विद्यालय व्यवस्थापन समितिमा महिला सदस्यको सहभागिता {Participation of Women Members in School Management Committee}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
प्रस्तुत शोधपत्र “विद्यालय व्यवस्थापन समितिमा महिला सदस्यको सहभागिता”
शीर्षकमा आधारित अध्ययन हो । यस शोध–पत्रको मल उद्देश्यका रूपमा विद्यालय
व्यवस्थापन समितिमा महिला सदस्यको सक्रिय सहभागिताको स्थिति विश्लेषण गर्नु हो ।
यो शोधपत्र सर्वेक्षणमा आधारित विश्लेषणात्मक विधिको प्रयोग गरी गुणात्मक र
परिमाणात्मक ढाँचामा तयार गरिएको हो । यो शोधकार्य पूरा गर्न विद्यालयका प्रधानाध्यापक,
वि.व्य.स.का अध्यक्ष र वि.व्य.स.मा प्रतिनिधित्व गर्ने महिलाहरूलाई उद्देश्यमूलक नमुना
छनोट विधिमार्फत छनौट गरिएको छ । यो अध्ययनमा प्रश्नावली, अन्र्तवार्ता प्रश्नावली
र सर्वे फारमलाई अनुसन्धान साधनको रूपमा प्रयोग गरिएको छ ।
यस अध्ययनअनुसार विद्यालय व्यवस्थापन समितिमा महिला सदस्यको भूमिका
निर्णय प्रक्रियामा निष्क्रिय रहेको , महिला सदस्यले महिला विशेषका एजेण्डा प्रस्तुत
गर्न नसकेको ,सूचना अभाव, तथा शैक्षिक योग्यता र रुची कमी भएको ,विद्यालयहरूमा
महिला प्रतिनिधित्वको अवस्था केवल नियमावलीले अनिवार्य गरी निर्धारण गरेको न्यूनतम
तहमा रहेको ,अध्यक्षमा महिला प्रत्यासी समेत नवनेको र प्रत्यासि हुन पाइने कुरा समेत
महिला सदस्यलाई जानकारी नभएको , अध्यक्षको स्थानमा कुनैपनि महिला
नरहेको , सदस्यको पदमा रहेका महिलालाई समेत वाध्यात्मक रूपमा राखिने गरेको
वा सहमतिको प्रक्रिया अरुहरूले मिलाइदिने गरेको, साथै महिला सदस्य आफ्नो प्रतिनिधित्व
प्रति नै स्पष्ट रुपमा जानकार नभएको पाइएको छ ।
अतः समग्रमा महिला विद्यालय व्यवस्थापन समितिमा अपेक्षाकृत सक्रिय हुन नसकि
रहेको, विद्यालयको व्यवस्थापन समिति गठनमा पुरुष प्रभाव देखिएको, राजनीतिक
प्रतिस्पर्धा वा सहमति पनि पुरुष सदस्यहरूवाट हुने अवस्था रहेको ,महिला सूचना र
चेतनाको अभाव एव महिला चेतना अभिवृद्धिका कार्यक्रमा महिला पछाडी परेको
निष्कर्ष निकाल्न सकिन्छ ।
वि.व्य.स.मा महिला प्रतिनिधित्वको सङख्या नियमावलीमा न्यूनतम एक निर्धारण
भएको र हाल विद्यालयहरूले महिलाको त्यो न्युनतम उपस्थिति मात्र देखिन गएकाले
यो सङख्यालाई सरकारले नियमावलीमा नै संशोधन गरी सुनिस्चित गर्नु पर्ने , वि.व्य.स.मा
प्रतिनिधित्व गर्ने महिलाकालागि पनि शैक्षिक योग्यता र न्यूनतम पनि सामाजिक काममा
अनुभव र रुचि भएका महिलाहरू उपस्थिति गर्नुपर्ने, वि.व्य.स.ले विद्यालयमा आन्तरिक रुपमा निर्माण गरिने समिति तथा उपसमितिमा महिलालाई मुलभूत
जिम्मेवारीमा समेत राख्नुपर्ने , विद्यालयमा विद्यार्थी भर्ना गर्दा महिलाको अभिभावकत्व
गराउनु पर्ने, हरेक सामाजिक काममा गाउ विकास समितिका कार्यक्रम तथा राजनीतिक
कार्यहरूमा महिलालाई प्रोत्साहन गर्दै लैजानुपर्ने , स्थानीय रुपमानै शैक्षिक जागरणका
माध्यमवाट पुरातन सोच हटाई महिलालाई सामाजिक र राजनितिक रुपमा नै घर वाहिरका
दायित्वहरूप्रति महिला र पुरुषको सचेतनाका कार्यहरूमार्फत सुधार गर्नु पर्ने, वि.व्य.स.मा
महिलाको स्वेच्छिक र स्वस्फूर्त उम्मेद्धारीको प्रवन्ध गर्नु पर्ने सुझावहरू प्रस्तुत गरिएको छ ।
