प्राथमिक तहमा उदारकक्षोन्नतिले सिकाइ उपलब्धिमा पारेको प्रभाव {Effects of Liberalization on Learning Achievement at the Primary Level}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Abstract
शिक्षण सिकाईमा शैक्षिक सामग्रीको प्रभावकारीता शोध शीर्षकको मुख्य उद्देश्य शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा पारेको प्रभावको अवस्था पत्ता लगाउन रहेको छ ।
यो अनुसन्धान गुणात्मक र परिमाणात्मक दुवै ढाँचामा आधारित छ । यस अध्ययनमा उदयपुर जिल्ला बाहुनिटार स्रोतकेन्द्र अन्तर्गत पर्ने १२ वटा सामुदायिक विद्यालयहरू जनसङख्याका रूपमा रहेका छन । त्यसमध्ये ३ वटा सामुदायिक विद्यालयहरूलाई नमूनाको रूपमा लिइएको छ । उक्त ३ वटा विद्यालयका ३ जना प्र.अ., ३ जना विद्यार्थी र ३ जना शिक्षक गरी जम्मा ९ जना नमूनाको रूपमा छनोट गरिएको छ ।नमूना छनोट गर्दा उद्देश्यमूलक नमना छनोट विधि पयोग गरिएको छ । नमूना छनोट गर्दा लिङ्ग, क्षेत्र, भौगोलिक अवस्था, जातजातिका आधारमा छनोट गरिएको छ भने अनुसन्धानका साधनमा अन्तरवार्ता सूची, प्रश्नावली र प्रत्यक्ष अवालेकन विधिको प्रयोग गरिएको छ ।
नमुनामा परेका विद्यालयमा गरिएको अध्ययनमा बढी विद्यालयमा शैक्षिक सामग्रीको प्रयोग गरेको पाइन्छ भने कम मात्रमा विद्यालयले सिकाइमा शैक्षिक सामग्री प्रयोग नगरेका पाइयो । त्यसै गरी दनिक शिक्षक क्रियाकलापमा विषयवस्तु र पाठको आवश्यकता अनुसारधेरै जसो विद्यालयले शैक्षिक सामग्रीको प्रयोग तथा प्रदर्शन गर्ने गरेको पाइयो । शैक्षिक सामग्री प्रयोग भएका विद्यालयमा शिकाइ प्रभावकारी भएको पाइयो । शिक्षण सिकाइ क्रियाकलापमा शैक्षिक सामग्रीको प्रयोग गर्न समयमा पाठयपुस्तक उपलब्ध नहनु, शिक्षक निर्देशिका नहुन, शिक्षक दरबन्दि कम हुनु, प्रर्याप्त शैक्षिकको व्यवस्था नहुनु भौतिक अवस्था कमजोर, शिक्षक र विद्यार्थी विद्यालयमा कम उपस्थिति हुनु, सम्बन्धित निकायबाट अनुगमन नहुनु, मुख्य समस्या रहेका छन । शैक्षिक सामग्रीको प्रयोगलाई प्रभावकारी बनाउन सबैक ासल्लाह अनुसार शैक्षिक सामग्री खरीद निर्माण गर्नु पर्ने शिक्षक र विद्यार्थी नियमित र अनुशासित रुपमा विद्यालयमा उपस्थिति हुनु पर्ने, शिक्षकलाई शैक्षिक सामग्रीको प्रयोगको प्रभावकारीताको सम्बन्धमा तालिम दिनु पर्ने विद्यालयको आर्थिक र भौतिक पक्षको मजबुत बनाउनु पर्ने, सम्बन्धित निकायबाट कडाईको साथ अनुगमन गर्नु पर्ने रहेका छन ।
यस शोधपत्रका मूख्य सिफारिस(सुझाव) हरूमा विद्यालयमा सम्बन्धित निकायबाट शैक्षिक सामग्रीको निर्माण र कार्यान्वयन सम्बन्धमा कडाइकासाथ निरीक्षण र अनुगमन हुनुपर्ने, प्र.अ. र शिक्षकलाई तालिमको व्यवस्था हुनु पर्ने, समयमा नै पाठयपुस्तक उपलब्ध हुनुपर्ने, विद्यालयमा प्रशस्त शिक्षक दरबन्दी हुनु पन, प्र.अ. र शिक्षकहरूलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नु पर्ने, विद्यालयमा पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था गर्नु पर्ने रहेका छन ।
