संखुवासभा जिल्ला आँखिभुई गा.वि.स. का याख्खा जातिका बालबालिकाहरुको शैक्षिक अवस्था {Sankhuwasabha Jilla Ankhibhui Ga.Bi.Sa. Ka Yakhkha Balbalikaharuko Shaikshyik Awastha}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा विभाग

Abstract

नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो । यहाँ विभिन्न जातजाति, भाषाभाषि, धर्म, संस्कृति बोकेका मानिसहरु बस्दछन् । यिनीहरु मध्येको एउटा याख्खा जाति आफ्नै छुट्टै मौलिकता र संस्कृति भएको जाति हो । अध्ययनकर्ताको याख्खा जातिको बारेमा यो अध्ययनमा केन्द्रित गरिएको थियो । यो अध्ययनको शीर्षक ‘संखुवासभा जिल्ला आँखिभुई गा.वि.स. का याख्खा जातिका बालबालिकाहरुको शैक्षिक अवस्था’ छनौट गरिएको थियो । यस अध्ययनमा याख्खा बालबालिकाहरुको शैक्षिक सहभागिताको स्थिति (भर्नादर, कक्षा छाड्ने र कक्षा दोहो¥याउने दर, विद्यालय उपस्थिति), शैक्षिक उपलब्धि स्तर तथा प्राथमिक विद्यालय सहभागितामा देखिएका पहिचान गर्ने उद्देश्यहरु समावेश गरिएका थिए । अध्ययनका उद्देश्यहरुसंग सम्बन्धित सूचनाहरु संकलन गर्न अन्तर्वार्ता निर्देशिका, विद्यार्थी विवरण फारम तथा घरधुरी सर्वेक्षण फारम जस्ता सूचना संकलनका साधनहरुको निर्माण गरि प्रयोग गरिएको थियो । सूचनादाताहरुको रुपमा अध्ययन क्षेत्रमा २० जना शिक्षक, ४० जना अभिभावकहरु र ४० जना विद्यार्थीहरुलाई छनौट गरिएको थियो । अध्ययन क्षेत्रको रुपमा संखुवासभा जिल्लाको आँखिभुई गा.वि.स. का ४ वटा विद्यालयहरुलाई छनौट गरिएको थियो । अध्ययन क्षेत्रका याख्खा बालबालिकाहरुको औसत भर्नादर ५७ प्रतिशत देखियो । त्यसैगरी याख्खा बालबालिकाहरुको कक्षा छाड्नेदर ४.५३ प्रतिशत र कक्षा दोहो¥याउने दर १५.७३ प्रतिशत देखियो । याख्खा बालबालिकाहरुले कक्षा छाड्ने र दोहो¥याउने कारणहरु बालबालिकाहरु विद्यालयमा बारम्बार अनुत्तिर्ण हुनु, घरको पढ्ने वातावरण उपयुक्त नहुनु, घरको काममा बढी समय दिनु पर्ने, विद्यालयमा नियमित रुपमा पढाइ नहुनु, घरको आर्थिक अवस्था कमजोर हुनु आदि पाइयो । याख्खा बालबालिकाहरुको वार्षिक उपस्थिति दर केटाहरुको ६५.०३ देखि ६९.१४ सम्म देखियो भने केटीहरुको ६४.१३ देखि ६९.०९ प्रतिशत सम्म देखियो । याख्खा छात्र वा छात्राहरुको वार्षिक उपस्थिति दरमा धेरै अन्तर देखिएन । याख्खा बालबालिकाहरु नियमित रुपमा उपस्थित नहुने कारणहरु सानो उमेर, विद्यालय टाढा, घरको कामको व्यस्तता, आर्थिक अभाव, विद्यालयमा पढ्ने वातावरण राम्रो नहुनु आदि देखियो । अध्ययन क्षेत्रका याख्खा बालबालिकाहरुको शैक्षिक उपलब्धि अध्ययन गर्दा ६६.६० प्रतिशत उत्तिर्णदर र ३२.८७ प्रतिशत अनुत्तिर्णदर देखियो भने गैर याख्खाहरुको उत्तिर्णदर ७०.३६ र अनुत्तिर्णदर २६.६९ प्रतिशत देखियो । प्राथमिक विद्यालयमा याख्खा बालबालिकाहरुको शैक्षिक निरन्तरता न्यून रहेको पाइयो । याख्खा बालबालिकाहरुको शैक्षिक सहभागितामा देखिएका समस्याहरु भित्र भाषिक कठिनाइ, पढाइ कमजोर, बालबालिकाहरुको पढाइप्रति अभिभावकहरुले चासो नदिनु, गृहकार्य नियमित नगर्नु, घर परिवारमा निर्देशन गर्ने अभिभावकहरुको अभाव, घर परिवारमा पढ्ने वातावरण नहुनु जस्ता पक्षहरु देखियो । विद्यालयमा याख्खा बालबालिकाहरुको भर्नादर बढाउन, कक्षा छाड्ने र दोहो¥याउने दर घटाउन, शैक्षिक उपलब्धिस्तर राम्रो बनाउन तथा शैक्षिक सहभागितामा देखिएका समस्याहरु कम गर्न बालबालिकाहरुका लागि विशेष शिक्षाको व्यवस्था गर्ने, मातृभाषामा प्राथमिक शिक्षा दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने, विद्यालयमा छात्रवृत्ति, पोशाक, प्रशंसा र हौसला बढाउने कार्यक्रम संचालन गरिनु पर्ने आवश्यकता देखियो ।

Description

Citation