमूलक नमूना छनौट गरी गरिएका छ । यस अनुसन्धानबाट पत्ता लगेको परिमाणलभविष्यमा विवाहित महिलाहरूमाथि हुने घरेलु हिंसा सम्बन्धी अनुसन्धान गन व्यक्तिलाइमार्ग देखाउनेछ । साथै महिलाहरूमा दिन प्रतिदिन पत्यक्ष तथा अप्रत्यक्ष रूपबाट भइरहेकावर्तमान परिपेक्षमा यो क्षेत्र पनि अछुतो रहेको छैन । यस अध्ययनको सिलसिलामा २०७६सालमा स्थलगत सर्वेक्षण गरी विवाहित महिलाहरूमाथि हुने घरेलु हिंसाका विभिन्न तथ्याङ्कसंकलन गर्दा प्राथमिक विधि अन्तर्गत अन्र्तवार्ता अनुसूची, व्यक्तिगत अध्ययन, द्वितीयतथ्याङ्क विधि अन्तर्गत विभिन्न विद्वानहरूबाट प्रकाशित पुस्तक, लेख, रचना जस्ता सामग्रीप्रयोग गरी लैङ्गिक सिद्धान्तमा आधारित गरी यो शोध कार्य अघि बढाइएको छ । महिलाहरूशिक्षामा पछि नै परेको देखिन्छ । विवाहित महिलाहरूलाई मानसिक, शारीरिक र संवेगात्मकअसर परेको स्थिति छ । हिंसालाई प्रभाव पार्ने तत्वहरूमा शिक्षा, रोजगार, उमेर, जातिआदि रहेका छन ।

Description

Citation

Collections