माध्यमिक तहका शिक्षकहरुले पाठ्यक्रमप्रति बनाएकाे छाप र शिक्षण सिकाई क्रियाकलाप ( Impressions made by secondary level teachers towards the curriculum and teaching learning activities)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षा योजना तथा व्यवस्थापन विभाग
Abstract
पाठ्यक्रम औपचारिक शिक्षाको मेरूदण्डको रूपमा रहेको हुन्छ । पाठ्यक्रमप्रतिको शिक्षकको
धारणा, विश्वास तथा छापले शिक्षण सिकाई क्रियाकलापमा प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभाव
परिरहेको हुन्छ किनकी मानिसको क्रियाकलापलाई उसको विश्वास, धारणा तथा मानसिक
उपजको प्रतिविम्वको रूपमा लिइन्छ । यस सन्र्दभमा माध्यमिक शिक्षकहरूले पाठ्यक्रमप्रति
बनाएका े छाप, त्यस छाप निर्माणका पछाडिका कारणको खा े जी गरि शिक्षण सिकाई
क्रियाकलापलाई प्रभावकारि बनाउन पाठ ् यक्रमका कस्ता छापहरूले सहयोग गर्दछ भन्ने
उजागर गर्ने प्रमुख उदेश्य राखे र यो अध्ययनलाई अगाडि बढाइएको छ । वृत्तात्मक ढाँचामा
रहेर अनुसन्धान गरिएकोले यस अध्ययन वस्तुगत भन्दा विषयगत ज्ञानको खोजि तर्फ केन्द्रित
रहेको छ । शिक्षकहरूको वृत्तात्मक अनुभव, गहन अन्र्तवार्ता र छलफललाई ज्ञान निर्माणको
स्रोतको रूपमा स्विकार गरिएको छ । यस क्रममा नवलपरासि जिल्ला, गैडाकोट नगरपालिकामा
अवस्थित जनता उच्च माध्यामिक विद्यालयलाई अध्ययन स्थलका रूपमा छनौट गरि त्यहा ँ
माध्यामिक तहमा अध्यापनरत शिक्षकहरू मध्ये सवैभन्दा बढि शैक्षणिक अनुभव भएका गणित,
विज्ञान तथा सामाजिक पढाउने तीन जना शिक्षकहरूलाई समावेश गरि अध्ययन गरिएको छ ।
शिक्षकहरूबाट प्राप्त जानकारि तथा सुचनाहरूको व्याख्या, विश्ले षण तथा अर्थ निर्माण
प्रक्रियामा haberams (1972) को मानव ज्ञान निर्माण प्रक्रियालाई सैद्दान्ति सन्र्दभका रूपमा
प्रयोग गरिएको छ ।
प्राप्त जानकारि तथा सुचानाहरूका े व्याख्या, विश्लेषणबाट शिक्षकहरूले पाठ्यक्रमप्रति विभिन्न
पाँच किसिमका छाप निर्माण गरेको भेटियो । त्यी पाँचबटा छापहरूमा, पाठ्यक्रम पाठ् पुस्तकका
रूपमा, पाठ्यक्रम विषयवस्तुको संकलनका रूपमा, पाठ् यक्रम लिखित दस्तावेजका रुपमा,
पाठ् यक्रम घरको नक्साको रूपमा र पाठ्यक्रम आयातित वस्तुका रूपमा रहेका छन ।
पाठ्यक्रमको छाप निर्माण सहयोग गर्ने शैक्षिक अवयवहरूमा शैक्षणिक विधि, पाठ्यक्रम निर्माण
प्रक्रिया र मूल्याङ्कन प्रक्रिया रहेका छन । समंग्रमा भन्नु पर्दा शिक्षकहरूको पाठ्यक्रमप्रतिको
छाप नकारात्मक रहेको पाइयो भने उक्त छाप निर्माणमा प्राविधिक/यान्त्रिक ज्ञान निर्माण
प्रक्रियाको भूमिका रहेको देखिया े । त्यसैगरी शिक्षकहरूले शिक्षण सिकाई क्रियाकलापमा
प्रभावकारि बनाउन निर्माण गरिनु पर्ने पाठ्यक्रमप्रतिको छापमा पाठ् यक्रम स्थानिय अनुभवका
रूपमा र पाठ् यक्रमक सामाजिक संवाहकका रूपमा रहनु पर्दछ भन्ने मान्यता रहेको पाइयो ।
यसरि यस अध्ययनले शिक्षकहरूमा रहेको पाठ्यक्रमप्रतिको छाप, यसका कारणहरू तथा
सकारात्मक छाप र शिक्षण सिकाई क्रियाकलापका बारेमा उल्लेख गरेकोले यसका
निष्र्कषहरूलाई आत्मसाथ गर्न सकेको खण्डमा शिक्षण सिकाई क्रियाकलापमा रहेको एकाङ्गि
दृष्टिकोणमा रूपान्तरण गर्न, पाठ ् यक्रमको केन्द्रिकृत निर्माण प्रक्रियालाई विकेन्द्रिकृत गरि
शिक्षक, अभिभावक, तथा विद्यार्थीहरूलाई सहभागि गराउन तथा विद्यामान मूल्याङ्कन पद्दतिमा
परिवर्तन गर्न सहयोग पुग्ने देखिन्छ । तसर्थ शिक्षामा समय सापेक्ष सुधार ल्याउनका लागि
सर्वप्रथम शिक्षकहरूमा रहेको सम्वन्धित विषयवस्तु प्रतिकोे विश्वास, धारणा, तथा छापमा
सकारात्मक परिवर्तन ल्याउन सक्नु पर्ने तर्फ यस अध्ययनले सङ्केत गरेको छ ।
