नेपाली बृहत शब्दकोश(२०४०)को कोशवैज्ञानिक अध्ययन {Nepali Comprehensive Dictionary (2040) Lexicological study}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
मानविकी तथा सामाजिक शास्त्र सङकायअन्तर्गत नेपाली
Abstract
पृष्ठभूमि÷परिचययस अध्ययनमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान(होल नेपाल प्रज्ञा प्रतिष्ठान) बाट
प्रकाशित नेपाली बृहत शब्दकोश(२०४०) को अधययन गरिएको छ । नेपाली एकभाषीशब्दकोश परम्परामा नेपाली बृहत शब्दकोश (२०४०) पूर्ववर्ती एकभाषी शब्दकोशहरुकातुलनामा प्रविष्टि सङख्या, ततसम्बन्धी सूचना र तिनको व्यवस्थापनका दृष्टिले बृहत,बहुसूचनात्मक, व्यवस्थिति र वैज्ञानिक देखिन्छ । लेख्य नेपाली भाषामा स्तरीयता रएकरुपता प्रदान गर्ने दृष्टिले यसका वर्णविन्याससम्बन्धी स्थापना महत्ववपूर्ण रहेका छन ।यसका ३५००० भन्दा बढी प्रतिहरु नेपालभर बिक्री वितरण भएका छन । यसरी विविधदृष्टिले यो शब्दकोश पूर्ववर्ती कोशहरुको तुलनामा
रहे पनि यो कोश प्रविष्टिचयन, सूचना प्रवाह, तिनको व्यवस्थापनमा कोशवैज्ञानिक दृष्टिले विसङगत रहेको छ । यसअध्ययनमा नेपाली बृहतशब्दकोश(२०४०) लाई नेपाली शब्दकोश परम्पराको सापेक्षमा रकत्र (१९६५ ई.), जुगुस्ता (१९७१ ई.) र सिंह (१९९० ई.) को एकभाषी कोशवैज्ञानिकसिद्धान्तका आधारमा अध्ययन गरिएको छ ।
अध्ययनका उद्देश्ययस अध्ययनका सामान्य उद्देश्य नेपाली एकभाषी शब्दकोश परम्पराको सापेक्षतामा
नेपाली बृहतशब्दकोश(२०४०) को अध्ययन गर्नु रहेको छ ।यसका विशिष्ट उद्देश्यहरु निम्नानुसार छनः(क) सामान्य एकभाषी शब्दकोशको रुपमा नेपाली बृहतशब्दकोश(२०४०) लाइ
कोशविज्ञानका आधारमा विश्लेषण गर्नु,(ख) यस कोशमा प्रविष्टीकृत कोशीय एकाइलाई पर्गेल्नु,(ग) प्रविष्ट कोशीय एकाइ र तत्सम्बन्धी सूचनाहरुको परीक्षण गर्नु,(घ) कोशीयएकाइको अर्थविधानका युक्तिहरुको समीक्षा गर्नु र(ङ) नेपाली शब्दभण्डारको प्रकृति र प्रवृत्तिको अध्ययन, कोशीय एकाइको सूचना
र तिनको व्यवस्थापनका दृष्टिले यस शब्दकोशका सबल तथा दुर्बल पक्षकासमीक्षा गर्नु यस अनुसन्धानका विशिष्ट उद्देश्य रहेका छन।
अध्ययनविधियो अध्ययन निम्न अध्ययनविधिमा आधारित छ ः
(क) सामग्री सङ्कलनका प्राथमिक स्रोतका रुपमा नेपाली बृहतशब्दकोश(२०४०)लाई लिइएको छ ।
(ख) कोशविज्ञान र शब्दकोश सम्पादनसँग सम्बन्धित पुस्तक तथा लेखहरुलाइगौण सामग्रीको रुपमा लिइएको छ ।
(ग) नेपाली शब्दकोश र तिनबारे प्रकाशित समीक्षा तथा टिप्पणीलाई पनि गौणसामग्रीको रुपमा लिइएको छ ।
(घ) नेपाली बृहतशब्दकोश(२०४०) को सम्पादनबारे जानकारी लिन सम्बन्धितव्यक्तित्वहरुसँग सम्पर्क गरिएको छ ।
(ङ) उल्लिखित सामग्री, सूचना र कोशविज्ञानका ग्रन्थहरुका आधारमा नेपालीबृहतशब्दकोश(२०४०) को कोशवैज्ञानिक विश्लेषण रअध्ययन गरिएको छ।
अध्ययनको सङगठनयस अध्ययनमा सात अध्याय रहेका छन । पहिलो अध्याय शोध परिचयको रुपमा
रहेको छ ।दोस्रो अध्यायमा पूर्वाध्ययनको समीक्षा गरिएको छ । पूर्वाध्ययन नेपाली शब्दकोशसँग
सम्बन्धित र नेपाली बृहतशब्दकोशसँग सम्बन्धित गरी दुई खण्डमा प्रस्तुत छ ।तस्रो अध्यायमा नेपाली एकभाषी शब्दकोश शब्दकोश परम्पराको सर्वेक्षण गरिएका
छ । यसमा टर्नरपूर्वको नेपाली शब्दकोश परम्परा र टर्नरको नेपाली भाषाको तुलनात्मकतथा व्युत्पत्तिपरक शब्दकोशको संक्षिप्त समीक्षासहित नेपाली बृहत शब्दकोश (२०४०)पूर्ववर्ती तथा उत्तरवर्ती शब्दकोशहरुका ऐतिहासिक सर्वेक्षण गरी अन्त्यमा सारांश दिइएकाछ ।
चौथो अध्याय नेपाली बहत शब्दकोश(२०४०) को निर्माणका पृष्ठभूमिसहित याशब्दकोश निर्माणको उपक्रम, शब्दकोश समितिको गठन, नीति, कार्ययोजना सम्पादनप्रक्रियालगायत समग्र अन्तर्कथाका प्रस्तुतिसहित शब्दकोशको निर्माण रसम्पादनमा संलग्नव्यक्तित्वहरुको दृष्टिकोणसहित अन्त्यमा सारांश दिइएको छ ।
पाँचौँ अध्यायमा नेपाली बृहत शब्दकोश (२०४०) को सम्पादनका वैशिष्टयकाअध्ययन गरिएको छ । यसमा प्रस्तुत शब्दकोशको शब्द सङ्कलनका क्षेत्र र विधि, प्रविष्टिकानिर्माण, उद्देश्य भागका सूचना र तिनको व्यवस्थापन, विधेय भागअन्तर्गत अर्थविधानकायुक्ति तथा तिनको वैशिष्टयको विश्लेषण कोशवैज्ञानिक आधारमा गरिएको छ । पूर्ववतीनेपाली एकभाषी शब्दकोशको तुलनामा नेपाली बृहत शब्दकोश (२०४०) ले नेपालीवर्णविन्यासबारे नवमान्यतालाई अगि बढाएकाले यसको समेत विवेचना गरी अन्त्यमासारांश प्रस्तुत गरिएको छ ।
छैटौं अध्यायमा नेपाली बृहतशब्दकोश(२०४०) का कमी कमजोरी केलाइएको छ ।कोशवैज्ञानिक दृष्टिले नेबृशमा प्रविष्ट शब्दहरु पर्गेलिएको छ । प्रविष्टि चयनका आधार रतिनका अपूर्णताको निरुपण गरिएको छ । उद्देश्य भागमा दिइएका सूचना र तिनकाव्यवस्थापनमा देखिएका असङगतिको विवेचना गरिएको छ । कोशीय एकाइको महŒवपूणसूचना मानिने अर्थविधान र त्यसको प्रस्तुतिमा देखिएको अव्यवस्थितता र अवैज्ञानिकताकासोदाहरण विवेचनाका साथै नेपाली बृहतशब्दकोश(२०४०) ले सम्पादकीयमार्फत स्थापितवर्णविन्याससम्बन्धी स्थापना र शब्दकोशभित्रका प्रयोगबीच तालमेल नभएका स्थितिकासोदाहरण विवेचना गरिएको छ ।
यस अध्यायको अन्त्यमा नेपाली बृहत शब्दकोश (२०४०) पछि प्रकाशित यसकादोस्रो, तेस्रो, चौथो र पाँचो संस्करणमा समेत देखा परेका असङगतिको सङक्षिप्त विवेचनागरिएको छ ।
अन्त्यमा सारांशको प्रस्तुति रहको छ ।सातौं अध्याय उपसंहारको रुपमा रहेको छ । यसमा अध्यायगत सार दिई यस
अध्ययनका उपलब्धि निम्नानुसार प्रस्तुत गरिएको छ ।(क) नेपाली एकभाषी शब्दकोश परम्पराको तेस्रो चरणको प्रतिनिधि शब्दकोशका
रुपमा देखा परेको नेपाली बृहत शब्दकोश(२०४०) देशको उच्च शैक्षिकसंस्था त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको समूहद्वारा निर्मित तथाराष्ट्रको सर्वोच्च बौद्धिक संस्था नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान(हाल नेपालप्रज्ञा प्रतिष्ठान) बाट प्रकाशित नेपाली भाषाको बृहत, बहुसूचनात्मक रआधिकारिक सामान्य एकभाषी शब्दकोश हो ।
(ख) यस कोशमा नेपाली शब्द भण्डारमा रहेका प्रचलित अधिकांश शब्द, वाक्यनिर्माणमा प्रयोग हुने संरचनात्मक शब्द, शब्द निर्माणमा प्रयोगमा आउनबहु व्युत्पादनशील सर्ग, शब्दांश तथा विभक्तिहरुलाई कोशीय एकाइलाइवर्णानुक्रममा र नीउन विधि९ल्भकतष्लन०को प्रयोग गरी प्रविष्टि र उपप्रविष्टिगरी दुई तहमा सूचीकृत तथा व्यवस्थित गरिएको छ ।
(ग) यस शब्दकोशले सम्पूर्ण कोशीय एकाइको उद्देश्य भागमा शब्दवर्गीय सूचनादिएको छ भने आवश्यकताअनुसार अन्य सूचनाहरु (स्रोत, व्युत्पत्ति,व्युत्पादन, लिङ्ग, वचन, कारक, लघु, हेय, बालबोली, भाषिका, कथ्य रुपआदि) दिएको छ ।(घ) नेबृशले परिभाषा, व्याख्या र पर्यायलाइ कोशीय एकाइको अर्थविधानकाप्रमुख युक्तिको रुपमा उपयोग गरेका छ भन विपर्याय, विवृत्ति, बीजकउदाहरण र प्रयोगको उपयोग पनि फाट्टफुट्ट गरेका छ ।
(ङ) प्रविष्टि र तिनको अर्थलेखनमा उपयोग गरेको वर्णविन्यासका आधारमा यसकोशले वर्णविन्यासको सूचना दिएका छ जसअनुसार तदभव र आगन्तुकशब्दको वर्णविन्यासमा यो ग्रन्थ पूर्ववर्ती अन्य कोशभन्दा अग्रगामी देखिएकाछ ।
(च) नेपाली बृहत शब्दकोश लक्षणानुसारी (कोशविज्ञान अनुसारको) कोश नभइलक्ष्यानुसारी (निर्मित काशको ढाँचामा बनेको) शब्दकोश भएकाले यसमाकोशवैज्ञानिक दृष्टिले कमी कमजोरीहरु रहेका छन ।
(छ) नेपाली बृहत शब्दकोश (२०४०) ले सम्पादकीयमार्फत कोश सम्पादनकानीति र मान्यता प्रस्तुत गरे पनि आफ्ना स्थापना र मान्यताको उचित ढङ्गलेअनुपालन गरेको छैन फलस्वरुप यसमा अप्रचलित तत्सम शब्द उल्लेख्यमात्रामा प्रविष्ट छनभने अप्रचलित आगन्तुक शब्द, विशिष्टार्थी प्राविधिकशब्द, नवनिर्मित शब्द, अति क्षेत्रीय तथा अति कथ्य शब्द पनि प्रविष्टीकृतछन । बहुप्रचलित कतिपय तत्सम, तदभव, आगन्तुक र प्राविधिक शब्दहरुछुटेका छन ।
(ज) नेपाली बृहतशब्दकोशले कोशीय एकाइलाई प्रविष्टि र उपप्रविष्टि गरी दुइतहमा गरेको छ तर तिनका (प्रविष्टि उपप्रविष्टिको) निर्धारण वैज्ञानिक ढङ्गलगरेको छैन फलस्वरुप अप्रचलित शब्दभित्र बहुप्रचलित शब्द; सर्ग, शब्दांशतथा रिक्त शब्दभित्र अर्थवानस्वतन्त्र शब्द उपप्रविष्टिका
(झ) यस शब्दकोशको उद्देश्य भागका सूचनामा स्थानगत विचलन र त्रुटिहरु छनभने आर्थी सूचना र उदाहरणको कमीले अर्थविधान प्रभावित छ फलतःयसमा कोशवैज्ञानिक कमी कमजोरीहरु रहेका छन।
(ञ) प्रविष्टि, तिनको व्यवस्थापन, उद्देश्य भागका सूचना र अर्थविधान सबै पक्षमाकोशवैज्ञानिक दृष्टिले यस कोशको संशोधन, परिमार्जन र अद्यावधिकीकरणआवश्यक छ ।
