दलित र गैर दलित विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा भिन्नता {Dalit ra gair dalit bidyarthiharuko shaikshik upalabdhima bhinnata}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
पाठ्यक्रम तथा मूल्याङ्कन विभाग
Abstract
पूर्वको पशुपति भनेर चिनिएको खोटाङ्ग जिल्लाको हलेसी महादेवस्थानको छिमेकी गा.वि.स. दुर्छिम गा.वि.स. खोटाङ्ग जिल्लाको ऐतिहासिक, राजनीतिक तथा साहित्यिक ठाउँ पनि हो । यस गा.वि.स.मा दलित अन्तर्गत कामी, दमाई र सार्की जातिको बसोबास रहेको छ भने गैरदलितमा राई जातिको बाहुल्यता रहेको छ भने क्षेत्री जाति जनसंख्याको हिसाबले दोस्रो स्थानमा देखिन्छ । यस गा.वि.स.को तीनवटा विद्यालयहरु नमुनाको रुपमा छनोट गरी यो अनुसन्धान पूरा गरिएको छ । छनोटमा परेका विद्यालयहरुको प्रा.वि. तथा कक्षा ५ मा अध्ययनरत शैक्षिक वर्ष २०६६ को वार्षिक परीक्षाको लब्धाङ्क नतिजा हेर्दा दलितको भन्दा गैरदलित विद्यार्थीहरुको शैक्षिक उपलब्धी बढी देखिएकोले यी दुई वर्गका विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा भिन्नता देखाउनु र त्यस्तो भिन्नता ल्याउने कारणहरु पत्ता लगाउन यो अनुसन्धान पूरा गरिएको छ । यी उद्देश्यहरु पूरा गर्न छनोटमा परेका विद्यालयहरमा प्रा.वि. तहको कक्षा ५ मा अध्ययनरत शैक्षिक सत्र २०६७ र २०६८ का दलित र गैरदलित विद्यार्थीहरुको अंग्रेजी, गणित र विज्ञान विषयहरुको शैक्षिक उपलब्धी र विद्यालय उपस्थितिको तुलनात्मक विश्लेषण गरिएको साथै उपलब्धीमा प्रभाव पार्ने विद्यार्थीको पारिवारिक तथा शैक्षिक वातावरण सामाजिक वातावरण तथा व्यक्तिगत कारणहरुको पनि विश्लेषण यो अध्ययनमा गरिएको छ ।
