प्रवेशिका परीक्षामा विज्ञान विषयको सिकाइ उपलब्धिमा प्रभाव पार्ने कारक तत्वहरू {Factors Affecting Learning Achievement in Science Subjects in Entrance Examination}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
प्रवेशिका परीक्षामा विज्ञान विषयको सिकाइ उपलब्धिमा प्रभाव पार्ने कारक तत्वहरू विषयक प्रस्तुत शोध पत्रले प्रवेशिका परीक्षामा विज्ञान विषयको सिकाइ उपलब्धिको लेखाजोखा गर्ने र सो का कारक तत्वहरूको लेखाजोखा गर्ने उद्देश्य राखेको छ ।
प्रस्तुत शोध पत्र तयार गर्ने क्रममा छनौट गरिएका स्रोतकेन्द्र अन्तर्गतका प्रवेशिका परीक्षामा सामेल हुने चारवटा माध्यमिक विद्यालयका सोह्र जना विद्यार्थीहरू, चारजना विज्ञान शिक्षकहरू, चारजना प्रधानाध्यापकहरू, दुईजना स्रोत व्यक्तिहरू र चारजना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई प्रश्नावलीहरूको प्रयोगका साथै फोन सम्पर्क समेतबाट प्राप्त सूचनाका आधारमा तालिका प्रयोग गरी औसत प्रतिशत निकाली तथ्याङ्कको व्याख्या र विश्लेषण गरिएको छ । अनुसन्धान अगाडि बढाउन परिमाणात्मक ढाँचा प्रयोग गरिएको छ भने उद्देश्यमूलक नमुना छनौट विधि र सम्भावनायुक्त छनौट विधिद्वारा नमुना छनौट गरिएको छ ।
यस शोधकार्यबाट प्रवेशिका परीक्षामा विज्ञान विषयमा उतीर्ण प्रतिशत उच्च रहेता पनि सैद्धान्तिक परीक्षाको सिकाइ उपलब्धि भने न्युन रहेको तथ्य पत्ता लागेको छ । विद्यालयका विषय शिक्षकहरूले प्रदान गरेको प्रयोगात्मक परीक्षाको अधिक अंकले सिकाइ उपलब्धिमा वृद्धि गरेको देखिएता पनि वास्तविक उपलब्धि न्युन रहेको देखिएको छ । यसो हुनुका प्रमुख कारणहरूमा ग्रीड अनुसारको शिक्षण सिकाइ नहुनु, विषयवस्तु तहगत रूपमा कठिन हुनु तथा योजनावद्ध शिक्षण नहुनु आदि कारक तत्वहरूका रूपमा रहेका छन् ।
प्रवेशिका परीक्षामा विज्ञान विषयको सिकाइ उपलब्धि वृद्धि गर्न प्रत्येक परीक्षाफल प्रकाशन पश्चात नतिजा विश्लेषण गरी आगामी वर्ष सिकाइ उपलब्धि वृद्धि गर्ने योजना बनाउनु पर्ने, उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने, कम अंक ल्याउने विद्यार्थीहरूलाई छुट्टै कोचिङ कक्षाको व्यवस्था गर्नुपर्ने, विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउनु पर्ने, प्रयोगशालाको उचित व्यवस्था हुनुपर्ने, प्रश्नपत्रमा वस्तुगत प्रश्नहरू समावेश गर्नुपर्ने, साप्ताहिक पाठ्यभार बढाउनु पर्ने र कमजोर आर्थिक स्थिति भएका विद्यार्थीहरूका लागि विद्यार्थी सहयाता कोष खडा गर्नुपर्ने देखिन्छ ।
