राधा उपन्यासको लैङगिक अध्ययन {Radha Upanasko Laingik Adhyayan}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली सङकाय
Abstract
शोधपत्रको शीर्षकः साहित्यकार कृष्ण धराबासीका राधा उपन्यासको लैङगिक अध्ययनशोधपत्रको प्रयोजनः त्रिभवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङकाय
नेपाली विभाग, महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम स्नातकोत्तरतह, दोस्रो वर्षको नेपाली विषयको दशौँ पत्रको प्रयोजनका लागिप्रस्तुत
शोध निर्देशकः शिक्षण सहायक मुकन्दप्रसाद गुरागाइशोधार्थी : मञ्जु खत्रीशैक्षिक सत्रः २०६९÷०७१प्रस्तुत मितिः २०७५÷१०÷२०
साहित्यकार कृष्ण धराबासीका राधा उपन्यासको लैङगिक अध्ययन शीर्षककाशोधपत्रलाई निम्नलिखित पाँच परिच्छेदका मूलशीर्षकमा विभाजन गरी आवश्यकता अनुसारविभिन्न उपशीर्षकहरू समत राखी अध्ययन र विश्लषण गरिएको छ ।
पहिलो परिच्छेद : शोध परिचयदोस्रो परिच्छेद : कृष्ण धरावासीको परिचय र साहित्यिक यात्रातेस्रो परिच्छेद : उपन्यासको सैद्धान्तिक परिचय तथा लैङगिक सिद्धान्तचौथो परिच्छेद :लैङगिक आधारमा राधा उपन्यासको व्याख्या र विश्लषणपाँचौ परिच्छेद :उपसंहार तथा निष्कष
प्रस्तुत शोधपत्रको पहिला परिच्छेदमा शोधप्रस्ताव प्रस्तुत गरिएको छ । यसक्रममा शोधशीर्षक, शोधप्रयोजन, विषयपरिचय, उद्देश्य, समस्याकथन, शोधपत्रको औचित्य,महत्व र उपयोगिता, पर्वकार्यको समीक्षा, सामग्री संकलन, शोधविधि, शोधपत्रको रुपरेखा,परिशिष्ट, सन्दर्भसूची आदिको बारेमा चर्चा गरिएको छ ।
दोस्रो परिच्छेदमा साहित्यकार कृष्ण धराबासीको परिचय र साहित्यिक यात्राकासामान्य चर्चा गरिएको छ । जसमा धराबासीको सङक्षिप्त जीवनी, व्यक्तित्व र कृतित्वकाअध्ययन गरिएको छ ।
तेस्रो परिच्छेदमा उपन्यासको सैद्धान्तिक परिचय तथा लैङगिक सिद्धान्त, उपन्यासकापरिभाषा, उपन्यासको विधागत स्वरुप, उपन्यास रचनामा आधारभूत तत्वहरू, उपन्यासकाप्रकारगत वर्गीकरण, नेपाली उपन्यासको विकास प्रक्रिया, प्राथमिक काल(वि.सं. १८२७–१९५४) माध्यमिक काल(वि.सं.१९४६–१९९० सम्म) , आधुनिक नेपाली उपन्यासको विकासप्रक्रिया(वि.सं. १९९१ देखि हालसम्म) रहेको छ । आधुनिक काललाई पनि विभिन्न मोडमाविभाजन गरी अध्ययन गर्न सकिन्छ । जसमा आदर्शवादी धारा, स्वच्छन्दतावादी धारा,मनोविश्लषणवादी धारा, सामाजिक यथार्थवादी धारा, विसङगतिवादी–अस्तित्ववादी धारा,आलोचनात्मक यथार्थवादी र समाजवादी धारा, प्रयोगवादी धारा, लैङगिकताको सैद्धान्तिकप्रारूप, लैङिगकताको परिचय, लैङिगक अध्ययनको परिभाषा, लैगिकताको विकास, लङिगकअध्ययनको क्षेत्र, लैङगिक अध्ययनका आधारभूत मान्यताहरू, लैङगिक भूमिका, लैङगिकसमानता र लैङगिक समता, सशक्तीकरण, लैङगिकताको भाषा, नारीवाद, लैङगिकतासम्बन्धी भएका अध्ययनहरूआदिको चर्चा गरिएको छ ।
चौँथो परिच्छेदमा लैङगिक आधारमा राधा उपन्यासको व्याख्या र विश्लेषणगरिएको छ । यस परिच्छेदमा उपन्यासको आन्तरिक र बाह्य तत्वहरूलाई विशेष ध्यानमाराखी यिनीहरूको ‘राधा उपन्यासको आधारमा पात्रहरूको विश्लेषण गरिएको छ ।
अन्तिम तथा पाचौ परिच्छदमा अघिल्ला परिच्छेदहरूमा गरिएको अध्ययन रवर्णन गरिएको कुराहरुको सारांश प्रस्तुत गरिएको छ । साथै शोधपत्रको समष्टि निष्कषप्रस्तुत गरिएको छ ।
अन्त्यमा भावी शोधकर्ताहरूका लागि शोधशीर्षक प्रस्तुत गरिनुका साथै शोधपत्रतयार गर्दा प्रयोग गरिएका प्रमुख सन्दर्भ सामग्रीहरूको सूची र परिशिष्ट समावेश गरिएकाछ ।
