कक्षा नौको वर्तमान नेपाली भाषा पाठयपुस्तकमा प्रयुक्त नमुना अभ्यास(Kaksha Nauko Vartaman Nepali Bhasha Pathyapustakma prayukt namuna abhyas)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा सङ्काय
Abstract
कक्षा नौको वर्तमान नेपाली भाषा पाठ्यपुस्तकमा रहेका नमुना अभ्यासको अध्ययन शीर्षकको
प्रस्तुत शोधपत्र स्नातकोत्तर उपाधिको प्रयोजनार्थ तयार पारिएको हो । यस शोधका समस्याहरूमा
भाषा पाठ्यक्रमले तोकेका उद्देश्य र विधाको प्रकृति अनुरूप नमुना अभ्यास छन् कि छैनन् भन्ने
कुराको खोजी गर्दै सबल र दुर्बल पक्षहरू के कस्ता रहेका छन् भनी खोजी गर्ने प्रयास गरिएको
छ । यस शोधकार्यको उद्देश्य भाषा पाठ्यक्रम अनु रूपताका आधारमा पाठ्यपुस्तकका े विश्लेषण
गर्नु, नमुना अभ्यासका विधाका प्रकृतिका आधारमा वर्गीकरण गरी विश्लेषण गर्नु र नमुना
अभ्यासको सवल र दुर्बल पक्ष केलाई उपयुक्त सुझावहरू प्रस्तुत गर्नु रहेको छ ।
यो शोधपत्रमा प्राथमिक र द्वितीय सामग्रीको छनोट गरिएको छ । प्राथमिक सामग्री अन्तर्गत कक्षा
नौको वर्तमान पाठ्यपुस्तक रहेको छ भने द्वितीय सामग्री अन्तर्गत प्रस्तावित शोधपत्रसँग
सम्बन्धित विभिन्न शोधपत्रहरू, प्रकाशित खोजमूलक लेखहरू, प्रतिवेदनहरू र भाषा शिक्षण
सम्बन्धी पुस्तकहरूको उपया े ग गरिएको छ । त्यसैगरी अन्तिममा अध्ययनका लागि सामग्री
सङ्कलन गरिसकेपछि पुस्तकालयीय, वर्णनात्मक विधिलाई उपयोग गरी आवश्यकता अनुसार
तालिकीकरण गरिएको छ । कक्षा नौको वर्तमान ने पाली भाषा पाठ्यपुस्तकमा रहेका नमुना
अभ्यासको अध्ययनका सीमाहरूमा कक्षा नौ को वर्तमान नेपाली भाषा पाठ्यपुस्तक (२०७३),
पाठ्यपु स्तकको नमुना अभ्याससँग मात्र केन्द्रित र नमुना अभ्यासको शब्द भण्डार, व्याकरण, विधा
व्यवस्थापन तथा भाषिक विषयवस्तुको विश्लेषणमा आधारित रहेको छ ।
कक्षा ना ै को वर्तमान नेपाली पाठ्यपु स्तकले विद्यार्थी रुची, क्षमता र स्तर अन ु रूप नमुना अभ्यास
राख्ने प्रयास गरिएको पाइन्छ तापनि भाषिक सिपहरूको विकासमा समानुपातिक वितरण पाइँदैन ।
यसैगरी सिर्जनात्मक प्रकृतिका प्रश्नहरू कम रहेका देखिन्छन् । शब्दभण्डारका सन्दर्भमा
श्रुतिसभिन्नार्थक शब्द, पर्यायवाची शब्द, अनेकार्थी शब्दहरूको प्रयोग न्यून रहेको देखिन्छ ।
वस्तुगत प्रश्नहरूमा बहु बैकल्पिक प्रश्नहरू राखिएका छैनन् । खाली ठाउँ भर्ने , जोडा मिलाउने
प्रश्नहरू न्यून रहेको देखिन्छ । व्याकरण सिकाइमा आगनात्मक पद्धति अँगालिए पनि यसलाई अझ
बढाएर लैजानु पर्ने देखिन्छ ।
