शैक्षिक गुणस्तरका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग {Use of Information and Communication Technology for Educational Quality}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय

Abstract

प्रस्तुत शोधपत्र शैक्षिक गुणस्तरका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोग शीर्षकमा तयार पारिएको हो । यसको मुख्य उद्देश्य शैक्षिक गुणस्तरका लागि सूचना तथा सञ्चार प्रविधिको प्रयोगको वर्तमान अवस्था पहिचान गर्नु रहेको छ । यो अध्ययन गुणात्मक र परिमाणात्मक अनुसन्धान ढाँचामा सम्पन्न गरिएको छ । अध्ययनको क्रममा झापा जिल्लाका ३ वटा स्रोतकेन्द्र भित्रका जम्मा ६ वटा विद्यालयहरूलाई उद्देश्यमूलक नमूना छनोट विधिका आधारमा छनोट गरिएको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, स्रोत व्यक्तिहरूलाई नमूनाका रूपमा लिएर प्राथमिक तथ्याङ्क संकलन गरिएको छ भने विभिन्न अध्ययन, अनुसन्धानका प्रतिवेदन, सरकारी तथा गैरसरकारी संस्थाबाट तयार पारिएका दस्तावेज, लेख, रचना आदिलाई आधार मानी द्वितीय स्रोतबाट तथ्याङ्क सङ्कलन गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि प्रश्नावली, अन्तर्वार्ता, सर्वेक्षण फारमलाई साधनको रूपमा प्रयोग गरिएको छ । प्राप्त सूचनालाई व्याख्या र विश्लेषण गरी प्रस्तुत गर्नुका साथै थोरै सचनाहरूलाई तालिकीकरण गरी विश्लेषण गरिएको छ । यो शोधपत्र टेलरले प्रतिपादन गरेको वैज्ञानिक व्यवस्थापनको सिद्धान्तलाई सैद्धान्तिक खाकाको रूपमा लिएर विद्यालयको सूचना तथा सञ्चार प्रविधिको प्रयोगको पक्षलाई विश्लेषण गरिएको छ । विद्यालयमा भौतिक पूर्वाधारको अभाव, तालिम प्राप्त शिक्षकको अभाव, आर्थिक अभाव, प्रविधिको विषयलाई अनिवार्य विषयका रूपमा नराख्नु, विद्युत इन्टरनेट सेवा महगो हुनु, लोडसेडिङ्ग जस्ता समस्या देखिएको पाइयो । तालिम प्राप्त शिक्षक दरबन्दीको व्यवस्था गर्नु पर्ने, भौतिक पूर्वाधारको व्यवस्था गर्नु पर्ने, कम्प्युटर शिक्षालाई कक्षा १ देखि नै अनिवार्य गर्नु पर्ने, वैकल्पिक विद्युतीय उर्जाको व्यवस्था गर्नु पर्ने, विभिन्न सघ संस्था तथा दातृ निकायहरूलाई आर्थिक सहयोगका लागि अनुरोध गर्नु पर्ने तथा अभिभावक बुद्धिजीवी, स्थानीय व्यवसायी तथा सामाजिक कार्यकर्ताहरूसँग छलफल गरी आवश्यक समाधानका उपायहरू खोज्न सकिने सझावहरू यस अध्ययनमा राखिएका छन् ।

Description

Citation