महिला सशक्तिकरणले सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेकाे प्रभावको: एक अध्ययन, छथर गाँउपालिका, तेह्रथुम (Mahila sashaktikaranle samajik, aarthik tatha shaikshik kshetrama pareko prabhawko : ek adhyayan Chhthar Gaunpalika Terhthum)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
महिला सशक्तिकरणले सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावको ः एक अध्ययन, छथर गाउँपालिका, तेह्रथुम जिल्ला एक शीर्षकमा गरिएको अध्ययनमा महिलाहरुको सामाजिक अवस्थाको पहिचान गर्नु, महिला सशक्तिकरणले उनिहरुको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावको विश्लेषण गर्नु यस अध्ययनका उद्देश्यहरु रहेका छन् ।
यस शोधपत्र अध्ययनको उद्देश्यहरु पुरा गर्न गुणात्मक र परिमाणात्मक विधिबाट वर्णनात्मक र विश्लेषणात्मक साथै सर्वे ढाँचाको माध्यमबाट प्राथमिक र द्वितिय श्रोतबाट प्राप्त तथ्याङकहरुलाई तालिका, पाइ चार्टको प्रयोग गरि विश्लेषण गरिएको छ । अध्ययन क्षेत्रका घरधुरिलाई यस अध्ययनको जनसंख्या मानिएको छ । जनसंख्याबाट उद्देश्यमूलक नमूना छनोट विधिको प्रयोग गरि महिलाहरुको आर्थिक रुपमा सशक्त, शैक्षिक रुपमा सशक्त र सामाजिक रुपमा सशक्त भएका महिला भएको घरधुरि छुट्याइएको महिला सँग प्रश्नावलीबाट, महिला शिक्षक, महिला कर्मचारि, महिला स्वंयमसेविका, महिला सञ्जालको अध्यक्ष, महिला बुद्धिजिवि, निर्वाचित महिला प्रतिनिधि तथा समाजसेवि, गृहिणि महिला, व्यापार व्यावसायमा संलग्न आदि महिलाको समुहमा प्रश्नावली, अवलोकन, अन्तर्वार्ताको माध्यमबाट प्राथमिक तथ्याङ्क संकलन गरिएको छ भने गाउँपालिका प्रोफाइल, जि.वि.स. प्रोफाइल, राष्ट्रिय महिला आयोग, विभिन्न पत्रपत्रिका, प्रकाशित तथा अप्रकाशित कृतिहरु, पुस्तकालय, शोध पत्र, वेभसाइटहरु, केन्द्रिय तथ्याङ्क विभाग आदिलाई द्वितिय तथ्याङ्कको श्रोत बनाइएको छ ।
नमुना छनौटमा परेका महिलाहरुको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थाको अध्ययन गर्दा ३६ प्रतिशत महिलाहरु संयुक्त परिवारमा बसेको र ६४ प्रतिशत महिला एकल परिवारमा बसोबास गरेको पाईयो । संयुक्त भन्दा एकल परिवारमा बढि रहेको पाइयो । नमूना छनोटमा परेका महिलाहरुको परिवारमा गाउँको छलफलमा जाने विवरणमा महिला जानेमा ३७ प्रतिशत, पुरुष जानेमा २९ प्रतिशत र दुबै जानेमा ३४ प्रतिशत रहेको पाइयो । महिलाको घरपरिवारको आम्दानीका स्रोतहरु अन्तर्गत कृषिबाट ६३ प्रतिशत, व्यापारबाट १३ प्रतिशत, नोकरीबाट ९ प्रतिशत, वैदेशिक रोजगारबाट १५ प्रतिशत र अन्यबाट ० प्रतिशत स्रोतगत आम्दानी रहेको पाइयो । यस अनुसार महिलाहरुको पारिवारिक आम्दानी कृषिबाट सबैभन्दा बढि ६३ प्रतिशत गर्ने गरेको पाइयो । महिलाहरुको राजनैतिक क्षेत्रमा चासो राख्छु भन्ने महिलाहरु १५ प्रतिशत, अलि अलि राख्छु भन्नेमा ३० प्रतिशत र राख्दिन भन्ने महिलाहरु ५५ प्रतिशत रहेको पाइयो । नमुना छनोट महिलाहरुको क्षेत्रगत पारिवारिक खर्च कति हुन्छ भनि अध्ययन गरिएको छ । जस अनुसार उपभोगमा ५४ प्रतिशत, चाडपर्वमा ८ प्रतिशत, शिक्षामा १२ प्रतिशत, स्वास्थ्यमा ४ प्रतिशत, लत्ताकपडामा १६ प्रतिशत र अन्यमा ६ प्रतिशत महिलाहरुको क्षेत्रगत वार्षिक पारिवारिक खर्च रहेको पाइयो । नमुना छनौटमा परेका महिलाहरुको आर्थिक अवस्था हेर्दा वार्षिक आम्दानी रु.४,५६,४१,२४९ रहेको छ भने वार्षिक खर्च रु.२,८३,७७,००० रहेको छ । त्यसैगरि वार्षिक बचत रु. १,७२,६४,२४९ रहेको छ । नमुना छनोट महिलाहरुको शैक्षिक अवस्था हेर्दा १८–३० वर्ष उमेर समुहका महिलाहरु साक्षर ३, प्रा.वि १, नि.मा.वि. १२, मा.वि. १८, प्रमाणपत्र तह ५, स्नातक १ जना रहेको पाइयो । ३०–४५ वर्ष उमेर समुहका महिलाहरुमा साक्षर महिला ११, प्रा.वि. ८, नि.मा.वि.६, मा.वि. ९, प्रमाण पत्र तह ४ र स्नातक १ रहेको पाइयो भने ४५–६० वर्ष उमेर समुहका महिलाहरुमा निरक्षर ४ जना, साक्षर २२, प्रा.वि. ४, नि.मा.वि.१, मा.वि. ३, स्नातक १ जना रहेको पाइयो र स्नातक भन्दामाथिको शिक्षा भएका महिलाहरु नरहेको पाइयो । यसर्थ यस क्षेत्रको महिलाहरुको सामाजिक अवस्था सन्तोषजनक र सकारात्मक रहेता पनि शिक्षामा उच्च शिक्षा तथा आर्थिक रुपले सक्षम महिलाको संख्या न्यून रहेको पाइयो ।
महिलाहरुमा सामाजिक चेतनाको कमि, विभिन्न स्रोत साधनको अभाव, सिप मूलक तालिमको अभाव, खानेपानीको समस्याले महिलाको अन्य वृद्धि र विकासमा बाधा परेको, महिला हिसां विरुद्ध महिला पुरुष दवैलाइ काउनसिलिङ तालिमको अभाव, उच्च शिक्षाको अभाव रहेको पाइयो । महिलाहरु मुख्य गरेर कृषि र पशुपालन पेशामा संलग्न रहेको तर परम्परागत खेति प्रणालि अपनाएको पाइयो भने केहि महिला सरकारी जागिर, व्यापार व्यावसाय तथा अर्ध सरकारी तथा निजि क्षेत्रमा कार्यरत रहेको पाइयो । भने अन्य निर्णय प्रकृयामा बढि महिला पुरुष दुवैको समान भूमिका रहेको पाइयो । यसर्थ अध्ययन क्षेत्रमा महिला सशक्तिकरणले सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा सकरात्मक विकास गर्न क्षमता अभिवृद्धि कार्यक्रम, स्वरोजगार तालिम, अनुदान, सहुलियत ऋण, बिमा, जागरण अभियान गरि पेशामा आधुनिकिकरण, व्यवसायिकरण र बजारिकरण गरेमा ससक्त स्वाभलम्बि कर्तव्यनिष्ठ महिला सहितको एक उदाहरणिय गाउँपालिका हुनेमा कसैको दुई मत नहोला ।
