विप्रेषणले वैदेशिक रोजगारमा संलग्न महिलाहरूको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान : महेशपुर गा.वि.स., झापा (Bipresanle baideshik rojgarma sanlagna mahilaharuko pariwarik arthik tatha saikshik kshertama puryayeko yogdan; maheshpur ga.bi.sa. Jhapa)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
विप्रेषणले वैदेशिक रोजगारमा संलग्न महिलाहरूको पारिवारिक आर्थिक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान महेशपुर गा.वि.स. झापा शीर्षकको यो शोधपत्रको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा संलग्न महिलाको विदेश जानु अघि र पछिको आर्थिक अवस्था, वैदेशिक रोजागरीमा जानुका कारण र उनीहरूको बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको प्रभाव पत्ता लगाउनु रहेको छ । यस अध्ययनमा वैदेशिक रोजागारमा संलग्न महिलाहरूको अभिभावक र वैदेशिक रोजगारबाट फर्किएको महिलालाई नमूना छनोटको रूपमा छनोट गरिएको छ । यस अध्ययनमा महेशपुर गा.वि.स. को वडा नं. १, ३, ५ र ६ मा रहेका वैदेशिक रोजगारमा संलग्न महिलाहरूको अध्ययन गरिएको छ । यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका सामग्रीको प्रयोग गरिएको छ । तथ्याङ्क संकलनका साधन प्रश्नावली, अवलोकन फारम र छलफलनिर्देशिका र तथ्याङ्क संकलनका तरिकामा अन्र्तवार्ता, प्रत्यक्ष अवलोकन र लक्षित समूह छलफल आदि विधिको प्रयोग भएको छ ।
संकलन तथ्याङ्कको विश्लेषण गर्दा वैदेशिक रोजगारमा संलग्न महिलाहरूको आम्दानी र खर्च वैदेशिक रोजगारीमा जानु अघिका महिलाहरूको खर्च र आम्दानी भन्दा बढिरहेको छ भने वैदेशिक रोजगारीबाट कमाएको केही रकम बचत गरी सबैभन्दा बढी घर र जग्गाजमिनमा खर्च गरेको देखिन्छ ।
यस अध्ययनले वैदेशिक रोजगारमा संलग्न महिलाको घरपरिवारको आर्थिक अवस्था माथि उठेको छ भने बालबालिकाको शैक्षिक क्षेत्रमा पनि सकरात्मक सुधार आएको
देखिन्छ । तर वैदेशिक रोजगारले महिला तथा युवाहरू विदेश पलायन भएकाले देशमा सक्रिय जनशक्तिको अभाव भई देश विकास कार्यमा बाधा उत्पन्न भएको देखिन्छ । त्यसैले देशका सक्रिय जनशक्तिलाई देशमा नै रोजगारी दिई देश विकास कार्यमा सहयोग पुर्याउनु आजको आवश्यकता देखिन्छ ।
यस अध्ययनमा वैदेशिक रोजगारी जानु अघि र पछिको आम्दानी, खर्च तथा बचतको अवस्थालाई देखाईएको छ । यहाँ जानु अघि आम्दानी रु. २६४०००००, खर्च
रु. १८२००००० र बचत रु. ८२००००० रहेको छ भने वैदेशिक रोजगारीमा गएपछिको आम्दानी रु. १०४०३५०००, खर्च रु. ६९५००००० र बचत रु. ३४५३५००० रहेको छ ।
महिलाहरू वैदेशिक रोजगारीमा जानुका ५ वटा कारणहरु रहेका छन् । रोजगारी नपाएर ४० जना, आर्थिक अवस्था कमजोर भएर ६३ जना, धन कमाउन ४३ जना, राजनितिक कारणमा ३८ जना र बालबालिकाहरुको उज्वल भविष्यका लागि ३५ जना रहेका छन् ।
वैदेशिक रोजगारीमा जानु अघि बालबालिकाको शैक्षिक अवस्था सामान्य छ । प्रा. वि. मा अध्ययनरत ६० जना मध्ये सरकारीमा ४० जना, नीजिमा २० जना, नि. मा. वि. मा ५५ जना मध्ये सरकारीमा ३८ जना, नीजिमा १७ जना रहेका छन् । मा. वि. मा अध्ययनरत ४१ जना मध्ये सरकारीमा २६ जना र नीजिमा १५ जना, उच्च मा. वि. मा ३३ जना मध्ये सरकारीमा २३ जना र नीजिमा १३ जना, उच्च शिक्षामा ३ जना सरकारीमा अध्ययनरत देखिन्छन् ।
वैदेशिक रोजगारीमा गईसकेपछि बालबालिकाको शैक्षिक अवस्था केहि सुधारीएको देखिन्छ । प्रा. वि. मा अध्ययनरत ८३ जना मध्ये सरकारीमा १८ जना र नीजिमा ६५ जना, नि. मा. वि. मा ६५ जना मध्ये सरकारीमा १३ जना र नीजिमा ५२ जना, मा. वि. मा ६० जना मध्ये सरकारीमा ११ जना र नीजिमा ४९ जना, उच्च मा. वि. मा ४७ जना मध्ये सरकारीमा ९ जना र नीजिमा ३८ जना र उच्च शिक्षामा सरकारीमा २० जना देखिन्छन् । जुन वैदेशिक रोजगारीमा जानु अघिको शैक्षिक अवस्था भन्दा राम्रो देखिन्छ ।
