आधुनिक नेपाली उपन्यासमा अपाङ्गता

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

‘आधुनिक नेपाली उपन्यासमा शीर्षकको प्रस्तुत अध्ययनमा अपाङगता सम्बद्ध नेपाली उपन्यासहरूको सर्वेक्षणबाट प्राप्त अपाङगता विषयक १९ वटा नेपाली उपन्यासहरूमध्ये अपाङगता अध्ययनका दृष्टिले महत्वपूर्ण प्रमुख तीनवटा उपन्यास लङ गडा साथी, ह्वाइट केन र सञ्जीवनीको विश्लेषण गरिएको छ । विश्लेषणका लागि अपाङगताका प्रमुख चार मोडल (नैतिक, चिकित्सा, सामाजिक र सांस्कृतिक) लाई सैद्धान्तिक आधार मानिएको छ भने सांस्कृतिक अध्ययनका क्षेत्रमा चर्चित एन्टोनियो ग्राम्सी, स्टुआर्ट हल लगायतका विद्वानहरूका पहिचान, प्रतिनिधित्व र प्रतिरोध चेतना सम्बन्धी अवधारणाका साथै अपाङग पात्रहरूको स्वयंप्रतिको दृष्टिकोण र अपाङगताप्रतिको लेखकीय विचारधारालाई कृति विश्लेषणका आधार बनाइएको छ । वि.सं. २००८ मा प्र्रकाशित लङ गडाको साथी लाई नेपाली साहित्यको पहिलो अपाङगता विषयक उपन्यास निक्र्यौल गरी त्यसयता वि.स. २०८१ सम्म प्रकाशित नेपाली उपन्यासहरूको विस्तृत सर्वेक्षणबाट प्राप्त अपाङगता विषयक १९ वटा उपन्यासहरूमध्ये सोद्देश्यमूलक ढङगले तीनवटा उपन्यासहरूलाई विश्लेषणका निम्ति चयन गरिएको छ । अपाङगता भएका पात्रहरूको प्रयोग गरी उपन्यास लेख्ने परम्परालाई विकसित गर्नमा यी उपन्यासहरूको ऐतिहासिक महत्व रहेको, साहित्यमा अपाङगताको पहिचान, प्रतिनिधित्व र प्रतिरोध चेतनाबारे अध्ययनका लागि उपयुक्त सामगी भएको, अपाङगता भएका व्यक्तिहरूले आफू स्वयंलाइ हेर्ने र उनीहरूलाई समाजले हर्ने दृष्टिकोण प्रतिबिम्बित भएको र अपाङगताप्रतिको लेखकीय धारणा बुझनका लागि उपयुक्त सामग्री भएकाले अध्ययनका लागि यी उपन्यासहरूलाई चयन गरिएको छ । प्रस्तुत अध्ययनमा चयनित सामग्रीको विश्लेषण गरी अर्थापनमा पुग्नका निम्ति गुणात्मक शोधढाँचाअनुरूप पाठविश्लषण विधिको उपयोग गरिएको छ । अपाङगता अध्ययन सांस्कृतिक अध्ययनका क्षेत्रमा पछिल्लो समय देखापरेको अन्तविषयक समालोचना पद्धति हो जसले साहित्य, चलचित्र, मिडिया आदिमा अपाङगहरूको पहिचान र प्रतिनिधित्व कस्तो छ ? उनीहरूको सामाजिक तथा आर्थिक अवस्था कस्तो छ र उनीहरूले आफू स्वयंलाई हेर्ने दृष्टिकोण र समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण कस्तो छ ? साथ अपाङगताप्रतिको साहित्य, चलचित्र र मिडियाका निर्माताहरूको दृष्टिकोण कस्तो छ ? भन्ने कुराको अध्ययन गरिन्छ । अपाङगता अध्ययनमा अपाङगतालाई हेर्ने वा बुझने दृष्टिकोणलाई अपाङगताको मोडलका रूपमा लिइन्छ । अपाङगताका विभिन्न मोडलहरूमध्ये सबैभन्दा पुरानो तर हालसम्म पनि कतिपय समाजमा अस्तित्वमा रहिरहेको नैतिक मोडलले अपाङगतालाई पापको परिणाम वा दैवी परीक्षाका रूपमा व्याख्या गर्दै प्रायश्चित्त वा सामाजिक बहिष्करणलाई समाधानको रूपमा व्याख्या गर्छ । यसैगरी द्वितीय विश्वयुद्धमा लाखौँ मानिसहरू अङगभङग भएपछि त्यसैको प्रभाव स्वरूप विकास भएको चिकित्सा मोडलले अपाङगतालाई पापको परिणाम वा दैवी परीक्षा नभई उपचार गरेर वा पुनस्र्थापना केन्द्रमा राखेर निको पार्न सकिने शारीरिक समस्याका रूपमा व्याख्या गर्छ ।औँल्याउँदै विकास भएको सांस्कृतिक मोडलले अपाङगतालाई व्यक्तिको शारीरिक अवस्था वा सामाजिक संरचनालाई नभई सामाजिक र सांस्कृतिक संरचनामा गहिरोसँग जरा गाडेको विश्वास, मान्यता र सांस्कृतिक अभ्यासलाई अपाङगताको कारण मान्दै साहित्य, मिडिया, इतिहास र सामाजिक मान्यताहरूको पुनव्र्याख्या, अपाङगता सम्बन्धी सकारात्मक प्रतिनिधित्व आदिलाई समाधानको रूपमा व्याख्या गर्छ । अपाङगता अध्ययन अपाङगताका यी चार मोडलहरूमध्ये सामाजिक र सांस्कृतिक मोडलसँग बढी निकट छ । अपाङगता विषयक आधुनिक नेपाली उपन्यासको सर्वेक्षण तथा विश्लेषणका लागि छनोट गरिएका उपन्यासहरूको अध्ययन तथा विश्लेषणबाट नेपाली साहित्यमा अपाङगता सम्बद्ध विषय तथा अपाङग पात्रहरूको प्रयोग गरेर अत्यन्त कम सङख्यामा उपन्यासहरू लेखिएको पाइयो । प्राप्त कृतिहरूको अध्ययन गर्दा अपाङगतालाई हेर्ने सामाजिक दृष्टिकोण परिवर्तन भएसँगै साहित्यिक कृतिहरूमा अपाङगता सम्बद्ध विषय र पात्रको उपस्थिति पनि राम्रो हुँदै गएको देखियो । प्रारम्भिक चरणका नपाली उपन्यासहरूमा अपाङगको पहिचान केवल दयाको पात्रका रूपमा रहेकोमा पछिल्लो चरणसम्म आइपुग्दा अपाङगता भएका पात्रहरूमा समाजले दिएको पहिचानप्रतिको असन्तुष्टि र नयाँ पहिचान निर्माणको तीब्र्र चाहना देखिन्छ । त्यसैगरी प्रारम्भिक चरणका उपन्यासहरूमा अपाङगहरूको प्रतिनिधित्व प्रभुत्वशाली (हेजेमोनिक) प्रकृतिको देखिन्छ भने उत्तराद्र्ध चरणका उपन्यासहरूमा अपाङगताको वैकल्पिक प्रतिनिधित्व पाइन्छ । प्रारम्भिक चरणका उपन्यासहरूमा अपाङगता र अपाङग पात्रहरूका लागि प्रयोग गरिएको भाषा र त्यसमार्फत सिर्जना गरिएका बिम्बहरू अत्यन्त अपमानजनक देखिन्छन । पछिल्ला समयमा लेखिएका उपन्यासहरूमा भने अपाङगता र अपाङग पात्रहरूलाई प्रयोग गरिने भाषा विस्तारै सम्मानजनक बन्दै गएको देखिन्छ । त्यसैगरी प्रारम्भिक चरणका नेपाली उपन्यासहरूमा अपाङगहरू दयाका पात्र हुन; यिनीहरूलाई दया र करुणा भावले हेर्नुपर्छ भन्ने परम्परागत विचारलाई समर्थन गरिएको पाइन्छ भने पछिल्लो चरणमा लेखिएका उपन्यासहरूमा अवसर पाएमा अपाङग व्यक्तिहरूले पनि आत्मनिर्भर भई जीवनयापन गर्न सक्छन र उनीहरूले पनि परिवार, समाज र राष्ट्रलाई योगदान दिन सक्छन भन्ने विचारलाई स्थापित गर्ने चाहना देखिन्छ । त्यस गरी प्रारम्भिक चरणमा लेखिएका उपन्यासका अपाङग पात्रहरूमा आफूमाथि भएका अन्याय र अत्याचारको प्रतिरोध गर्ने चेतना रहे तापनि प्रतिरोध क्षमता नभएको देखिन्छ भने पछिल्लो समयमा लेखिएका उपन्यासका पात्रहरूमा आफूमाथि भएका अन्याय र दुव्र्यवहारका विरुद्ध प्रतिरोध गर्ने चेतना र क्षमता समेत विकास हुँदै गएको देखिन्छ । यतिमात्र नभई पछिल्लो समयका उपन्यासहरूमा अपाङग पात्रहरूलाई कसैल दुव्र्यवहार गर्दा समाजका अन्य साङग व्यक्तिहरू समेत प्रतिरोधमा उत्रिएको देखिन्छ । यसका साथै अपाङगता भएका व्यक्तिहरूमध्ये अपाङग पुरुषको तुलनामा अपाङग महिलाहरूले परिवार र समाजबाट धेरै अपमान र यातना पाएको देखिन्छ र यसको पछाडि पितृसत्तात्मक समाज व्यवस्थाको पनि हात छ भन्ने विचारलाई स्थापित गर्न खोजिएको छ । प्रारम्भिक चरणमा लेखिएका नेपाली उपन्यासहरूका अपाङग पात्रहरूको आफू स्वयंप्रतिको दृष्टिकोण अत्यन्त नकारात्मक एवं हीनताग्रस्त देखिन्छ भने पछिल्लो समयका उपन्यासहरूका अपाङग पात्रहरूमा आफू स्वयंप्र्रतिको दृष्टिकोण सकारात्मक एवं आशावादी बन्दै गएको देखिन्छ । त्यसैगरी प्रारम्भिक चरणका उपन्यासहरूमा अपाङगताप्रति लेखकहरूको दृष्टिकोण दयाभावमा आधारित देखिन्छ । उनीहरूले अपाङग पात्रहरूका लागि प्रयोग गरेको भाषा अपमानजनक हुनु र त्यस्ता पात्रहरूको प्रयोग गर्नुको उद्देश्य पाठकहरूमा करुणा भाव जागृत गराउनु रहेको देखिनुले प्रारम्भिक चरणका उपन्यासकारहरूमा अपाङगताप्रतिको दृष्टिकोण नैतिक मोडलमा आधारित थियो भन्ने स्पष्ट हुन्छ । पछिल्लो समयमा लेखिएका उपन्यासहरूले अपाङगता भएका पात्रहरूलाई प्रयोग गरेको भाषा क्रमशः सम्मानजनक हुँदै जानु तथा अपाङगताको परम्परागत पहिचानलाई चुनौती दिँदै नयाँ पहिचान निर्माणका लागि अगसर भएको देखाउनुले पछिल्लो समयका उपन्यासकारहरू अपाङगताप्रति सकारात्मक दृष्टिकोण भएका देखिन्छन । समग्रमा अपाङगताप्रतिको सामाजिक दृष्टिकोणमा आएको सुधारसँगै लेखकहरूमा पनि अपाङगतालाई हेर्ने दृष्टिकोणमा व्यापक सुधार भएको र त्यसैको परिणामस्वरूप नेपाली उपन्यासहरूमा अपाङगताको पहिचान, प्रतिनिधित्व र प्रतिरोध चेतना समेत राम्रो हुँदै गएको देखिन्छ । यसर्थ प्रारम्भिक चरणका उपन्यासहरू अपाङगतालाई हेर्ने परम्परागत नैतिक मोडलबाट प्रभावित देखिए तापनि पछिल्लो चरणका नेपाली उपन्यासहरू अपाङगतालाई हेर्ने सामाजिक र सांस्कृतिक मोडलतर्फ सर्दै गएको पाइयो । तर आधुनिक नेपाली उपन्यासमा अपाङगताको चिकित्सा मोडलमा आधारित विचारको उपस्थिति अत्यन्त न्यून पाइयो । अतः आधुनिक नेपाली उपन्यासमा अपाङगताको पहिचान, प्रतिनिधित्व र प्रतिरोध, अपाङग पात्रको स्वयंप्रतिको दृष्टिकोण र अपाङगताप्रतिको लेखकीय विचारधारा स्थिर नभई समयसँगै परिवर्तन हुँदै गएको देखिन्छ । यो नै यस अध्ययनको प्राप्ति हो ।

Description

Citation

Collections