प्रवेशिका परीक्षामा दलितत गैह्र दलित विद्यार्थीको सिकाइ उपलव्धीको तुलना {Pravesika parkṣama dalitata gaihra dalita vidyarthiko sikai upalavdhiko tulana}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Faculty of Education

Abstract

प्रवेशिका परीक्षामा दलित र गैर दलित विद्यार्थीको सिकाइ उपलव्धीको तुलनात्मक अध्ययन गर्ने क्रममा हिन्दुवर्णाश्रम व्यवस्थामा शुद्र वर्ग छोइछिटा लाग्ने भनि जनिएका कामी, दमाई,सार्की, तेली डोम, गाइने जातलाई दलित र सो बाहेकका अन्य जातलाई गैर दलित भनि अध्ययन गरेको छु । प्रवेशिका परीक्षामा दलित विद्यार्थीको उपलव्धी गैर दलित विद्यार्थीको भन्दा कस्तो रहेछ भनि आदर्श उ.मा.वि. इलाम स्रोतकेन्द्र अन्तर्गतका ५ माध्यमिक विद्यालयको पाँच वर्षको प्रवेशिका परीक्षाको नतिजाको तुलनात्मक अध्ययन गरिएको छ । अध्ययनको क्रममा प्रवेशिका परीक्षामा दलित विद्यार्थीको शैक्षिक उपलव्धी कति छ ? दलित गैर दलित विद्यार्थीको शैक्षिक उपलव्धीका तुलनात्मक अवस्था कस्तो रहेको छ, दलित विद्यार्थीको उपलव्धी स्तर बढाउन के गर्नुपर्छ जस्ता विषयमा अध्ययन गरिएको छ । अध्ययनको सैेद्धान्तिक खाकाको रूपमा कार्लमाक्स, म्याक्स वेवर, गेहार्ड लेन्सकी तथा मास्लोका सिद्धान्तहरूलाई प्रयोग गरिएको छ । पूर्व साहित्यहरूको समीक्षा गर्ने क्रममा समसामयिक लेख रचना तथा अध्ययन प्रतिवेदनहरूको समीक्षा गरिएको छ । अध्ययनका लागि इलाम जिल्लाको आदर्श उ. मा.वि. स्रोत केन्द्र अन्र्तगतका नमूनाको रुपमा छनौट गरिएको छ । तोकिएका उद्देश्यहरू पूरा गर्नका लागि प्राथमिक तथा द्वितीय दुवै प्रकारका श्रोतहरूबाट तथ्याङ्क सङ्कलन गरिएको छ । प्राथमिक तथ्याङ्क सङ्कलनको लागि प्रश्नावलीको माध्यमबाट चिट्ठा पद्धति अनुसार छनोट गरिएका नमूना छनोटमा परेका प्रत्येक विद्यालयका २ शिक्षक, ५ दलित विद्यार्थी, ५ दलित अभिभावक, २ जना विद्यालय निरीक्षकहरूको मत सङ्कलनको लागि तथ्याङ्क सङ्कलन फारमको प्रयोग गरी विद्यालयको एस. एल. सी. मार्कलेजरबाट २०६० देखि २०६४ सम्मको हरेक वर्षको १० ÷१० जनाको दरले दलित तथा गैर दलित विद्यार्थीहरूको एस. एल. सी. परीक्षाको उपलब्धि लिइएको छ । यसको तथ्याङ्कको प्रस्तुति तथा ब्याख्या विश्लेषणको गणितीय प्रस्तुतिको कारणले यो अनुसन्धान परिमाणात्मक अनुसन्धान बन्न पुगेको छ । एस.एल.सी. परीक्षामा दलित विद्यार्थीहरूको औषत उपलब्धि ४२.७८५ तथा गैर दलित विद्यार्थीहरूको उपलब्धि ४८.७४५ रहेको पाइयो । दलित विद्यार्थी प्रति विद्यालय , शिक्षक तथा अन्य विद्यार्थीहरूबाट अन्य विद्यार्थी सरह समान व्यवहार गरेको पाइयो । पाठ्यक्रम तथा पाठ्यपुस्तकले समेत दलित विद्यार्थीहरूलाई विशेष प्रोत्साहन दिन नसकेपनि विभेद नगरेको पाइयो । शिक्षक , अभिभावक तथा विद्यालय निरीक्षकहरू सबैले दलित विद्यार्थीहरूलाई शिक्षाको मूल प्रवाहमा समेट्न समताको सिद्धान्तको आधारमा व्यवहार गर्नुपर्दछ भन्ने कुरामा जोड दिएको पाइयो । दलित विद्यार्थीको औषत शैक्षिक उपलब्धि कम देखिएको हुँदा यस तर्फ ध्यान दिई उनीहरूको शैक्षिक उपलब्धि बृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखियो । दलित विद्यार्थीलाई विशेष प्रोत्साहन हुने गरी पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्नुपर्ने, दलित अभिभावकहरूमा चेतना अभिबृद्धि गर्न सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने, दलित छात्रबृत्तिमा रकम थप गर्ने, अतिरिक्त कक्षाहरू सञ्चालन गर्ने, विद्यालय ब्यवस्थापन समिति, अभिभावक भेला लगायतका कार्यक्रममा दलित अभिभावकहरूलाई अनिवार्य संलग्न गराउने, विद्यालयमा दलित मैत्री वातावरणको विकास गर्ने, दलित विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराइ पुरस्कृत गर्ने जस्ता कार्यक्रहरू विद्यालयले गर्न सके दलित विद्यार्थीहरूको शैक्षिक उपलब्धि बृद्धि गर्न सहयोग पुग्दछ

Description

Citation