महिलाहरुमा आङ खस्ने समस्या र त्यसले स्वास्थ्यमा पार्ने प्रभाव {The Problem of Falling in Women and its Effects on Health}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
स्वास्थ्य तथा शारीरिक शिक्षा संकाय
Abstract
प्रस्तुतशोधपत्र“महिलाहरूमाआङ खस्ने समस्या र त्यसले स्वास्थ्यमापार्ने प्रभाव” सम्बन्धीएक अध्ययन सुनसरी जिल्लाको गढीगाउँपालिका वडा नंः २ औरावनीका १०५ जनामहिलाहरूमागरिएको अध्ययनहो । यस शोधपत्रको साधारण उद्देश्यमामहिलाहरूमा पाठेघर खस्नुको कारणहरू पत्तालगाउने, महिलाहरूमा पाठेघर खस्ने समस्या सम्बन्धी ज्ञान, धारण पत्तालगाउने, यस समस्याले स्वास्थ्यमापारेको प्रभावपत्तालगाउने रहेको छ ।
अध्ययन क्षेत्रको छनोट सम्भावना रहितनमुना छनोट विधिको उद्धेश्यमाआधारित छनोट विधिको प्रयोग गरिएको थियो भने प्रभावितमहिलाहरूको छनोटमा आङ खस्ने समस्याबाट प्रभावित क्षेत्रका ५० घरधुरीबाट १०५ जनामहिलाहरूमा अुनुसन्धानगरिएको छ । अध्ययनबाट प्राप्ततथ्याङ्कलाई व्याख्या र विश्लेषण गरि आवश्यकताअनुसार तालिकातथाचित्रमा प्रस्तुतगरिएको छ साथै नतिजाकाआधारमानिष्कर्ष र सुझावहरू सहित यो शोध पत्रतयार गरिएको छ ।
पाठेघर खस्ने समस्यायसले स्वास्थयमापारेको प्रभावशिर्षकमातयार गरिएको अध्ययनअनुसार कमउमेरमाविवाहगर्ने महिलाहरू ३० जना, सानै उमेरमागर्भवतीहुने महिलाहरूको सङ्ख्या २९.४२ प्रतिशत रहेको पाइयो । पाठेघर खस्ने महिलाहरू २८.५७प्रतिशत र पाठेघर सम्बन्धीअन्य समस्याभएको महिलाहरू ७१.४२ प्रतिशत रहेको पाइयो । पाठेघर खस्ने समस्याभएकामहिलाहरू मध्ये १६ जनाले उपचार गरेको र ७जनाले नगरेको पाइयो । उपचार गर्ने मध्ये रिङ प्रेसरी राख्ने ११ जनाअपरेशनगर्ने २ जना र व्यामगर्ने ३ जना रहेको पाइयो ।
यस अध्ययनअनुसार यस क्षेत्रमाअझै पनिप्रजनन स्वास्थय सम्बन्धीजनचेतनामुलककार्यक्रमहरू सञ्चालनगर्नुपर्ने, समय समयमानिशुल्कशिविर सञ्चालनगर्नुपर्ने, सम्बन्धीत निकायहरूबाट आर्थिक अवस्थाकमजोर भएकामहिालाहरूमाउपचारको लागि सहयोग गर्नुपर्ने आवश्यक देखिन्छ जसले गर्दा यस समस्याबाट महिलाहरू सचेत रहन र पाठेघर खस्ने समस्याबाट बाच्न सहयोग गर्दछ ।
