विज्ञान प्रयोगशालाको व्यवस्थापन {Management of Science Laboratory}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
विज्ञान प्रयोगशालाको व्यवस्थापन शीर्षक राखेर यो अध्ययन गरिएको हो । यस शोध
अध्ययनको मुख्य उद्देश्यहरु विज्ञान विषयको प्रयोगशालाको अवस्था पहिचान गर्नु,
प्रयोगशाला व्यवस्थापनको लागि स्थानिय स्रोत साधनहरुको उपलब्धता र उपयोगका े
अवस्था पत्ता लगाउनु, विज्ञान प्रयोगशाला व्यवस्थापनमा देखिएका कठिनाईहरु प्रस्तुत गर्न े
र प्रयोगशाला व्यवस्थापन विना विज्ञान विषयको प्रयोगात्मक शिक्षण गर्दा हुने कठिनाई र
त्यसको असर प्रस्तुत गर्नु रहेको थियो ।
यस शोध अध्ययनमा उद्देश्य मूलक नमुना छनौट विधिको प्रयोग गरी सुनसरी जिल्लाका
८ वटा सामुदायिक विद्यालयहरुलाई क्षेत्रको रुपमा छनौट गरिएको छ । ती विद्यालयका
प्र.अ., विज्ञान शिक्षक र २०७० सालको कक्षा ९ र १० को प्रथम विद्यार्थीहरुलाई
जनसंख्याको आधार मानी अध्ययन प्रश्नावलीमा समावेश गरिएको थियो । यस शोध
अध्ययनका लागि स्वयम अध्ययन क्षेत्र गई अन्तरवार्ता र विज्ञान प्रयोगशालाको अवलोकन
गरी तथ्याङ् क संकलन गरिएको थियो । अध्ययनवाट प्राप्त तथ्याङ् कलाई साधारण
प्रतिशतको प्रयोग गरी तालिकीकरण गरिएको छ ।
यस अध्ययनको विश्लेशण गरी देखाए अनुसार सुनसरी जिल्लाको सामुदायिक विद्यालयमा
विज्ञान प्रयोगशालाको अवस्था ठिक नभएको, कहिलेकाहिँ प्रयोगात्मक शिक्षण गर्ने गरेको र
सामग्रीहरुको भण्डारण ठिक अवस्थामा नराखिएको विज्ञान प्रयोगशाला व्यवस्थापन विना
शिक्षण सिकाई प्रभावकारी नभएको जस्ता कुराहरु पाईयो । जसको कारण खोज्दा आर्थिक
अवस्था त्यती बलियो नभएकोले प्रयोगशाला भवन व्यवस्थित गराउन नसकेको, विज्ञान
शिक्षकको कक्षाभार बढि भएकाले विज्ञान प्रयोगशालाको व्यव्स्थापन गर्न नसकेको,
प्रयोगात्मक शिक्षणको छुट्टै घण्टी नभएको साथै विद्यार्थी संख्या बढि भएका कारण
प्रयोगात्मक शिक्षण गर्न कठिनाई भएको समस्याहरु देखियो ।
यस शोध अध्ययनवाट देखा परेका सस्याहरुको समाधानका लागि सर्व प्रथम
विद्यालयहरुमा आर्थिक स्रोतहरु जुटाई विद्यालयमा व्यवस्थित प्रयोगशाला भवनको व्यवस्था
गरी आवश्यक फर्निचर र शैक्षिक सामग्रीको व्यवस्थापन गर्न आवश्यक देखिन्छ ।
विद्यालयको दैनिक कार्य तालिकामा छुट्टै विज्ञान प्रयोगात्मक घण्टीको व्यवस्था मिलाउनुको
साथै विज्ञान शिक्षकलाई कक्षाभार कम गर्नु पर्छ । विज्ञान शिक्षक र विद्यार्थीहरु मिली
स्थानिय सामग्रीहरुको संकलन, निर्माण तथा प्रयो गमा बढि जोड दिनुपर्छ । नेपाल सरकार
र विद्यालय प्रशासनले विज्ञान शिक्षकलाई प्रोत्साहित गर्ने कार्य गर्नु पर्छ जस्ता नीतिगत,
अभ्यास र अनुसन्धान तहका सुझावहरु दिईएको छ ।
