कक्षा दसका मैथिली मातृभाषी विद्यार्थीहरूले नेपाली भाषाको उच्चारणमा गर्ने त्रुटिहरूको अध्ययन {Kakṣha Dasaka Maithili Matrribhasi Biddyarthiharule Nepali Bhasako Uchcharanama Garne Truṭiharuko Adhyayana}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली शिक्षा सङ्काय
Abstract
प्रस्तुत शोधको शीर्षक कक्षा १० का मैथली मातृभाषिक विद्यार्थीरूको नेपाली भाषाका उच्चारणमा गर्ने त्रुटिहरूको अध्ययन रहेको छ । यो शोध त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय नेपाली भाषा शिक्षा विभाग अन्तर्गत स्नात्तकोत्तर (एमएड) दोस्रो वर्ष नपाशि ५९८ पाठयांशको आवश्यकता पूर्तिका लागि तयार पारिएको हो ।
प्रस्तुत शोध सुनसरी जिल्ला अन्तर्गतका चार विद्यालयमा अध्ययनरत कक्षा १० कामैथली मातृभाषी विद्यार्थीले नेपाली भाषाको उच्चारणका गर्ने त्रुटिहरू क्रियापदगत, लिङ्गगत, वचतगत, पुरुषगत, आदरगत र स्वतन्त्र अभिव्यक्ति सम्बन्धी क–कस्ता त्रुटिहरू रहेका छन भन्ने समस्या प्रति केन्द्रित रहेको छ । कक्षा १० का मैथली मातृभाषी विद्यार्थीले गर्ने उच्चारणगत गर्ने त्रृटिहरूको वर्गीकरण, उक्त त्रुटिहरू हुने कारण पत्ता लगाउनु र उक्त त्रृटिहरूको निराकरणका लागि उपायहरू पहिल्याउनु सहित जम्मा चारवटा उद्देश्यहरूको आधारमा प्रस्तुत शोध कार्य सम्पन्न गरिएको छ ।
नमुनाका लागि छानिएका सुनसरी जिल्लाका श्री जनता मा. वि. बराह नगरपालिका, श्री कोशी मा वि, कोशी गाउँपालिका, श्री मिथला पब्लिक, कोशी गाउँपालिका र राष्ट्रिय मावि, कोशी गाउँपालिकामा अध्ययनरत २०–२० जना विद्यार्थीहरूलाई लिइ कक्षा १० का मैथीली मातृभाषाी विद्यार्थीहरूले नेपाली भाषाको उच्चारणमा गर्ने उच्चारणगत त्रुटिहरूलाई मुख्य सामग्री, सहायक सामग्री र शोधपत्रहरू तथा सम्बन्धित क्षेत्रका सन्दर्भ सामग्रीहरू सहायक सामग्री रुपमा मान्द कक्षा १० का मैथीली मातृभाषी विद्यार्थीहरूले नेपाली भाषाका उच्चारणमा गर्ने त्रुटिहरूका अध्ययनलाई वर्णनात्मक विधिद्वारा अध्ययन गरिएको छ । संकलन गरिएका नमूनाहरूबाट संकलित त्रुटि विश्लेषणको आधारमा तालिकीकरण तथा व्याख्या विश्लेषण गरिदै निष्कर्ष र आवश्यक सुझावहरू समेत प्रस्तुत गरिएको छ ।
प्रस्तुत शोधको विधि वा प्रक्रिया मूलतः पुस्ताकालयीय, सर्वेक्षण, अन्तर्वार्ता, व्यक्तिगत सम्पर्क विधिमा आधारित रहेको छ । आगनात्मक विधिद्वारा संकलित तथ्याङकको व्याख्या विश्लेषण तथा तालिकीकरण गरिदै प्रस्तुत शोधकार्यलाई पूर्णता प्रदान गरिएको छ । त्रृटिको प्रमुख क्षेत्र पत्ता लगाई सो क्षेत्रमा केन्द्रित रही त्रुटि निराकरणका लागि सुझाव समेत दिइएको छ ।
प्रस्तुत शोध अध्ययनबाट कक्षा १० का मैथीली मातृभाषी विद्यार्थीहरूले नेपाली भाषाका उच्चारणमा गर्ने त्रुटिहरूको त्रुटिको अध्ययन गर्दा त्रियापदगत, लिङ्गगत, वचतगत, आदर्थी तथास्वतन्त्र अभिव्यक्तिमा समेत प्रशस्त मात्रामा त्रुटिहरू गर्ने गरेको निष्कर्ष प्राप्त भएको छ । यस्ता त्रुटिहरू मातृभाषाको प्रभाव, नेपाली प्रयोगमा सचेतनाको अभाव, अभ्यासको कमी, दक्ष शिक्षकका
अभाव र भाषा शिक्षणमा लापरवाहीको कारण भएको बुझन सकिने निष्कर्ष निकालिएको छ ।
