शिक्षणमा शिक्षक तालिमको प्रयोग {Use of Teacher Training in Teaching}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
“शिक्षणमा तालिमको प्रयोग” शीर्षकमा गरिएको यस अध्ययनको मुख्य उद्देश्य शिक्षणमा शिक्षक तालिमको प्रयोगको लेखाजोखा गर्नु रहेको छ ।
यस अध्ययनलाई सम्पन्न गर्ने क्रममा आवश्यक पर्ने जनसंख्या छनौट गर्दा सम्भाव्य नमूना छनौट विधिको प्रयोग गरिएको छ भने अध्ययनलाई निष्कर्षमा पु¥याउन गुणात्मक एवम् परिमाणात्मक ढाँचामा आधारित रहेर अनुसन्धानलाई सञ्चालन गरिएको छ । अध्ययनका लागि इलाम जिल्ला अन्तरगत माबु स्रोतकेन्द्रभित्रका सामुदायिक विद्यालयहरु, उक्त विद्यालयहरुमा अध्यापनरत शिक्षकहरु तथा अध्ययनरत विद्यार्थीहरुलाई जनसंख्याको रुपमा लिइएको छ भने इलाम जिल्ला स्थित माबु स्रोतकेन्द्रभित्रका ८ वटा सामुदायिक प्राथमिक विद्यालयहरु तथा ती विद्यालयहरुमा अध्यापनरत १६ जना शिक्षकहरु साथै उक्त विद्यालयहरुको कक्षा ५ मा अध्ययनरत ५÷५ जना विद्यार्थीहरुलाई नमूना जनसंख्याको रुपमा छनौट गरिएको छ । शिक्षकहरुका लागि प्रश्नावली, कक्षा अवलोकन फाराम, कक्षा अवलोकन रुजुसूची र लक्षित समूह निर्देशिकालाई आवश्यक तथ्याङ्क तथा सूचना संकलनको साधनको रुपमा प्रयोग गरिएको छ ।
अध्ययनको क्रममाा कक्षा व्यवस्थापन सम्बन्धी सीपको प्रयोगको अवस्था कमजोर रहेको पाइयो । शिक्षकको विषयवस्तुको प्रस्तुती र विद्यार्थी मूल्याङ्कन सम्बन्धी सीपको प्रयोगको अवस्था सन्तोषजनक रहेको पाइयो । शिक्षण विधिको प्रयोग, सारांश र निष्कर्ष सीपको प्रयोग ७५% शिक्षकहरुबाट भएको पाइयो भने शैक्षणिक सामग्रीको छनौट तथा प्रयोग सम्बन्धी सीपमको प्रयोग सन्तोषजनक अवस्थामा भएको र शिक्षण क्रियाकलाप सीपमको प्रयोग राम्रो रहेको पाइयो । शिक्षकले तालिममा प्राप्त गरेका सबै सीपहरुलाई शिक्षणमा प्रयोग नगर्नुमा अनुपयुक्त कक्षाकोठा, सामग्रीको अभाव, कमजोर भौतिक तथा आर्थिक अवस्था, तालिम अनुगमनको अभाव तथा शिक्षकहरुमा जिम्मेवारी बोधको अभाव, सेवाकालिन तथा अल्पकालिन तालिमको अभाव समस्याको रुपमा रहेको पाइयो ।
शिक्षणमा शिक्षक तालिमको प्रयोगमा देखापरेका समस्याहरु समाधानका लागि विद्यालय व्यवस्थापन समितिले स्रोतहरुको पहिचान गरी विद्यालयको आर्थिक तथा भौतिक अवस्थामा सुधार गर्नुपर्ने, शिक्षकहरुलाई शिक्षणका लागि आवश्यक पर्ने सामग्रीहरु प्रधानाध्यापकले उपलब्ध गराउनुपर्ने, शैक्षिक जनशक्ति विकाश केन्द्र र यस अन्तरगतका निकायहरुबाट तालिम अप्राप्त शिक्षकहरुका लागि सेवाकालिन तालिम तथा तालिम प्राप्त शिक्षकहरुका लागि अल्पकालिन तथा पुनर्ताजगी तालिम सञ्चालन गरी समय समयमा तालिम अनुगमन गरी अनुगमनका आधारमा शिक्षकहरुलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने, शिक्षक तालिमको महत्व प्रष्ट पार्नका लागि वि.व्य.स., शि.अ.संघ, विद्यार्थी तथा अभिभावकहरुका लागि शैक्षिक जनशक्ति विकाश केन्द्र, तालिम केन्द्र, जिल्ला शिक्षा कार्यालय तथा स्रोतकेन्द्रवाट तालिम सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको पाइयो ।
