सामुदायिक विद्यालयमा मानव स्रोत व्यवस्थापन {Human Resource Management in Community Schools}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय

Abstract

प्र्रस्तुत शोध पत्र सामुदायिक विद्यालयमा मानव स्रोत व्यवस्थापन शीर्षकमा तयार पारिएको हो । यसको मूल उद्देश्य सामुदायिक विद्यालयमा मानव स्रोत व्यवस्थापनको वर्तमान अवस्था पहिचान गर्नु रहेको छ । यो अध्ययन गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचाबाट सम्पन्न गरिएको छ । अध्ययनका लागि बिर्तामोड नगरपालिका भित्रको अनारमनी स्रोतकेन्दको ६ वटा विद्यालयलाई उद्देश्यमुलक नमूना छनोट विधिका आधारमा छनोट गरिएको छ । सामुदायिक विद्यालयका निरिक्षक, स्रोतव्यक्ति, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई नमूनाको रूपमा लिएर प्राथमिक तथ्याङ्क सकलन गरिएको छ भने विद्यालयको अभिलेख र विद्यालयको स्मारिका, एसआईपिलाई आधार मानि द्वितीय स्रोतबाट तथ्याङ्क संकलन गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि प्रश्नावली, अन्तर्वार्ता र सर्भेक्षण फारमलाई साधनको रूपमा प्रयोग गरिएका छ । उक्त साधनहरूबाट प्राप्त अधिकांश सूचनालाई व्याख्या र विश्लेषण गरी प्रस्तुत गरिएको छ भने थोरै सूचनाहरूलाई तालिकीकरण गरी विश्लषण गरिएको छ । यो शोधपत्र फेडरिक विन्स्लो टेलरले प्रतिपादन गरेको वैज्ञानिक व्यवस्थापनकाो सिद्धान्तलाई सैद्धान्तिक खाकाको रूपमा लिएर सामुदायिक विद्यालयको मा.वि. र आधारभूत तहको मानव स्रोत व्यवस्थापनको पक्षलाई विश्लेषण गरिएको छ । अध्ययन गरिएको विद्यालयहरूमा मानव स्रोत व्यवस्थापनको क्रममा शिक्षकहरूलाई अतिरिक्त क्रियाकलाप र अन्य विभिन्न उपसमिति विभाजन गरिएको पाइयो । तहगत रूपमा सूचना प्रणालीको सामग्री प्रयोग माध्यमिक विद्यालयहरूमा पाइयो भने आधारभूत विद्यालयमा यसको पहुँच भन्दा टाढा रहेको पाइयो । लेखापाल कर्मचारीको व्यवस्था आधारभूत विद्यालयमा नभएको र माध्यमिक विद्यालयमा कार्यरत रहेको पाइयो । शिक्षक संख्या, विद्यार्थी संख्या माध्यमिक विद्यालयमा पाइयो भने तालिम प्राप्त शिक्षक, विद्यार्थी नियमिता, शिक्षक विद्यार्थी अनुपात आधारभूत विद्यालयमा पाइयो । यसैगरी विद्यालयहरूमा मानव स्रोत व्यवस्थापनका समस्या तथा चुनौतिहरूमा शिक्षक नियक्तिमा विविधता, तालिम प्राप्त शिक्षकको कमी, अधिक कक्षा कार्यभार, विद्याथी अनियमितता, कर्मचारीको अभाव, स्रोत÷साधनको अभाव, अभिभावकको चासोको कमी आदि रहेको पाइयो । विद्यालयमा शिक्षक नियुक्ति, शिक्षक तालिम सञ्चालन, शिक्षण पेशा प्रवेशको एउटै आधार (एकद्वार प्रणाली) को स्थापना, विद्यालयमा शिक्षक–कर्मचारीको समान तलब भत्ता निर्धारण गर्ने, विद्यार्थीलाई नियमित गराउन सरोकारवालाहरू बीच छलफल सञ्चालन गर्नु पर्ने जस्ता कार्यक्रम सञ्चालन गर्ने र नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने जस्ता यस अध्ययनमा सुझावको रूपमा समेटिएका छन् । सामुदायिक विद्यालयको मानव स्रोत व्यवस्थापनका अलावा भौतिक, आर्थिक एवम् सूचना व्यवस्थापनका सम्बन्धमा थप अनुसन्धान गर्न, मानव संसाधनका शिक्षक कर्मचारी सम्बन्ध, अनुशासन जस्ता पक्षहरूमा थप अध्ययन गर्न तथा विद्यालयमा सलग्न शिक्षकहरूको योग्यता र अनुभवले शैक्षिक उपलब्धिमा पान प्रभाव सम्बन्धमा आगामी दिनमा अध्ययन, अनुसन्धान गर्न सकिन्छ भन्ने लगायतका सुझावहरू यस अध्ययनमा राखिएका छन् ।

Description

Citation