आसियान र सार्क : एक तुलनात्मक अध्ययन {ASEAN and SAARC: A Comparative Study}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
राजनीतिशास्त्र संकाय
Abstract
क्षेत्रीय सुरक्षा र क्षेत्रीय प्रबन्धको अवधारणा मानव समुदायको आवश्यकताबाट
आएको हो । हरेक मानव समुदाय राष्ट्रिय राज्य प्रणालीमा आबद्ध भएको हुन्छ र राज्य
प्रणालीमा प्रारम्भिक इकाई भनेको राज्य हुनु जो स्वतन्त्र र सम्प्रभुता सम्पन्न भएकाले
आफनो कानुन र नियम आफैँ बनाउन तथा कार्यान्वयन गराउन सक्षम हुन्छ । तर
राज्यहरू स्वतन्त्र भए पनि आर्थिक, व्यापारिक र राजनीतिक आधारमा एक अर्कामा
अन्तरनिर्भर हुन्छ । विश्वव्यापीकरण, सञ्चार व्रmान्ति तथा विज्ञान र प्रविधिको विकासले
विश्व एक गाउँमा रुपान्तरण भएको अवस्थामा राज्यका आवश्यकताले आफनो राष्ट्रिय
सीमा नाघेर अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरूको निर्धारण भएको पाउँछौँ ।
प्रथम विश्वयुद्ध पश्चात विश्वमा स्थायी शान्ति स्थापनार्थ राष्ट्रसंघको
असफलतापछि दोस्रो विश्वयुद्ध भयो । तत्पश्चात विश्वमा एउटा प्रभावशाली अन्तर्राष्ट्रिय
संगठनको आवश्यकता अनुसार ५१ राष्ट्रको उपस्थितिमा विधिवत रूपमा १४ अक्टोबर
१९४५ मा संयक्त राष्ट्रसंघको स्थापना भएको थियो । विश्वका सबै क्षेत्रको विविध
समस्यालाई समाधान गर्न सम्भव नभएको अवस्थालाई हृदयङगम गरी संयुक्त राष्ट्रसंघको
बडापत्रको धारा ५२, ५३ र ५४ मा क्षेत्रीय संगठनको स्थापना सम्बन्धी व्यवस्था
गरेअनुरूप आशियान, सार्क लगायत विश्वमा कैयौँ क्षेत्रीय सङगठन स्थापना भएको
पाउँछौँ ।
विश्व शक्ति राष्ट्रहरूका खेल मैदानको रूपमा रहेको दक्षिणपूर्वी एसियाको
क्षेत्रहरूलाई तटस्थताको नीतिलाई क्षेत्रीय सुरक्षा र आफनो क्षेत्रको विकासमा सदस्य
राष्ट्रहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र प्रशासनिक क्षेत्रमा आपसी सहयोग गरी
दक्षिणपूर्वी एसियालाई शान्त, स्वतन्त्र र तटस्थ क्षेत्र कायम गर्ने उद्देश्यले ८ अगस्ट १९६७
मा बैङकक घोषणापत्रद्वारा आशियान संगठनको स्थापना भएको पाउँछौँ ।
यस संगठनको उद्देश्य र सिद्धान्तलाई स्वीकार गर्ने कुनै पनि दक्षिणपूर्वी
राष्ट्रहरूलाई यस संगठनमा संलग्नताको बाटो खुला गरिएको पाउँछौँ । प्रारम्भमा ५ वटा
सदस्य राष्ट्र सहभागी भएको उक्त संगठनमा हाल आएर सदस्य सङख्या ११ पुगेको छ ।
यस संगठनको संस्थापक सदस्यहरमा इन्डोनेसिया, थाइल्याण्ड, फिलिपिन्स, मलेसिया र
सिंगापुर थियो भने पछि गएर भियतनाम, कम्बोडिया, लाओस, म्यानमार, ब्रुनाई र पूर्वी
टिमोर रहेको छ ।
यसैगरी पृथ्वीको गोलाद्र्धको दक्षिणी भागमा अवस्थित हिमालय पर्वतदेखि हिन्द
महासागरसम्म फैलिएको दक्षिण एशियाली क्षेत्रका राष्ट्रहरूका बिच क्षेत्रीय सहयोग र
पारस्परिक हित अभिवृद्धि गर्दै मैत्री भाव सामुहिक अन्तरनिर्भरता अभिवृद्धि गर्दै यस क्षेत्रको
आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने उद्देश्यले ७, ८ डिसेम्बर १९८५ मा विधिवत
रूपमा सार्कको स्थापना भएको पाउँछौँ ।
यस संगठनमा नेपाल लगायत भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान,
बङगलादेश सहभागी थिए भने पछिल्लो पटक अफगानिस्तान आठौँ सदस्य राष्ट्रको रूपमा
आएको पाउँछौँ । सार्कले आफनो स्थापनाकालको ३३ औँ वर्ष पूरा गरेको पाउँछौँ ।
एसियाको राजनीतिमा आसियानले विगत ५१ वर्षदेखि महत्वपूर्ण भूमिका खेल्दै
आएको पाउँछौँ । यस सङगठन मूलतः दक्षिणपूर्वी एसियामा पर्दछ । यो प्रशान्त महासागर
र हिन्द महासागरबीच अवस्थित छ । बहुभाषिक, बहुधार्मिक, बहुजातीय, बहुराजनीतिक
यहाँको मूल समस्या हो । यस क्षेत्रको कैयौँ मुलुकमा अहिलेसम्म प्रजातन्त्रको लागि
अनुकूल बन्न सकको छैन । आज पनि यस क्षेत्रमा अमेरिका र चीनको प्रभाव छ । यहाँ
राजनीतिक अस्थिरता छ । पृथ्वीको गोलाद्र्धको दक्षिणी भागमा अवस्थित नेपाल, भारत,
पाकिस्तान, भुटान, बङगलादेश, अफगानिस्तान, श्रीलंका, माल्दिभ्स मिली क्षेत्रीय रूपमा
एकाकार भई सार्क स्थापना भएको पाउँछौँ । यसरी क्षेत्रीय रूपमा एककाकार भए पनि
विश्व राजनीतिमा तनाव क्षेत्रमध्ये यस क्षेत्रलाई एक मानिन्छ । यस क्षेत्रको भारत तथा
पाकिस्तान जन्मकाल देखि नै द्वन्द्वात्मक अवस्थामा छन ।
यी दुवै क्षेत्रमा देखा परेको गरिबी, अशिक्षा, अनियन्त्रित जनसङख्या आदि यस
क्षेत्रको साझा समस्या हो । यसको अतिरिक्त आणविक शास्त्रास्त्रको होडबाजी, जातीय
समस्या, साम्प्रदायिक दंगा, पृथकतावादी व्रिmयाकलाप, प्रजातन्त्रको स्थापना र मानव
अधिकारको प्रत्याभूतिमा कमी यो क्षेत्रको मूल समस्या हो । यो क्षेत्रमा आतंकवादी
गतिविधि बढदो छ । जसरी आसियानका देशहरू इन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा
आतङ्कवादी व्रिmयाकलाप बढदो छ, त्यसरी नै दक्षिण एसियामा नेपाल, भारत, पाकिस्तान,
अफगानिस्तानहरूमा आतङ्कवादको दर उच्च छ ।
क्षेत्रीय संगठनको रूपमा उदाएका दुई संगठनहरू सार्क र आसियान बीचको
तुलनात्मक अध्ययन गर्नु यस शोधको प्रमुख उद्देश्य हो ।
क) विश्वमा क्षेत्रीय संगठनको अवधारणाको विकासको बारेमा चर्चा गर्नु,
ख) सार्क र आसियानको उद्देश्य र उपलब्धिहरूको तुलनात्मक विवरण प्रस्तुत गर्नु,
ग) आसियान र सार्कको चुनौती र सम्भावनाको खोजी गर्नु ।
यस शोध विधि तयार गर्नका लागि मुख्यतया पुस्तकालय अध्ययन विधि
अपनाइएको छ । यस शोधपत्रको अत्यन्तै महत्वपूर्ण अंश मानिने अध्ययन विधि तुलनात्मक
अध्ययन विधि हो । यसको मूल स्रोतको रूपमा विभिन्न पत्रपत्रिकाहरू विभिन्न
विद्वानहरूद्वारा गहन अध्ययन गरी लेखिएका पुस्तकहरू, अनुसन्धानको व्रmममा प्राप्त पूर्व
शोधपत्रहरू, इन्टरनेटमा उपलब्ध विभिन्न लेख तथा तथ्याङकहरू, आसियान तथा सार्कको
बडापत्रहरू, प्राथमिक तथा गौण तथ्याङकहरूको आधारमा वर्णनात्मक र विश्लेषणात्मक
हुँदै अध्ययन विधि रहेको छ भने तुलनात्मक अध्ययन विधिलाई विशेष प्राथमिकता दिएको
छ ।
शान्त, स्वतन्त्र र तटस्थ क्षेत्र कायम गर्ने उद्देश्यले दक्षिणपूर्वी एसियामा क्षेत्रीय
संगठनको रूपमा स्थापना भएको आसियानले आफनो स्थापनाको ५१ वर्ष पूरा गरिसकको
छ । यस हालसम्म ३३ वटा शिखर सम्मेलनहरू सफलतापूर्वक सम्पन्न गरिसकको छ भने
दक्षिणपूर्वी एसियाका देशहरू बीच आर्थिक व्रिmयाकलाप बढाउने उद्देश्यले ब्क्भ्ब्ल् ँचभभ
त्चबमभ ब्ककयअष्बतष्यल ९ब्ँत्ब्० स्थापना गरेको छ । यस क्षेत्रको राष्ट्रहरूमा विभिन्न विवाद
हुँदाहुँदै पनि यस क्षेत्रमा राजनीतिक प्रशासनिक, आर्थिक, विचारधारात्मक, न्यायिक आदि
क्षेत्रमा एकीकरण संयन्त्र विकास गर्ने प्रयास गरेको पाउँछौँ । २५ जुलाई १९९५ मा
ब्क्भ्ब्ल् च्भनष्यलब िँयचगm यल क्भअगचष्तथ स्थापना गर्ने योजना अगाडि सारेर प्रथम सुरक्षा
व्यवस्था गरेको पाउँछौँ । क्वालालम्पुर घोषणा १९७१ ले यस क्षेत्रलाई शान्ति क्षेत्र
९श्इएँब्ल्० घोषणा गरी शक्ति राष्ट्रहरूलाई बाहिर निकाल्ने प्रयास गरेको पाउँछौँ ।
यसैगरी ८ डिसेम्बर १९८५ का ढाका घोषणापत्रद्वारा स्थापना भएको सार्कले
आफनो स्थापनाको ३३ वर्ष पूरा गरिसकेको छ । हालसम्म यस संगठनले विभिन्न
घोषणासहित १४ वटा शिखर सम्मेलनहरू सम्पन्न गरिसकको छ । आर्थिक क्षेत्रमा आपसी
सहयोग बढाउने उद्देश्यले क्ब्एत्ब् को अवधारणा अघि सारेको पाउँछौँ भने सार्क क्षेत्रलाई
स्वतन्त्र व्यापार क्षेत्र बनाउने उद्देश्य क्ब्ँत्ब् को अवधारणा अगाडि सारेको पाउँछौँ ।
जसको उद्देश्य यस क्षेत्रको राष्ट्रहरूलाई विना रोकटोक स्वतन्त्र रुपले व्यापार गर्न दिनु हो
। यसैगरी सार्कको महत्वपूर्ण व्रिmयाकलापमा सार्क सूचना केन्द्र स्थापना गर्नु, सार्क क्षयरोग
केन्द्र स्थापना गर्नु, सार्क जलवायु केन्द्र स्थापना, सार्क अभिलेख केन्द्र स्थापना गर्नु
लगायत कैयौँ मानवीय हितको निर्णय गर्नु जस्ता व्रिmयाकलाप सार्कले गरेको पाउँछौँ ।
यसरी साझा हित र साझा प्रयत्नबाट क्षेत्रीय संगठनको रूपमा दोस्रो
विश्वयुद्धपछि आसियान र सार्कको स्थापना भएको पाउँछौँ । शक्ति राष्ट्रहरूको खेल
मैदानका रूपमा रहेको आसियान क्षेत्र धार्मिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक
विविधता भएको पाउँछौँ । यसमा संगठनको उद्देश्य र सिद्धान्तलाई स्वीकार गर्ने कुनै पनि
दक्षिणपूर्वी एसियाका मुलुकहरूलाई संगठनमा संलग्नताको बाटो खुला गरिएको यस
सङगठन सार्क भन्दा १८ वर्षले जेठो छ । दुई पक्षीय विवादको विषयमा छलफल गर्न
नपाउने र बाह्र देशहरूको संलग्नतामा बन्देज लागेको सार्क क्षेत्रमा राजनीतिक विविधता,
सांस्कृति विविधता, धार्मिक विविधता, आर्थिक असमनता र आतङकवादी समस्या रहेको
पाउँछौँ ।
तुलनात्मक रूपमा आसियान सार्कभन्दा प्रभावकारी र सक्षम संगठनको रूपमा
रहेको देखिन्छ । सार्क उमरको हिसाबले आसियानभन्दा १८ वर्ष कान्छो छ भने सार्कमा
एकै पटक धेरै विषय उठाउने र कार्यान्वयन पक्ष कमजोर रहने समस्या छ भने
आसियानमा सीमित विषयमा मुद्दा उठाउने र त्यसको कार्यान्वयन भएपछि मात्र अर्को
विषयमा प्रवेश गर्ने चलन रहेको छ । यसरी हेर्दा आसियानले युरोपियन युनियनको बाटो
हिँडनु पर्ने देखिन्छ भने सार्कले युरोपियन युनियनको साथै आसियानको मार्ग निर्देशनमा
हिँडेको खण्डमा आफनो उद्देश्य पूरा गर्नेमा विश्वास गर्न सकिन्छ ।
