कक्षा छमा अध्ययनरत विद्यार्थीको पठनबोध क्षमता {Kaksha chhama adhyayanarata vidyarthiko pathanabodha kshamata}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली शिक्षा विभाग

Abstract

कक्षा छमा अध्ययनरत विद्यार्थीको पठनबोध क्षमता शीर्षक प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, कनकाई बहुमुखी क्याम्पस नेपाली शिक्षा विभाग अन्तर्गत एम.एड. दोस्रो वर्षको नेपा.शि. ५९८ पाठयांशको प्रयोजनका लागि तयार गरिएको छ । यो शोधपत्र झापा जिल्लाका कक्षा छमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययनमा केन्द्रित रहेको छ । विद्यालयको स्वरुपको आधारमा, लिङ्गगत आधारमा र भाषिक पृष्ठभमिका आधारमा तुलनात्मक अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य रहेको छ । सामुदायिक र संस्थागत विद्यालयका नेपाली र नेपाली विमातृभाषी विद्यार्थीको पठनबोध क्षमता पहिचान गर्नका लागि झापा जिल्लाका दुईवटा नगरपालिकाहरु अर्जुनधारा र विर्तामोडमा सञ्चालित दुईवटा सामुदायिक र दुईवटा संस्थागत विद्यालयका ३०÷३० जना विद्यार्थीलाई प्रतिनिधि नमुनाका रुपमा छनोट गरिएको छ । छनोट भएका विद्यार्थीहरुलाई १० पूर्णाङ्कको दृष्टांश र १० पूर्णाङ्कको अदृष्टांश गरी २० पूर्णाङ्कको २ वटा अनुच्छेद दिई पठनबोध क्षमताको परीक्षण गरिएको छ । प्राप्त उत्तरलाई अङ्कन गर्दा ४०% वा सोभन्दा कमलाई निम्न, ४०% भन्दा बढी ८०% सम्मलाई मध्यम र ८०% भन्दा बढीलाई उत्कृष्ट वर्गको रुपमा वर्गीकृत गरी विश्लेषण गरिएको छ । विश्लेषणबाट प्राप्त नतिजा अनुसार बहुसंख्यक विद्यार्थीहरूको पठनबोध क्षमता मध्यम स्तरका रहेको पाइयो । नेपाली विमातृभाषी विद्यार्थीको भन्दा नेपाली मातृभाषी विद्यार्थीको पठनबोध क्षमता राम्रो भएको देखिन्छ । छात्रको तुलनामा छात्राको पठनबोध क्षमता राम्रो देखिएको छ । संस्थागत विद्यालयका विद्यार्थीको तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीको पठनबोध क्षमता राम्रो देखिन्छ । नेपाली मातृभाषी विद्यार्थीहरूमा छात्रको तुलनामा छात्राको अवस्था राम्रो देखिएको छ । नेपाली विमातृभाषी विद्यार्थीहरूमा छात्राको तुलनामा छात्रको पठनबोध क्षमता राम्रो रहेको पाइयो । नेपाली विमातृभाषीको तुलनामा नेपाली मातृभाषी छात्रको पठनबोध क्षमता राम्रो रहेको पाइयो । नेपाली विमातृभाषी छात्राको तुलनामा नेपाली मातृभाषी छात्राहरूको पठनबोध क्षमता राम्रो रहेको पाइयो । सामुदायिक विद्यालयका नेपाली विमातृभाषी विद्यार्थीको तुलनामा नेपाली मातृभाषी विद्यार्थीको पठनबोध क्षमता राम्रो रहेको पाइयो । सामुदायिक विद्यालयका छात्रको तुलनामा छात्राको पठनबोध क्षमता राम्रो रहेको पाइयो । संस्थागत विद्यालयका नेपाली विमातृभाषी विद्यार्थीको तुलनामा नेपाली मातृभाषी विद्यार्थीको पठनबोध क्षमता राम्रो भएको देखिन्छ । संस्थागत विद्यालयका छात्रको तुलनामा छात्राको पठनबोध क्षमता राम्रो भएको पाइयो । संस्थागत विद्यालयका नेपाली भाषी विद्यार्थीभन्दा सामुदायिक विद्यालयका नेपाली भाषी विद्यार्थीको पठनबोध क्षमता राम्रो भएको पाइयो । संस्थागत विद्यालयका नेपाली विमातृभाषी विद्यार्थीभन्दा सामुदायिक विद्यालयका नेपाली विमातृभाषी विद्यार्थीको पठनबोध क्षमता रामो भएको पाइयो ।

Description

Citation