काकेश्वरी मन्दिर क्षेत्रका साँस्कृतिक सम्पदा {Cultural Heritage of Kakeshwari Temple Area}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विभाग

Abstract

काकेश्वरी मन्दिरको सांस्कृतिक अध्ययन शीर्षकको यो शोधप्रवन्ध त्रिभुवन विश्वविद्यालय,मानविकी तथा सामाजिकशास्त्र सङकायअन्तर्गत स्नातकोत्तर तहमा संस्कृति विषयको उपाधि प्राप्त गनआंशिक आवश्यकता परिपूर्तिका निमित्त नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकीर्तिपुरमा प्रस्तुत गरिएको हो । काकेश्वरी मन्दिर क्षेत्रका मूर्त साँस्कृतिक सम्पदाकेके हुन?काकेश्वरीमन्दिर क्षेत्रका अमूर्त साँस्कृतिक सम्पदासँग सम्बन्धित पक्षहरू केके हुन ? र काकेश्वरीमन्दिरक्षेत्रकासाँस्कृतिक सम्पदा व्यवस्थापनका अवस्था कस्तो छ एवम व्यवस्थापनका उपाय केके हुनसक्दछन ? भन्ने सन्दभ यो अध्ययनकासमस्या हुन । काकेश्वरी मन्दिरका क्षेत्रका मूर्त साँस्कृतिकसम्पदाका बारेमा खोज तथा अध्ययन गर्नु, काकेश्वरी मन्दिर क्षेत्रका अमूर्त साँस्कृतिक सम्पदासँगसम्बन्धित विविध पक्षको अन्वेषण गर्नु र काकेश्वरी मन्दिर क्षेत्रकासाँस्कृतिक सम्पदा व्यवस्थापनकाअवस्था पहिचान गरी त्यसका उपायहरू शोधखोज गर्नु जस्ता विशिष्ट उद्देश्य यो अध्ययनले निर्धारणतथा परिपूर्ति गरेको हो । विषयवस्तुका दृष्टिकोणले यस अध्ययनको मुख्य क्षेत्र काकेश्वरी मन्दिरको सांस्कृतिक पक्षकाविश्लेषण । भूगोलका आधारमा यो अध्ययन प्रदेश नं. ३ को काठमाडौं जिल्लामा अवस्थित काकेश्वरीमनोहरा नगरपालिका वडा नं. १ मा केन्दित छ । यो अध्ययनमा प्राथमिक तथा द्वितीयक दुवै किसिमकातथ्याङ्क एवमसूचनाहरू सङ्कलन गरिएका छन । प्राथमिक तथ्याङ्क स्थलगत सर्वेक्षण र द्वितीयक तथ्याङ्कपूर्वकार्य समीक्षाबाट सङकलन गरिएको हो । प्राथमिक तथ्याङ्ग एवम सूचना सङकलनका निमित्तअवलोकन, अन्तर्वार्ता, प्रश्नावली, सामूहिक छलफल, अभिलेख सङकलन र अध्ययन, मूर्त तथा अमूर्तसम्पदा सङकलन र विश्लेषण, ऐतिहासिक कागज तथा दस्तावेज सङकलन र विश्लेषण एवम तस्वीरसङकलन तथा विश्लेषण जस्ता विधिहरूको आवश्यकताअनुसार प्रयोग भएका छन । यो गुणात्मकअध्ययन हो ।विश्लेषणात्मक, वर्णनात्मक एवम अन्वेषणात्मक अनुसन्धानको सैद्धान्तिक ढाँचामा याशोधपत्र अनुबन्धित गरिएको छ । पौराणिक साहित्यमा उल्लेखित विवरणअनुसार कागेश्वर मनहरा नगरपालिमा अवस्थितकागेश्वरी मन्दिर नेपालका चौसटठी शिवलिङ्गहरूमध्ये एउटा हो । नेपालमहात्म्यको अध्याय ११९ मायस देवस्थलको विशेष वर्णन पाइन्छ । पार्वती काकको रूपधारण गरी त्यस स्थानमा आएको हुनाले यसमन्दिरको नाम काकेश्वर महादेव रहन गयो । लिच्छवि कालदेखि यो देवस्थल अस्तित्वमा थियो ।काकेश्वर महादेव तामाङ्ग जातिको कुलदेवता पनि हुन । अतः यो देवस्थलमा तामाङ जातिले पनि पूजाउपासना गर्दछन । यो तामाङ बाहेक नेवार, क्षेत्री, ब्राम्ह्णलगायत यस क्षेत्रमा बसोवास गर्ने हिन्दू तथावौद्ध धर्मावलम्वीहरू सबैले समान रूपमा पूजा उपासना चढाउने मोक्ष दायनी देवस्थल हो । गुठीकालगत र मन्दिरमा पूजागर्दा चढाइने .सामग्रीहरू बारेमा लेखिएको कागजपत्रहरू प्राप्त सूचनाअनुसारकाकेश्वर महादेवस्थलका नाममा राजगुठीअन्तर्गत २० रोपनी जग्गा कायम छ । काकेश्वर महादेव, पार्वतीको मन्दिर, पाटी तथा सत्तल, शिव पार्वतीको मूर्ति, गणेशको मूर्ति,कुमारको मूर्ति, कागको मूर्ति, ॐ अभिलेखयुक्त शिला, शिवलिङ्ग, बसाहको मूर्ति, शिवपार्वती आलिङ्गनमूर्ति, अभिलेख, धुपवत्ती प्रज्वलित स्थल, मौलो, पोखरी, ढुङ्गे धारा, सिढीलगायतका वस्तु यस देवस्थलकाप्रमुख ऐतिहासिक सामग्री तथा मूर्त सम्पदा हुन। यस देवस्थलमा पाइने भाषा, साहित्य, गीत, गाथा, कविता–काब्य, उखान–टुक्का, तन्त्रमन्त्रकिम्वदन्ती, लोकोक्ति, जनश्रुति, लोककथा, लोकविश्वास जस्ता मौखिक परम्परा एवमअभिव्यक्तिसँगसम्बन्धित सम्पदा हुन । धामीझाँक्रीको बस्त्र धारण गरी आफ्नो ढयाग्रो बजाई नाचगान गर्ने र मेला तथापर्वको दिन दर्शनार्थीहरूले शिव भजन गाउने चलन अभिनय तथा प्रदर्शनकारी कलाजन्य सम्पदाकारूपमा राख्न सकिन्छ । धार्मिक विश्वास, धार्मिक अनुष्ठान तथा पूजाविधि, अपर्ण गरिने फूलप्रसाद तथापूजा सामग्री, पूजा प्रसाद वितरण प्रणाली, चाडपर्व एवम उत्सव, पुजारी परम्परा यस देवस्थलकासामाजिक व्यवहार, धार्मिक अनुष्ठान तथा चाडपर्व उत्सवजन्य सम्पदा हुन । प्रकृति, ईश्वर, ब्रम्हाण्ड,जीव, जगत जस्ता विभिन्न पक्षलाइ ब्रम्हण्ड एवम प्रकृतिसँग सम्बन्धित ज्ञान तथा व्यवहारजन्यसम्पदाका रूपमा उल्लेख गर्न सकिन्छ । यस देवस्थलमा पाइने मूलतः मूर्त सम्पदाको कलाशिल्पलपरम्परागत कला कौशल तथा शिल्प प्रविधिको प्रतिनिधित्व गर्दछन। यो देवस्थल संरक्षण तथा संवद्र्धन अवस्था उतिधेरै राम्रो देखिदैन । धेरै समस्या छन । संरक्षणतथा संवद्र्धनमा स्थानीय समुदाय,स्थानीय तह, स्थानीय तहमा क्रियाशील सङघ संस्था, प्रदेश सरकार रपुरातत्व विभाग, संस्कृति समिति तथा सम्बन्धित मन्त्रालय जस्ता प्रत्यक्ष रूपमा सरोकारवालाहरूकाभूमिका उल्लेख्य हुनुपर्ने देखिएको छ ।

Description

Citation