सामाजिक, आर्थिक क्रियाकलापमा महिला सहभागिता (पोखरा महानगरपालिका वडा नं. १६, तुलसीघाट मार्गका महिलाहरुको अध्ययन){Women's participation in social and economic activities (Study of Women of Pokhara Municipal Corporation Ward No. 16, Tulsighat Marg)}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
सामाजिक शास्त्र संकाय
Abstract
यो शोधपत्र त्रिभुवन विश्व विद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत समाज शास्त्र÷ग्रामिण विकास विभागमा समाजशास्त्र विषयको स्नातकोत्तर तह द्वितीय वर्षको आठौं पत्रको प्रयोजनका लागि तयार गरिएको हो । मानव विकासको दृष्टि ले प्रारम्भमा महिलाहरूको भूमिका सबल र सक्षम रहेको थियो । विगतदेखि पैतक सम्पत्तिमा पुरुषहरूलाई मात्र पहुँचमा पु¥याई महिलाहरूलाई उपेक्षा गरेकाले सम्पत्तिमाथि महिलाका पहुँच सम्बन्धमा (दिँदा) सामाजिक प्रभाव कस्तो छ भन्ने बारेमा हेर्न खोजिएको छ । यस अध्ययनले सामाजिक, आर्थिक क्रियाकलापमा महिलाको सहभागिता सम्बन्धमा समाजका धारणा कस्तो छ ? शहरी क्षेत्रमा सहभागितामूलक विकासका क्रियाकलापमा महिलासहभागिताको अवस्था कस्तो छ ? विकासका नीतिल महिलाका क्षेत्रमा ल्याएका प्रतिफलहरूकस्ता छन? खोजी गर्ने । सामाजिक र आर्थिक क्रियाकलापमा महिला सहभागिताका कारक तत्वको अध्ययन तथा विश्लेषण गर्ने छ ।
यस अनसन्धानको उद्देश्य प्राप्तिका लागि दुई किसिमका अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका पतिनिधिहरूको विस्तृत विवरण लिनको लागि सामाजिक, आर्थिक,शैक्षिक अवस्था, उमेर, पारिवारिक संरचना आदिका सम्बन्धमा वर्णनात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ । लैङ्गिक दष्टिकोणको प्रयोग गरिब महिलाहरूको सामाजिक र आर्थिक क्रियाकलापमा रहेको सहभागिता पत्ता लगाउन र यसप्रति महिलाहरूको धारणा बुझ्न तथा उनीहरूका आवश्यकता अध्ययन गर्न अन्वेषणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएका छ । यस अध्ययनका लागि पोखरा–१६, तुलसीघाट मार्गलाइ अध्ययन क्षेत्रको रुपमा छनौट गरिएको छ । पोखरा महानगरपालिका वडा नं १६, तुलसीघाट मार्गमा १६० वटा घरधुरि रहेको र अनुसन्धानकर्ताको प्राथमिक अवलोकन अनुसार टोल भरी स्थायी रूपमा बसोबास गर्ने विवाहित १२० जना महिला रहेको हुँदा तिन १२०जना महिलाहरूलाई अध्ययनका समग्रता मानिएको छ । १२० जना महिलाहरू मध्ये सम्भावनायुक्त नमूना छनौट अन्तर्गत साधारण नमूना छनौट विधिको आधारमा ६०जना महिलालाई नमूनाका रूपमा छनौट गरिएको छ । यस अध्ययनका लागि विवाहित महिलाहरु मात्र छानिएका छ । यस अध्ययनका लागि अनुसन्धान क्षेत्रका महिलाहरूसँग पत्यक्ष भेटघाट गरी आवश्यक प्राथमिक तथ्याङकहरू सङकलन गरिएको छ । यस अध्ययनमा संकलित तथ्याङक विश्लेषण अनुसार धेरै महिलाहरू सामाजिक आर्थिक क्रियाकलापमा सक्रिय सहभागि हुन नसकेको देखिएको छ। महिलाहरू बढी मात्रामा घरयासी कार्यमा व्यस्त रहनुपर्ने, परिवारका पुरुष सदस्यहरूबाट असहयोग, पितृसतात्मक समाज, चेतनामूलक कार्यक्रमको अभाव, लैङ्गिक विभेद, परम्परागत सोच आदि कारणले महिलाहरूको सामाजिक आर्थिक क्रियाकलापमा खासै सक्रिय सहभागिता नभएको देखिएको छ । सामाजिक संस्थामा लागेका र पढेलेखेका महिलाहरू पनि नेतृत्व तहमा पुग्न सकेका छैनन ।
