पाल्पा जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूको सस्वरपठन क्षमताको अध्ययन{Study of Reading Ability of Students Studying in Class Seven of Palpa District}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा विभाग

Abstract

प्र्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षण विभाग अन्तर्गत ने.पा.शि. ५४४ पाठयांशको प्रयोजनार्थ तयार पारिएको हो । ‘पाल्पा जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूका सस्वरपठन क्ष्ँमताको अध्ययनमा आधारित रहेको छ । प्रस्तुत अध्ययनका उद्देश्यका रूपमा पाल्पा जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूका सस्वरपठन क्ष्ँमताको अध्ययन गर्नु, विद्यालयका प्रकृति र लैङगिकताको आधारमा विद्यार्थीहरूका सस्वरपठन क्षमताको अध्ययन गर्नु, विद्यार्थीहरूका सस्वरपठन क्षमतामा देखिएका समस्या पत्ता लगाइ सुझावहरू प्रस्तुत गरिएका छ । जुनसुकै कार्य गर्दा पनि पर्व योजना गर्नु आवश्यक हुन्छ । योजनावद्ध गरिएको कार्य व्यवस्थित हुन जान्छ । त्यसैले यस अध्ययन गर्दा सरुदेखि अन्त्य सम्म विभिन्न प्रक्रिया पारगर्दै यो शोधपत्र तयार पारिएको छ । प्रस्तुत अध्ययन मूलतः सर्वेक्षण पद्धतिमा आधारित रहेको छ । कुनै पनि विषयमा अध्ययन विश्लेषण गर्दा त्यसका लागि जनसंख्याका आवश्यकता पर्दछ । प्रस्तुत अध्ययनमा पाल्पा जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूको सस्वरपठन क्षमताको अध्ययनका लागि पाल्पा जिल्लाका रामपुर नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जनसंख्याको रूपमा लिइएको छ । तथ्याङक सङकलनका क्रममा १० वटा विद्यालय छनाट गरी यिनै विद्यालयमा अध्ययनरत ५जना छात्रा, ५ जना छात्रका दरले १०० जना विद्यार्थीलाई नमुना छनोटको रूपमा लिइएकाछ । यो अध्ययन गर्ने क्रममा सस्वरपठनका ६ वटा आधारलाई लिई दृष्टांश र अदृष्टांश सामग्रीको प्रयोग गरी सस्वरपठन गर्न लगाइएको छ । भाषिक मूल्याङकनका लागि तिन वटाआधार लिइएको छ । जसमा ४०–५० अङक सम्म ल्याउने उत्तम, ३०–४० ल्याउने मध्यम र३० भन्दा मुनि ल्याउनेलाई निम्न स्तर गरी विभाजन गरिएको छ । विद्यार्थीहरूका सस्वरपठनलाई रेकर्ड गरी तालिकीकरण गरिएको छ । क्षेत्रीय अध्ययन विधिकाअवलम्बनबाट तथ्याङक सङकलन गरिएको छ । गति–यति सम्बन्धी गरिएको विश्लेषणका लागि १० वटा विद्यालयका १०० जना विद्यार्थीहरू मध्ये सामुदायिक विद्यालय तर्फ उत्तममा ३६ प्रतिशत, मध्यमा ४८ प्रतिशत,निम्नमा १६ पतिशत र संस्थागत विद्यालयतर्फ उत्तममा ४२ प्रतिशत, मध्यममा ४०प्रतिशत र निम्नमा १८ प्रतिशत रहेका छन । लिङगका आधारमा गरिएको अध्ययनमा ट मध्यममा छात्र ५४ प्रतिशत र छात्रा ३४ प्रतिशत रहेका छन । यस अवस्थामा बढी रहेकाछ । प्रकृतिको आधारमा पनि मध्यम अवस्थामा सामुदायिक विद्यालय तर्फ गामीण क्षेत्रमा ५० प्रतिशत सहरी क्षेत्रमा ४६.६६ प्रतिशत र संस्थागत तर्फ ग्रामीणामा ४५ प्रतिशत रसहरीमा ३६.६६ प्रतिशत रहेको छ । सस्वरपठनका क्रममा पढदा विद्यार्थीहरूका हाउभाउ सम्बन्धी अवस्था सामान्य अवस्थामा नै रहेको छ । सामुदायिक विद्यालय तफ उत्तममा ३८ प्रतिशत, मध्यममा ४६ प्रतिशत र निम्नमा १७ प्रतिशत र संस्थागत तर्पm उत्तममा ४४ प्रतिशत, मध्यममा ३८ प्रतिशत र निम्नमा १८ प्रतिशत रहेका छन । चि≈नप्रयोगको ख्याल गरी पढने विद्यार्थीहरूलाई पनि तिन स्तरमा विभाजन गरिएको छ । सामुदायिक विद्यालय तर्फ उत्तम अवस्थामा ३० प्रतिशत, मध्यममा ४८ प्रतिशत र निम्नमा २२ प्रतिशत रहेका छन् भने संस्थागत विद्यालय तफ उत्तममा ३६ प्रतिशत, मध्यममा ४२ प्रतिशत र निम्नमा २२ प्रतिशत रहेका छन् । सस्वरपठनमा स्वर प्रसारण सम्बन्धीको अवस्थालाई अध्ययन गर्दा सामुदायिक विद्यालयमा उत्तम अवस्थामा ३२प्रतिशत, मध्यममा ५२ प्रतिशत र निम्नमा १६ प्रतिशत रहेका छनभने संस्थागत तर्फ उत्तम अवस्थामा ४० प्रतिशत, मध्यममा ३८ प्रतिशत रनिम्नमा २२ प्रतिशत रहेका छन । सस्वरपठनका क्रममा स्पष्ट उच्चारण सम्बन्धी अवस्थाको अध्ययन गर्दा सामुदायिक विद्यालयतर्फ उत्तम अवस्थामा ३४ प्रतिशत, मध्यम४८ प्रतिशत। निम्नमा १८ प्रतिशत र संस्थागत तफ उत्तममा ४२ प्रतिशत, मध्यममा ४२प्रतिशत र निम्नमा १६ प्रतिशत रहेको पाइयो । अध्ययनका क्रममा सस्वरपठन सम्बन्धी देखिएका समस्याहरू तथा सुझावहरूलाई समेटदै अध्ययनको तथ्याङकलाई व्याख्या विश्लेषण गर्दै प्रकति र लैङगिकताका आधारमा गरिएका सस्वरपठन क्ष्ँमताको अध्ययनको व्याख्या विश्लेषण गरियो ।

Description

Citation