पोखराका पराजुलीहरूको सांस्कृतिक,सामाजीक तथा पेशागत परिवर्तन{Cultural, social and professional change of Pokhara parajuli}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
मानवशास्त्र संकाय
Abstract
पोखराका पराजुलीहरूको साँस्कृतिक, सामाजीकतथा पेशागत परिवर्तन सम्बन्धीशिर्षक रहको यस अध्ययनको मुख्य उददेश्य पोखराका पराजुली समुदायको साँस्कृतिकपरिवर्तनका मुख्य सूचकहरूको विश्लेषण गर्नु, पराजुली समुदायले अंगिकार गरेका संस्कृतिसंस्कारहरूको विश्लेषण गर्नु र उनिहरूको पेशागत आएको परिवर्तनको खोजी गर्नु हो । यसअनुसन्धानका निमित्त विभिन्न अध्ययन विधिहरूको माध्यमबाट वि.सं. २०७३ जेष्ठमहिनादेखि श्रावण महिनासम्म आवश्यक तथ्याङ्कहरूसकलन गरिएको थियो । पोखराउपमहानगरपालिकालाई अध्ययन क्षेत्रका रुपमा लिइएको थियो । अनुसन्धान योजनाअन्तर्गत विवरणात्मकढाँचा प्रयोग गरिएको थियो । कुल ११७ घरधुरी सख्यामा सबै घरधुरीअध्ययनका लािग जनगणना विधि अनुसार अध्ययन गरिएको थियो । गुणात्मक तथासंख्यात्मक दवै स्रोतबाट सङकलन गरिएको छ । अनुसन्धानको निमित्त अन्र्तवार्ता अनुसूची,अवलोकन मुख्य सूचनादातासँग अन्तवार्ता जस्ता विधि प्रयोग गरिएको थियो । संङकलनगरिएका तथ्याङ्कहरको गुण, विशेषता र प्रकृतिको आधारमा वर्गिकरण र तालिकीकरण गरीविश्लषण गरिएको छ । यस शोधपत्रमा पराजुली समुदायका सामाजीकसंस्कार रितिरिवाज,चाडपर्व, भेषभुषा, पेशा आदिमा परिवर्तन हुँद गइरहेको पाइन्छ । जन्म, सस्कार, मृत्यु,विवहा आदि जस्ता संस्कारहरूमा परिवर्तन हुँदै गइरहेको पाइन्छ । त्यस्तै आफनो पुख्र्यौलीपेशामा पनि परिवर्तन गरी आफनो नयाँ पेशा अपनाउन थालेका छन । आधुनिकीकरणपश्चिमीकरणको छाप बढि परेको देखिन्छ ।
पराजुली समुदायको साँस्कृतिक, सामाजीकर पेशागत परिवर्तनका प्रभाव पानतत्वहरू पश्चिमीकरण, आधुनिकीकरण, औधोगिकीकरण, सञ्चार÷प्रविधी, शिक्षा आर्थिकपक्षहरूरहेका छन ।
वाह्य संस्कृतिको प्रभाव, शिक्षा, आधुनिकिकरणका कारण उनिहरूले पुरानासंस्कारहरूलाई परिवर्तित गर्दै लगेको पुख्र्यौली पेशामा शत प्रतिशत रुपमा परिवर्तन गदलगेको देखियो जसको कारण उनिहरूको साँस्कतिक तथा पेशागत परिवर्तन भएको छ ।
