‘सारस र सञ्जीवनी’ उपन्यासको शैलीवैज्ञानिक {'Saras ra Sanjibni' Upanasko Shailibaigyanik}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली शिक्षा संकाय
Abstract
सारस र सञ्जीवनी उपन्यासकार भक्ति शिवाकोटीद्वारा लेखिएको प्रयो गवादी उपन्यास हा े ।
प्राचीन इतिहास, दर्शन, विज्ञान, आख्यान, साहित्य तथा नेपाली लोक आख्यान मिसाएर यो
कृति तयार गरिएको छ । यसमा स्वैरकल्पनामा उडेर ग्रीकको परिवेशलाई टिपेर आफ्नो
कलाद्वारा पाठकलाई रोमाञ्चित बनाउने काम स्रष्टाले गरेका छन् ।
सारस र सञ्जीवनी उपन्यासको श ै लीवैज्ञानिक अध्ययन गर्ने क्रम उक्त उपन्यासमा कथानक
र पात्रका आधारमा शैलीवैज्ञानिक अध्ययन र शैलीविज्ञानका प्रमुख मान्यताहरू चयन,
विचलन र समानान्तरताका आधारमा शैलीवैज्ञानिक अध्ययन गरी विश्लेषण गरिएको छ ।
प्रस्तुत शोधपत्र सारस र सञ्जीवनी उपन्यासको श ै लीवैज्ञानिक अध्ययन गर्ने क्रममा पहिलो
अध्यायमा शोधको परिचय अन्तर्गत विषयप्रवेश, समस्याकथन, शोधकार्य को उद्देश्य,
अध्ययनको औचित्य र महत्त्व, अध्ययनको सीमाङ्कन र अध्ययनको रूपरेखा प्रस्तुत
गरिएको छ । दोस्रो अध्यायमा पूर्वकार्यको समीक्षा र सैद्धान्तिक रूपरेखालाई प्रस्तुत गरिएको
छ । उक्त कार्यले शोधकार्य गर्न सहज र सजिलो बनाएको छ । अध्यायको तेस्रो अध्यायमा
शोधकार्य अनुसन्धान विधिलाई प्रस्तुत गरिएको छ । यो शोध तयार गर्दा पुस्तकालयीय,
विधिको प्रयोग गरिएको छ भने अनुसन्धानको प्राथमिक स्रोतको रूपमा ‘सारस र सञ्जीवनी’
उपन्यासलाई लिएको छ भने अन्य प्रकाशित अप्रकाशित शोधपत्रहरूलाई द्वितीय स्रोतका
रूपमा उपयोगमा ल्याइएको छ । शोधको चौंथो अध्यायमा कथानक र पात्रका आधारमा
‘सारस र सञ्जीवनी’ उपन्यासको श ै लीवैज्ञानिक अध्ययन विश्ले षण गरिएको छ । जसमा
कथानक तथ्याङ्कलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।
उक्त उपन्यासको कथानकमा भएका पात्रहरूलाई शैलीवैज्ञानिक तालिकामा देखाइ
तिनीहरूका े विश्ले षण गरिएको छ । प्रस्तुत शोध पत्रको पाँचौं अध्यायमा ‘सारस र
सञ्जीवनी’ उपन्यासका े चयन, विचलन र समानान्तरताका आधारमा शैलीवैज्ञानिक अध्ययन
विश्ले षण गरिएको छ । चयनका आधारमा, तत्सम, तद्भव, आगन्तुक तीनै स्रा े तबाट आएका
शब्दहरूको चयन गरिएका े छ । त्यस्तै नाम, सर्व नाम, विशेषण, क्रियापद, क्रियाविशेषण,
नामयोगी, संयोजक र निपातका आधारमा शब्द चयन गरिएको छ ।
उक्त कार्यले कथाहरूलाई रोमाञ्चक, सरल, सहज र बोधगम्य बनाएको छ । यी कथाहरूमा
विन्दु चिह्न, प्रश्नसूचक चिह्न, विस्मयादिबोधक, अनुस्वार, शीरबिन्दु आदिको समुचित
प्रयोग गरिएको छ । विचलन अन्तर्गत ध्वनिप्रक्रियात्मक अर्थतात्विक विचलनको अध्ययन
विश्ले षण गरिएको छ भने समानान्तरता अन्तर्गत बाह्य र आन्तरिक समानान्तरताको पनि
अध्ययन र विश्ले षण गरिएको छ ।
