पातिखोला गाउंमा बदलिदो पारिवारिक रणनीतिहरू{Changing Family Strategies in Patikhola Village}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Department of Sociology and Rural Devlopment
Abstract
आँधीखोला गाउँ पालिकामा रहेको पातिखोला गाउँका परिवारमा बदलिदो गृहस्थी रणनीतिहरू
नामक शोध एक ग्रामीण नेपाली समाजको अध्ययन हो । समाजशास्त्रीय अध्ययनमा आधारित
भएर गरिएको प्रस्तुत शोधकार्यमा विकासवादी दृष्टिकोण विशेष गरी आधुनिकीकरणको
सिद्धान्तबाट ग्रामीण समाजमा भैरहेको परिवारको हालको स्वरुप, जिविकोपार्जन रणनीति तथा
यसमा आएको परिवर्तित अवस्थालाई विवेचना गर्न खोजिएको छ । वर्णनात्मक ढाँचामा गरिएको
यस अनुसन्धान कार्यले नेपालले अहिले भोगिरहेको प्रमुख समस्याहरु जनशक्ति विदेश पलायन,
ग्रामीण उत्पादनमा ह्रास, बेरोजगारी, सांस्कृतिक क्षयीकरण देखि लिएर गाउँमा भित्रिरहेको विकास,
सेवा तथा सुविधाहरुको बारेमा तथ्यगत जानकारी लिई तिनीहरुको कारण खोतल्ने प्रयास
गर्दछ ।
यस अनुसन्धान कार्यबाट प्राप्त विवरण तथा तथ्यांक अनुसार नेपाली ग्रामीण परिवारको आकार
निकै सानो भएको, वृद्ध तथा अशक्तको संख्या युवा जनशक्तिको अनुपातमा बढिरहे को, प्रायजसो
परिवारमा धेरै मात्रामा जग्गा बाँझो हुने गरेको, बसाई सर्नेको संख्या बढिरहेको, कृषिभन्दा पनि
अन्य नै पेशा जस्तै वैदेशिक रोजगार, व्यापार, नोकरी आदि आम्दानीको स्रोतलाई प्राथमिकता तथा
इज्जतका रुपमा हेर्ने गरिएको पशुपालनमा कमी आएको, पैसाको बचतको लागि बैंक तथा
लगानीको लागि शहरमा जग्गाजमीन खरीद गर्ने क्रम बढ् दो रहेको, ऋण आवश्यक परेमा बैंक
तथा सहकारीबाट लिने गरेको, छाना छाउन जस्ताको प्रयोग गरिने गरिएको, खानेपानीको स्रोतको
रुपमा धाराको उपलब्धता रहेको, बालबच्चालाई निजी विद्यालयमा पढाउन आकर्षित भएको,
आधुनिक सञ्चार माध्यमको प्रयोगमा वृद्धि भएको, बालबच्चालाई निजी विधालयमा पढाउन
आकर्षित भएको, इलेक्ट्रिक उपकरणहरुको अत्याधिक आयात रहेको, मनोरञ्जन तथा खेलकुदका
सामग्रीहरुमा शहरी प्रभाव परेको, एलपी ग्याँसको प्रयोग बढ् दै गैरहेको आदि विषयवस्तु सम्बन्धी
तथ्याङ् क संकलन तथा विश्लेषण गरी आएको निष्कर्षलाई प्रस्तुत गरिएको छ ।
सरल नेपाली भाषा तथा प्रस्तुतीकरण रहेको यस प्रतिवेदनको अध्ययनले ग्रामीण नेपाली समाजको
अँध्यारो उज्यालो दुवै पक्षलाई साक्षी भावमा हेरी, कुनै पूर्वाग्रह नगरी भविष्यमा काम लाग्ने गरी
वर्णन गरेको पाउन सकिनेछ । अतः हालको नेपाली ग्रामीण परिवारको स्वरुपको जानकारी,
सुखदुःख, पहिलेदेखि हुँदै आईरहेको परिवर्तनको दिशा तथा भविष्यमा आउनसक्ने परिस्थितिको
अनुमानका बारेमा यथार्थ जानकारी दिलाउनु नै यस शोधकार्यको सफलता मानिने छ ।
