सर्लाही जिल्लाको कक्षा एघारमा अध्ययनरत विद्यार्थीहरूको चिठीलेखन क्षमताको अध्ययन {Study of Letter Writing Ability of Students studying in Class XI of Sarlahi District}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा विभाग
Abstract
प्रस्तुत ‘सर्लाही जिल्लाको कक्षा एघारमा अध्ययनरत विद्यार्थीहरूको चिठीलेखन क्षमताको अध्ययन’ शाीर्षकको शोधपत्र त्रिभुवन विश्वविद्यालय, शिाक्षाशास्त्र सङकाय नेपाली भाषा शिक्षा विभाग अन्तरगत स्नातकोत्तर तह वर्षको पाठयांश नेपाली शिक्षा ५९८ पाठयांशको परिपूर्तिका लागि तयार गरिएको हो ।
यस शोधकार्य सर्लाही जिल्लाका कक्षा एघारमा अध्ययनत विद्यार्थीहरूको चिठीलेखन क्षमता पहिल्याउनु, नेपाली पहिला भाषी र दोस्रा भाषी विद्यार्थीहरूको चिठीलेखन क्षमताका स्थिति पत्ता लगाउनु, छात्र र छात्राहरूको चिठीलेखन क्षमताको तुलनात्मक स्थिति पत्तालगाउनु, सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको चिठिलेखन क्षमताको विश्लेषण गर्नु जस्ता उद्देश्यहरूमा केन्द्रित रहेको छ ।
सर्लाही जिल्लाका ४ सामुदायिक र ४ संस्थागत गरी जम्मा ८ वटा विद्यालयलाइ प्रतिनिधि विद्यालयका रूपमा समावेश गरिएका छन । पत्येक सामुदायिक र संथागत विद्यालयबाट ४०÷४० जना गरी जम्मा ८०जना छात्र÷छात्रा विद्यार्थीहरूलाई नमुना जनसङख्याका रूपमा छनोट गरिएका छ ।
प्रस्तुत शोधकार्य सर्लाही जिल्लाको कक्षा एघारमा अध्ययनरत विद्यार्थीहरूका चिठिलेखन क्षमतामा केन्द्रित हुने छ । प्रस्तत शोध अध्ययनमा प्रत्यक्ष रूपमा विद्यार्थीहरूलाई समावेश गराइनु पर्ने भएकोले विद्यार्थीहरूको चिठीलेखन क्षमताका लागि विषय विशेषज्ञको सहयोगमा प्रश्नपत्र निर्माण गरी विषय शिक्षकको अनुगमन तथा परामर्शमा परीक्षा लिई परीक्षण गरिएको छ । यस शोधकार्यलाई सम्पन्न गर्नका लागि प्रत्येक्ष रूपमा विद्यालयमा गई विद्यार्थीहरूलाइ प्रश्नावलीमा आधारित भई चिठी लेख्न लगाई सामग्री सङकलन गरिएको छ । उक्त सङकलित सामग्रीका आधारमा तथ्याङकका व्याख्या र विश्लेषण गरिएको छ । प्रस्तुत शोधकार्यका प्रमुख निष्कर्षहरू निम्नानुसार रहेकाछ ः
समग्रमा विद्यार्थीहरूको अङक प्रक्रियालाई हेर्दा निम्न श्रेणीका विद्यार्थी सङख्या १८ जना, मध्यम श्रेणीका विद्यार्थी सङख्या ३७ जना, उच्च श्रेणीका विद्यार्थी सङख्य २० जना र अति उच्च श्रेणीमा ५ जना विद्यार्थी सङख्या रहेको पाइयो । लैङगिक आधारमा छात्र
विद्यार्थीहरूको चिठिलेखन क्षमताको प्रप्ताङक विश्लेषणबाट निम्न श्रेणीमा ३७.५ प्रतिशत, मध्येमा श्रेणीमा ४५.५ प्रतिशत, उच्च श्रेणीमा १७.५ प्रतिशतर अति उच्च श्रेणीमा २.५ प्रतिशतरहेको पाइयो । त्यस्तै लैङगिक आधारमा छात्राहरूका चिठीलेखन क्षमताका तुलनात्मक विश्लेषणबाट निम्न श्रेणीमा ७.५ प्रतिशत, मध्यममा ५० प्रतिशत, उच्चमा ३२.५ प्रतिशतर अति उच्च श्रेणीमा १० प्रतिशत रहेको पाइया । लैङगिक आधारमा छात्र÷छात्राहरूका चिठीलेखन क्षमताको तुलनात्मक विश्लेषण गर्दा निम्नमा ३० प्रतिशतछात्र, मध्यममा ७.५ प्रतिशतछात्रा, उच्चमा १५ प्रतिशत छात्रा र अति उच्च श्रेणीम ३प्रतिशत अङकछात्रा बढी रहेको छ ।
नेपाली पहिला भाषी विद्यार्थीहरूको चिठीलेखन क्षमताको अध्ययनबाट प्राप्त नतिजाअनुसार निम्न श्रेणीमा २० प्रतिशत, मध्ययमा ५१.४२ प्रतिशत, उच्चमा २० र अति उच्च श्रेणीमा ८.५७ प्रतिशत विद्यार्थीहरू रहेका छन । भाषिक आधारमा नेपाली दोस्रो भाषी विद्यार्थीहरूको चिठीलेखन क्षमता परिक्षणबाट प्राप्त तथ्याङकलाइ विश्लेषण गर्दा निम्नश्रेणीमा २१.२२ प्रतिशत, मध्यम श्रेणीमा ४६ प्रतिशत, उच्च श्रेणीमा २६.६६ र अति उच्च श्रेणीमा ४.४४ प्रतिशत रहेका छन । समग्रमा नेपाली दोस्रो भाषी भन्दा नेपाली पहिलो भाषी विद्यार्थीहरूको चिठीलेखन क्षमता बढी रहेको देखिन्छ । सामुदायिक विद्यालयका विद्यार्थीहरूको चिठीलेखन क्षमताका प्रतिशताङक गणना गर्दा निम्नमा २५ प्रतिशत, मध्ययमा ५० प्रतिशत, उच्चमा १७.५ प्रतिशतर अति उच्चमा ७.५ प्रतिशत रहेको पाइयो । संस्थागत विद्यायलका विद्यार्थीहरूको चिठीलेखन क्षमताको प्रतिशताङक गणना गर्दा निम्न श्रेणीका १७.५ प्रतिशत, मध्यमका ५० प्रतिशत, उच्च श्रेणीका १७.५ प्रतिशतर अतिउच्च श्रेणीमा ७.५ प्रतिशतरहेको देखिन्छ । समग्रमा मध्यम श्रेणीमा समुदायिक विद्यालयका विद्यार्थीहरूको क्षमता सर्वाधिक रहेका, उच्च श्रेणीमा संस्थागत विद्यालयका विद्यार्थीहरूका सामुदायिक विद्यालयका भन्दा बढी र निम्न श्रणीमा संस्थागत विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयका विद्यार्थीभन्दा बढी रहेको पाइन्छ ।
