विद्यालयमा आधारित सुपरिवेक्षण {Bidhyalayema Adharit Suparivekshan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन संकाय

Abstract

यस शोध अध्ययनको विषय बस्तु “विद्यालयमा आधारित सुपरिवेक्षण” रहेको छ । यस अध्ययनमा विद्यालयको सुपरिवेक्षणको अवस्था पहिचान गर्ने, सुपरिवेक्षणका समस्या पत्ता लगाई निराकरणका उपायहरु सुझाउने उद्देश्यहरू रहेको छ । उक्त अध्ययनको क्रममा जिल्ला शिक्षा अधिकारी, विद्यालय निरीक्षक तथा स्रोतव्यक्ति, अभिभावक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षक, विद्यार्थीहरुका साथै समूह छलफलका लागि प्रश्नावलीर विद्यालय अवलोकन फारम समेत प्रयोग गरिएको छ। अध्ययन सिन्धुपाल्चोक जिल्लाका १९ वटा स्रोत केन्द्रमध्ये तीनवटा स्रोत केन्द्रका एक÷एकवटा माध्यमिक, निम्न माध्यमिक र प्राथमिक विद्यालय गरी नौ वटा विद्यालय छनोट गरिएको छ ।चारजना विद्यालय निरीक्षक, ३ जना स्रोतव्यक्ति, छ जना प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अठारजना शिक्षकहरु नमूनाको रुपमा लिइएको छ । यसबाट प्राप्ततथ्याङ्क र सूचनालाई चार्ट, तालिकामा प्रस्तुत गर्नुका साथै परिमाणात्मक र गुणात्मक व्याख्या र विश्लेषण गरिएको छ । अध्ययनबाट विद्यालय निरीक्षकहरू वर्षमा १.६७ पटक मात्र विद्यालय निरीक्षणका लागि गएका देखियो भने स्रोतव्यक्तिहरू २.५ पटक जाने गरेको पाइयो । ५० प्रतिशत विद्यालय निरीक्षक र ७५प्रतिशत स्रोतव्यक्तिले मासिक कार्य योजना पेश गर्ने र सोही आधारमा प्रतिवेदन पेश गर्ने गरेका देखियो । काम अनुसार दण्ड र पुरस्कारको व्यवस्था नहुनु, सुपरिवेक्षण पतिवेदनको कार्यान्वयन नभएको, सुपरिवेक्षकसँग उच्च र विषयगत दक्षता नरहेको, भौतिक सुबिधाहरू ज्यादै न्यून रहेको,विद्यालयमा प्रशासनिक सुपरिवेक्षण बढी भएको पाइयो । विद्यालय क्षेत्र सुधार कार्यक्रमले कक्षा १–८ आधारभूत र कक्षा ९–१२ लाई माध्यमिक शिक्षाका निश्चित संरचनामा एकीकृत गर्ने व्यवस्था भएको सन्र्दभमा हालको निरीक्षण व्यवस्थामा समेतथप स्तरोन्नती आवश्यक देखी मूलतः तीनओटा अनुगमन तथा मूल्याङकन पद्धति अवलम्बन गरिनजसमा नियम कानुन सङगत कार्यक्रम सञ्चालन भए नभएको लेखाजोखा गर्ने, लक्ष्यअनुरूपकार्य भए नभएको मापन गर्ने र अख्तियार गरिएका नीति/रणनीतिको क्षेत्रगत लक्ष्य र उद्देश्यमा परेको प्रभाव मूल्याङकन लगायतको व्यवस्थाले सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउने कार्यनीति तथा रणनीति लिएको छ । सुपरिवेक्षणका क्रममा दिइएका पृष्ठपोषणको कार्यान्वयन भए नभएको अनुगमन ज्यादै न्यून देखियो,विद्यालय व्यवस्थापन समितिसँग भेटघाट तथा छलफल गर्ने कामले पनि प्राथमिकता नपाइरहेका र स्रोतव्यक्तिको तुलनामा विद्यालय निरीक्षकबाट प्रशासनिक सुपरिवेक्षण बढी र शैक्षिक सुपरिवेक्षण कम हुने गरेको देखियो । सुझावलाई तीन समूह नीतिगत, कार्यान्वयन र अनुसन्धान तहमा हेरिएको छ । नीतिगततहमा सबै तह मन्त्रालय, विभाग, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयममा दरिला अनुगमन संयन्त्र स्थापना गरिनु पर्ने, प्रभावकारी पुरस्कार र दण्डको व्यवस्था गरी कार्य सम्पादनका आधारमा पदोन्नति र अवसरहरू प्रदान गर्ने नीति अवलम्वन गरिनु पर्ने, स्रोतव्यक्ति नियुक्तिशिक्षक सेवा आयोगद्वारा हुनुपर्ने, विद्यालय सुपरिवेक्षणको हालको बारम्बरतालाई बृद्धि गर्नुपर्ने,प्रशासनिक निरीक्षणको तुलनामा शैक्षणिक निरीक्षणलाई जोड दिनुपर्ने देखिन्छ । कार्यान्वयन तहमा जुन कामका लागि सुपरिवेक्षक नियुक्ति गरिएको हो, सोही काममा लगाउनुपर्नेे, स्रोतकेन्द्रलाई स्रोतयुक्त बनाउनु पर्ने, समूह सुपरिवेक्षण प्रणाली लागू गर्न उपयुक्त हुने,विद्यालय निरीक्षक र स्रोतव्यक्तिले दिएको प्रतिवेदन समयमै कारवाही गर्ने व्यवस्था हुनुपर्ने,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले खास गरेर विद्यालयको प्रशासनिक तथाशैक्षिक निरीक्षण गर्न सक्ने सामथ्र्य राख्नु पर्ने देखिन्छ । यसकोलागि अध्यक्ष र प्रधानाध्यापकलेविद्यालयको समग्र पक्ष आर्थिक, भौतिक, शैक्षिक तथा वातावरणीय पक्षलाई समेत ध्यानमा राखीगुणस्तरीय शिक्षाको प्रत्याभूत गर्न सक्षम हुनुपर्ने देखिन्छ । अनुसन्धान तहमा सुपरिवेक्षणलाई प्रभावकारी बनाउदै शिक्षण सिकाईमा सुधार ल्याई गुणस्तरीयशिक्षा प्रदान गर्न सुपरिवेक्षक, शिक्षक तथा विद्यार्थीहरू गुणस्तरयुक्त बन्नु पर्दछ । बालकलाई कस्ताबनाउने, कस्तो शिक्षा दिने, कसरी विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने सक्षमता प्रदान गर्न समेतकालागि भैरहेको व्यवस्था आवश्यक सुधार तथा व्यवस्थापनको आवश्यकता पर्दछ ।

Description

Citation