सीमान्तकृत छात्रवृत्तिले सिकाइ उपलव्धिमा पारेको प्रभाव {Impact of Marginalized Scholarships on Learning Achievement}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
सीमान्तकृत छात्रवृत्तिले सिकाइ उपलव्धिमा पारेको प्रभाव शीर्षकमा तयार पारिएको शोधपत्रको मख्य उद्देश्य सीमान्तकृत छात्रवृत्तिले सिकाई उपलब्धिमा पारेको प्रभावको विश्लेषण गर्ने रहेको छ ।
यो अध्ययन परिमाणात्मक र गुणात्मक दुवै अनुसन्धान विधिमा आधारित छ । यस अध्ययनमा सामान्य सम्भावनायुक्त नमूना छनौट विधिको प्रयोग गरी ६ वटा सामुदायिक विद्यालयहरुको छनौट गरिएको छ । उद्देश्यमूलक नमूना छनौट विधिको प्रयोग गरी स्रोतकेन्द्रका स्रोतव्यक्ति एक जना, सम्वन्धित विद्यालयका प्रधानाध्यापकहरु ६ जनालाई छनौट गरिएको छ । त्यसैगरी सामान्य सम्भावनायुक्त नमूना छनौट विधिको प्रयोग गरी प्रत्येक विद्यालयवाट २÷२ जनाका दरले १२ जना शिक्षकहरु, र सीमान्तकृत समुुदायका विद्यार्थीहरु मध्ये प्रत्येक विद्यालयवाट ३÷३ जनाका दरले १८ जना विद्यार्थी र तिनका अभिभावक १८ जनालाई छनौट गरिएको छ । नमूना छनौटमा परेका व्यक्तिहरुसँग अन्तर्वार्ता सूची, अन्तक्र्रिया, विद्यालय सर्वेक्षण फारम प्रश्नावली तथा दस्तावेज पुनरावलोकन जस्ता तथ्याङ्क संकलनका साधनहरुको प्रयोग गरिएको छ । अध्ययनमा प्राथमिक स्रोतको रुपमा प्रश्नावली, अन्तर्वार्ता तथा छलफलका माध्यमवाट प्राप्त तथ्याङ्क तथा सूचनाहरुलाई लिइएको छ भने सहायक स्रोतको रुपमा विद्यालयको अभिलेखलाई लिइएको छ ।
यस क्षेत्रमा सतार, माझी र मुसहर समुदायका सीमान्तकृत जातिहरु रहेको पाइयो । केहि वर्ष अगाडिसम्म यस समूदायका अधिकांश वालवालिकाहरु विद्यालयमा अध्ययन गर्न नजाने गरेता पनि वर्तमानमा भने सीमान्तकृत जातिका वालवालिकाहरुको विद्यालयमा भर्नाहुने दर वढ्दै गइरहेको पाइयो । सीमान्तकृत वालवालिकाहरुको वितरण पनि असमान रहेको पाइयो । विद्यालयमा भर्ना भएका मध्ये औषतमा १९ प्रतिशत विद्यार्थीहरु सीमान्तकृत समुदायका रहेको पाइयो । विद्यालयहरुमा सीमान्तकृत समुदायका १३ देखि २५ प्रतिशतसम्म विद्याथीहरु रहेको पाइयो । सीमान्तकृत छात्रवृत्ति वितरण तथा कार्यान्वयनमा विभिन्न प्रकारका समस्याहरु देखापरेको पाइयो । केहि विद्यालयहरुले शैक्षिक सत्रको मध्यतिर मात्र सीमान्तकृत छात्रवृत्ति वितरण गरेको पाइयो । त्यसैगरी वितरण गरिएको छात्रवृत्ति केहि मात्रामा भने उद्देश्य अनुसार खर्च नभएको पाइयो । अधिकांशले सो रकमको सदुपयोग गरेको पाइयो । केहि अभिभावकहरुले दोहोरो छात्रवृत्ति लिनका लागि वालवालिकाहरुलाई एकभन्दा वढि विद्यालयमा भर्ना गरेको पाइयो । जातिगत आधारमा छात्रवृत्ति वितरण गर्दा स्वत छात्रवृत्ति नपाउने गरिव परिवारका वालवालिकाहरुमा मनोवैज्ञानिक असर परेको पाइयो । छात्रवृत्ति वापतको रकम कम भएकाले आवश्यक शैक्षिक सामग्रीहरु खरिदगर्न पनि नपुग्ने गरेको पाइयो । छात्रवृत्ति रकम उपयुक्त समयमा वितरण गरे नगरेको, सो रकमको उद्देश्य अनुसार खर्च भए नभएको, सम्वन्धित व्यक्तिले पाए नपाएको वारेमा निरिक्षण तथा अनुगमन गर्ने नगरेको पाइयो ।
छात्रवृत्ति शैक्षिक सत्रको शुरुमा नै छात्रवृत्ति वितरण गर्नुपर्छ । छात्रवृत्ति वापत प्राप्तहुने रकम वालवालिकाको पठनपाठनसँग सम्वन्धित सामग्री खरिदगर्न मात्र खर्च गरिनुपर्छ । शिक्षा मन्त्रालयले हाल प्रदान गर्दै आएको छात्रवृत्ति वापतको रकमलाई कम्तिमा पनि दोव्वर वनाउनु पर्छ । दोहोरो भर्ना प्रक्रियाको अन्त्य गर्नका लागि नजिकका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको विवरण दाँजेरमात्र छात्रवृत्ति प्रदाग गर्नसकेमा रकम दुरुपयोगलाई रोक्न सकिन्छ । यसका अतिरिक्त नियमित रुपमा अनुगमन तथा निरीक्षण गर्नसकेमा कार्यक्रम प्रभावकारी हुन्छ ।
