बालबालिकाका शिक्षा प्रक्रियामा अभिभावकको भूमिका तनहुँ आँबुखैरेनी गाउँपालिकाको एक अध्ययन{The role of parents in the education process of children A study of Tanahu Aanbukhaireni village}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

समाजशास्त्र सङ्काय

Abstract

यस शोधपत्रमा बालबालिकाको शिक्षा प्रक्रियामा अभिभावकको भूमिका विषयमा अध्ययन गरिएको छ । यस अध्ययनमा किन सबै बालबालिकाहरुले अभिभावकको चाहना अनुसार शैक्षिक सफलता प्राप्त गर्न सक्दै नन् भन्ने विषयलाई मूल विषय बनाई अध्ययन अनुसन्धान गरिएको छ । यस अध्ययनले सम्पूर्ण जिल्लाको सामुदायिक विद्यालयका े प्रतिनिधित्व नगरेतापनि तनहूँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाको सत्रसयफा ँ ।टमा रहेका विद्यालयको प्रतिनिधित्व गरेको छ । यो शोधपत्रमा तनहूँ जिल्लाको श्री मित्रता माध्यमिक विद्यालयको सेरोफेरोमा केन्द्रित रहेर अध्ययन अनुसन्धान गरिएको छ । यसमा बालबालिकाहरुले शिक्षा हासिल गर्ने क्रममा के कस्ता उपलब्धी हासिल गरेका छन् । साथै उही शिक्षक, उही विद्यालय तथा समान उमेरका केटाकेटीहरुलाई एउटै विद्यालयका े वातावरणमा अध्यापन गराउँदा किन सबैले समान उपलव्धि हासिल गर्न सकिरहेका छैनन भनी अभिभावकको भूमिका तथा घरको वातावरणले के कस्तो असर पारिरहेको हुन्छ भनि अध्ययन अनु सन्धान गरिएको छ । प्रस्तुत शोध अध्ययनका क्रममा सामान्य उद्देश्यमा बालबालिकाको सिकाइमा अभिभावकको भूमिका के कस्तो छ पत्ता लगाउने र विशिष्ट उद्दे श्यमा बालबालिकाका े सिकाइमा परिवारको सामाजिक आर्थिक र शैक्षिक अवस्थाले पार्ने प्रभाव बार े अध्ययन तथा विश्ले षण गर्ने र बालबालिकाको सिकाई उपलब्धिपूर्ण बनाउन उनीहरुका अभिभावकले निर्वाह गरेको भूमिकाबारे अध्ययन गर्ने रहेको छ । प्रस्तुत शोध अध्ययनका क्रममा सामान्य उद्देश्य पूरा गर्नका लागि तनहुँ जिल्लाको आँबुबैरेनी गाँउपालिका वडा नं १ मा रहेको श्री मित्रता माध्यमिक विद्यालयमा अध्यनरत करिब ५७४ विद्यार्थीहरु मध्ये कक्षा १० मा भर्ना भएका १२० जना विद्यार्थीहरु मध्ये विद्यालयमा उपस्थित भएका १०० जना विद्यार्थीहरुलार्इ लिएर अध्ययन अनु सन्धान कार्य पुरा गरिएका े छ । प्रस्तुत अध्ययन प्राथमिक संकलन विधिमा आधारित रहेको छ साथै गौण रुपमा द्वितीय स्रोतको पनि प्रयोग गरि संख्यात्मक, गुणात्मक र विश्लेष्णात्मक अनुसन्धान ढाँचा प्रयोग गरि अध्ययन अनुसन्धान कार्य पुरा गरिएको छ । कृषि तथा पशुपालन व्यवसाय अपनाएका परिवरबाट आएका बालबालिकाहरुको भन्दा अन्य पेशा व्यवसाय अपनाएका परिवारबाट आएका अधिकांश बालबालिकाहरुका े पढाइको स्तर राम्रो भएको पाइयो । रोजगारिको लागि मात्र शिक्षा भन्ने बुझाइ भएका अभिभावकहरुका बालबालिकाहरुको भन्दा शिक्षाको बहुआयमिक महत्वका विषयमा जानकारी भएका अभिभावकहरुका बालबालिकाहरुको पढाई राम्रो भएको पाइयो । बालबालिकाहरुको उमेर अवस्था इच्छा आकांक्षा र मनोविज्ञान बुझेर सोहि अनु रुप व्यवहार गरि उनीहरुलाई मार्ग निर्देशन गर्न सक्ने सक्षम अभिभावकको बालबालिकाहरुले पढाइमा रामै प्रगति गरको पाइयो । बालबालिकाहरुको इच्छा र चाहना अनुसार उनीहरुले गरेका राम्रा कामहरुको प्रशंसा गर्ने उनीहरुको आवश्यकता समयमा नै पूरा गरिदिने र बालबालिकाहरुले पढाइमा प्रगति गरेको समयमा उचित पुरस्कारको व्यवस्था गर्दै उत्प्रेरणा दिने गरेका बालबालिकाले पढाइमा राम्रो गरेको देखिन्छ । परिवारको सामाजिक, आर्थिक र शैक्षिक अवस्था राम्रो भएको परिवारबाट पढ् न आएका बालबालिकाको पढाइ सामाजिक, आर्थिक र शैक्षिक अवस्था राम्रो नभएका बालबालिकाहरुको भन्दा राम्रो भएको पाइयो । घरमा पढ् नका लागि राम्रो वातावरण तयार गर्न सक्षम अभिभावकहरुका बालबालिकाले घरमा पढ् नका लागि उचित वातावरण तयार गर्न नसके का अभिभावकहरुका बालबालिकाले भन्दा पढाईमा राम्रो प्रगति गर्न सके का े पाइयो टाढा टाढाबाट हिडेर विद्यालय आउनुपर्ने बालबालिकाहरुले भन्दा विद्यालय नजिक घर हुने साथै विद्यालय यातायातको साधन प्रयोग गर्ने बालबालिकाको पढाइको स्तर राम्रो भएको पाइयो । बालबालिकाहरुको शैक्षिक उपलव्धिस्तर बढाउन अभिभावक तथा शिक्षक शिक्षिकाहरुले समयसमयमा उचित पुरस्कार तथा सकारात्मक प्रेरणा जगाउने क्रियाकलापहरु गरिनुपर्छ । शैक्षिक स्तर वृद्धि गर्न राज्य पक्ष, विद्यालय र अभिभावकहरु सबैले विद्यार्थीहरुलार्इ उचित पुरस्कार तथा सकारात्मक प्रेरणा जगाउने क्रियाकलापहरु गरिनुपर्दछ । बालबालिकाहरुको शैक्षिक उपलब्धीस्तर बढाउन शिक्षक अभिभावकहरुबीच छलफल तथा समयसमयमा भेटघाट क्रार्यक्रमहरुको व्यवस्था हुनुपर्दछ जसले गर्दा उचित समयमा नै बालबालिकाहरुलार्इ सहि मार्ग निर्देशन गर्न सकिन्छ ।

Description

Citation

Collections