कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूको अनुच्छेद लेखन क्षमता {Kaksha satama adhyayanarata vidyarthiharuko anuchheda lekhana kshamata}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली शिक्षा विभाग

Abstract

कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूको अनुच्छेद लेखन क्षमता शीर्षक प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय, कनकाई बहुमुखी क्याम्पस नेपाली शिक्षा विभाग अन्तर्गत एम.एड. दोस्रो वर्षको नेपा.शि. ५९८ पाठयांशको प्रयोजनका लागि तयार गरिएको छ । यो शोधपत्र झापा जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूको अनुच्छेद लेखन क्षमताको अध्ययनमा केन्द्रित रहेको छ । विद्यालयको स्वरुपको आधारमा, लिङ्गगत आधारमा र भाषिक पृष्ठभमिका आधारमा तुलनात्मक अध्ययन गर्नु यस शोधकार्यको प्रमुख उद्देश्य रहेको छ । सामुदायिक र संस्थागत विद्यालयका राजवंशी र नेपाली मातृभाषी विद्यार्थीको अनुच्छेद लेखन क्षमता पहिचान गर्नका लागि झापा जिल्लाका दुईवटा सामुदायिक र दुईवटा संस्थागत विद्यालयका ३०÷३० जना विद्यार्थीलाई प्रतिनिधि नमुनाका रुपमा छनोट गरिएको छ । छनोट भएका विद्यार्थीहरुलाई “राष्ट्रिय एकता” शीर्षकमा १० पूर्णाङ्कको एक अनुच्छेद लेखनको परीक्षण गरी प्राप्त उत्तरलाई अङ्कन गरिएको छ । अङ्कन गर्दा ४०% वा सोभन्दा कमलाई निम्न, ४०% भन्दा बढी ८०% भन्दा कमलाई मध्यम र ८०% वा सोभन्दा बढीलाई उत्कष्ट वर्गको रुपमा वर्गीकृत गरी विश्लेषण गरिएको छ । तथ्याङ्कको विश्लेषण अनुसार बहुसंख्यक विद्यार्थीहरु (५९.१७%) मध्यम स्तरका रहेको पाइयो तथा छात्रको तुलनामा छात्राको अनुच्छद लेखन क्षमता राम्रो पाइयो । राजवंशी मातृभाषी विद्यार्थीको तुलनामा नेपाली मातृभाषी विद्यार्थीको अनुच्छेद लेखन क्षमता राम्रो रहेको पाइयो । संस्थागत विद्यालयका विद्यार्थीका तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीको अनुच्छेद लेखन क्षमता राम्रो पाइयो । राजवंशी मातृभाषी विद्यार्थीहरुमा छात्राको तुलनामा छात्रको अनुच्छेद लेखन क्षमता राम्रो रहेको पाइयो । संस्थागत विद्यालयका छात्रको तुलनामा छात्राको अनुच्छेद लेखन क्षमता राम्रो भएको पाइयो । संस्थागत विद्यालयका नेपाली भाषी विद्यार्थी भन्दा सामुदायिक विद्यालयका नेपाली भाषी विद्यार्थीको अनुच्छेद लेखन क्षमता राम्रो भएको पाइयो । संस्थागत विद्यालयका राजवंशी मातृभाषी विद्यार्थी भन्दा सामुदायिक विद्यालयका राजवंशी मातृभाषी विद्यार्थीको अनुच्छेद लेखन क्षमता राम्रो पाइयो।

Description

Citation