खाद्यान्न उत्पादन, उपभोग र शैक्षिक अवस्थाको विश्लेषणात्मक अध्ययन (त्रिवेणी गा.वि.स., पर्वत) (Khadyanna utpadan, upabhog ra saikshik awasthako bislesanatmak adhyayana (Tribeni ga. bi. sa.Parvat))
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
खाद्यान्न उत्पादन, उपभोग र शैक्षिक अवस्थाको विश्लेषणात्मक अध्ययन गर्न तयार
गरिएको यस शोधपत्रमा नमुना छनोटमा परेका पर्वत जिल्ला त्रिवेणी गा.वि.स. वडा नं १ र
२ मा रहेका सम्पूर्ण घरधुरीहरुको खाद्यान्न उत्पादनको परिमाण, ग्रामिण जनताको खाद्यान्न
उपभोगको अवस्था र स्थानीय किसानको पारिवारीक आर्थिक तथा शैक्षिक अवस्थाको
विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य रहेको थियो ।
शोधपत्रको उद्देश्य पूरा गर्न परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरी प्राथमिक र
द्घितीय स्रोतका माध्यमबाट तथ्याङ्क संकलन गरी प्राप्त तथ्याङ्ककलाई आवश्यकता अनुसार
तालिका, स्तम्भचित्र, र वृत्तचित्रको माध्यमबाट विश्लेषण गरिएको छ । प्राथमिक स्रोतबाट
तथ्यांक संकलन गर्दा अध्ययन क्षेत्रका घरधुरीहरुलाई प्रत्यक्ष सोधेर संकलन गरिएको थियो
भने यसका साथै अवलोकन र छलफल निर्देशिकाको माध्यमबाट प्रत्यक्ष अवलोकन र लक्षित
समूह छलफल संचालन गरी प्राथमिक तथ्याङ्क संकलन गरिएको थियो । जसका निम्ति
उद्देश्यमूलक र सुविधाजनक नमूना छनोट विधिका आधारमा अध्ययन क्षेत्र, वडा र उक्त
वडामा रहेका घरधुरीहरुलाई छनोट गरिएको थियो । जसमा त्रिवेणी गा.वि.स. का वडा नं १
र २ का ९५ घरधुरीलाई संगणना नमुना विधिको आधारमा छनोट गरिएको थियो । द्घितीय
तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित जिल्ला विकास समितिको कार्यलय, अर्थमन्त्रालय, कृषि
सेवा केन्द्र, गा.वि.स.को कार्यलय, विद्घानहरुका लेख रचना र अन्य प्रकाशित र अप्रकाशित
तथ्याङ्कहरुलाई आधार मानिएको थियो ।
अध्ययन क्षेत्रमा खाद्यान्न बाली अन्तर्गत धान, मकै, गहँु र कोदोको खेतीको अध्ययन
गरिएको थियो । यस क्षेत्रमा खाद्यान्न बाली लगाएको क्षेत्रफल ८०९ रोपनी रहेको थियो ।
जसमा धान, मकै, गहँु र कोदो लगाएको क्षेत्रफल क्रमशः ३००, २७५, ९४ र १४० रोपनी
रहेको थियो । जसमा सवैभन्दा बढी धानबाली लगाएको क्षेत्रफल रहेको पाइयो । खाद्यान्न
उत्पादन तर्फ कुल २,५८,५२५ के.जी. रहेको पाईयो । जसमा धानको उत्पादन ४४.७२
प्रतिशत, मकैको उत्पादन ४०.८४ प्रतिशत, गहँुको उत्पादन ६.१९ प्रतिशत र कोदोको
उत्पादन ८.३४ प्रतिशत रहेको पाईयो ।
अध्ययन क्षेत्रमा खाद्यान्न उपभोगको अवस्थालाई हेर्दा खाद्यान्नको कुल उपभोग परिमाण
३,३४,४०० के.जी. रहेको छ । जसमा स्वयं आफनो उत्पादनबाट उपभोग परिमाण
२,५८,३३२ रहेको देखियो भने खरिदबाट उपभोग परिमाण ७६,०६८ के.जी. रहको पाईयो ।
सम्पूर्ण खाद्यान्नको औसत माग, उत्पादन र अपुगको अवस्थालाई अध्ययन गदा प्रतिघरधुरी
औसत माग ३,५२० के.जी., औसत उत्पादन २,७१९.२८ के.जी. र औसत अपग खाद्यान्न
८००.७१ के.जी. रहेको देखिन्छ । प्रतिव्यक्ति औसत माग, उत्पादन र अपुगको अवस्थालाई
अध्ययन गर्दा प्रतिव्यक्ति औसत माग ५५७.३३ के.जी., औसत उत्पादन ४३०.५५ के.जी. र
अपुग खाद्यान्न १२६.७८ के.जी. रहेको देखिन्छ ।
अध्ययन क्षेत्र खाद्यान्नमा आत्मनिर्भर हुन नसकेको पाईन्छ । आफूले उत्पादन गरेको
खाद्यान्नबाट खान पुग्ने समयलाई हेर्दा १ देखी ३ महिना सम्म पुग्ने घरधुरी प्रतिशत २५.२६
र बेचबिखन गर्न पुग्ने घरधुरी ४.२१ प्रतिशत रहेको देखिन्छ । खाद्यान्नको गुणलाई हेर्दा
अध्ययन क्षेत्रमा रहेका उत्तरदाताहरुले जनाएको प्रतिक्रिया हेर्दा धानमा जर्नेली, मकैमा
मनकामना १, गहुँमा धौलागिरी र कोदोमा डल्लेलाई राम्रो गुणको रुपमा उल्लेख गरेको
पाईन्छ ।
अध्ययन क्षेत्रका ९५ घरधरीले खाद्यान्न तथा अन्यक्षेत्र कृषि तथा पशुपालन, व्यापार तथा
उधोग, वैदेशिक रोजगार र ज्यालामजदुरीबाट प्राप्त वार्षिक कुल आय रु.२,०१,३६,५००
रहेको छ भने खर्चतर्फ पारिवारीक वार्षिक कुल खच रु.१,२५,८१,१०० रहेको छ भने कुल
वार्षिक बचत रु.७५,५५,४०० रहेको छ । त्यसैगरि प्रतिघरधुरी औषत वार्षिक आय
रु.२,११,९६३ रहेको छ । प्रतिघरधुरी वार्षिक औसत खर्च रु.१,३२,४३२.६३ रहको पाईन्छ भने
प्रतिघरधुरी वार्षिक बचत रु.७९,५३०.५३ रहेको पाईन्छ ।
अध्ययन क्षेत्रमा आर्थिक रुपले सक्रिय जनसंख्या १५–६० वर्षका ५८.५ प्रतिशत रहेको छ ।
अध्ययन क्षेत्रको शैक्षिक अवस्थालाई हेर्दा साक्षर जनसंख्या ४७४ जना अर्थात ९२.०३
प्रतिशत रहेको र त्यस्तै गरी निरक्षर तर्फ जम्मा ४१ जना अर्थात ७.९७ प्रतिशत रहेको
पाईन्छ । अध्ययन क्षेत्रमा रहेका घरधुरीको पारिवारिक आम्दानीका आधारमा सरकारी तथा
निजी विद्यालयमा पठाउने बालबालिकाहरुलाई देखाईएको छ । जहाँ आम्दानी बढी भएका
घरपरिवारले निजी विद्यालयमा पठाएको पाइयो भने कम आम्दानी भएका घरधुरीले आफना
बालबालिकाहरुलाइ सरकारी विद्यालयमा पठाएको अध्ययनले देखाएको छ ।
