आश्रममा आश्रित बृद्धवृद्धाहरुकाे जीवनशैली (श्री राधा दामाेदराय आराेग्य वृद्धाश्रम स्याङजा ६, काे एक समाजशास्त्रीय अध्ययन) {Aashramma aashrit briddhabriddhaharuko jeevanshaili (Shree Radha Damodar Aarogya briddhashram Syangja 6, ko ek samajshastriya adhyayan)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र विभाग
Abstract
वृद्धवृद्धाहरु ज्ञानका भण्डार हुन् । उनीहरुले आफ्नो जीवनकालमा धेरै तितामिठा अनुभवहरु हासिल गरेका छन् र कोही त शिक्षित पनि छन् । यी वृद्धवृद्धाहरुलाई उपयुक्त वातावरणमा उपयुक्त खानपिन, वास र स्वास्थ्य उपचार दिइएमा यिनीहरुको स्वास्थ्यमा सुधार आई आफूमा भएको ज्ञान र सीपलाई व्यवहारमा उर्तान सक्छन् । जुन वृद्धवृद्धाहरुको लागि मात्र फलदायी नभइ समाज देश र विश्वकै लागि फलदायी हुन सक्तछ । यो अध्ययन विषेशगरी बृद्धाश्रममा बस्ने ज्येष्ठनागरिकहरुको वास्तविकता बुझ्ने हेतुले गरिएको अध्यन हो ।
त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्र्तगत समाजशास्त्र मानवशास्त्र विभागमा समाजशास्त्र विषयको द्वित्तीय वर्षको आठौँ पत्रको प्रयोजनका लागि तयार गरिएको प्रस्तुत अध्ययनमा पश्चिमाञ्चल क्षेत्रको स्याङ्जा जिल्लाको पवित्र तीर्थस्थल केलादिघाटमा अवस्थित श्री राधा दामोदर आरोग्य वृद्धाश्रममा आश्रित जेष्ठनागरिकहरुको जीवनशैलीलाई समावेश गरिएको छ । “जेष्ठनागरिक भनेका हाम्रा सम्पत्ति हुन् । उनीहरुको संरक्षण र सम्वद्र्धन गर्नु हाम्रो दायित्व हो” । भन्ने मूल उद्वेश्यका साथ यस वृद्धाश्रम अगाडि बढेको छ ।
जुनसुकै ठाउमा रहेका जेष्ठनागरिकहरु यहाँ आश्रित रहेको पाइन्छ । धेरै जसो शहरी क्षेत्रका भन्दा ग्रामीण क्षेत्रका वृद्धवृद्धा आश्रित रहेका छन् । यस अध्ययनमा यिनै आश्रितहरुको समस्याको कथन अन्तर्गत निम्न लिखित प्रश्नहरुलाई समेट्ने प्रयास गरिएको छ । आश्रममा आश्रित वृद्धवृद्धाहरुको के कस्तो जीवन पद्धति रहेको छ ? कस्तो सामाजिक र सांस्कृतिक पक्ष भएका वृद्धवृद्धाहरु यस आश्रममा आश्रित छन ? वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य स्थिति कस्तो रहेको छ ? आश्रम र आश्रितका के कस्ता समस्याहरु विद्यमान छन् ?
श्री राधा दामोदर आरोग्य वृद्धाश्रम स्याङ्जामा आश्रित वृद्धवृद्धाहरुको जीवन पद्धति हेर्नु यो अध्ययनको सामान्य उद्धेश्य रहेको छ भने विशिष्ट उद्धेश्य अन्तर्गत निम्नलिखित उद्वेश्यहरु रहेका छन् ।
* वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुको सामाजिक, सांस्कृतिक पक्षको अध्ययन गर्नु ।
* आश्रममा बसोवास गर्ने वृद्धवृद्धाहरुको स्वास्थ्य स्थितिको जानकारी लिनु ।
* आश्रम तथा आश्रितका समस्याहरु पत्ता लगाउनु ।
यस अध्ययनको उद्देश्य प्राप्तिका लागि ज्येष्ठ नागरिकहरुको दिनचर्या तथा स्वास्थ्य स्थितिका बारेमा जानकारी लिन अन्वेषणात्मक ढाँचा प्रयोग गरिएको छ भने वर्णनात्मक अनुसन्धान ढाँचा प्रयोग गरी ति पक्षको विस्तृत वर्णन गरिएको छ । तथ्याङ्क संकलनका लागि स्थलगत अध्ययन विधिको प्रयोग गरिएको छ । अवलोकन, वैयक्तिक अध्ययन गरिएको छ । साथै द्वितीय सुचना सङ्कलनका लागि विभिन्न लेखरचना, पत्रपत्रिका, वेवसाइट प्रकाशित एवं अप्रकाशित स्रोत तथा अन्य सम्बन्धित साहित्यको सहयोग लिइएको छ ।
यस अध्ययनमा यस वृद्धाश्रममा २८ जना महिला र १२ जना पुरुष संग प्रत्यक्ष सम्पर्कमा रही प्रश्नहरु सोधी वास्तविकताको खोजी गरिएको छ । आश्रित वृद्धवृद्धाहरुको सामाजिक पक्षको अध्ययन गर्दा आश्रममा आश्रित हुनुको मुख्य कारणहरुमा आफ्नो कोही नहुनु, बालविवाह, पारिवारिक झै झगडा, आर्थिक दुर्वलता, शारीरिक अशक्तता, परिवारबाट अपहेलित, तथा परिवार वा समाजबाट माया, ममता र सम्मानको अभाव मुख्य कारण देखिन्छन् । वृद्धाश्रममा बस्ने जेष्ठनागरिक मध्ये जातिगत तथ्याङ्क अनुसार सबै भन्दा बढि ब्राहृमण जातिका जेष्ठनागरिकहरु ७५ प्रतिशत रहेको पाइन्छ भने मगर १२.५ प्रतिशत, क्षेत्री ७.५ प्रतिशत र सबै भन्दा कम ठकुरी ५ प्रतिशत रहेको पाइयो । यसैगरी आश्रित वृद्धवृद्धाहरुको शारीरिक अवस्था अध्ययन गर्दा जीउ दुख्ने, कम्मर र छाती सम्वन्धि रोगबाट पीडित वृद्धवद्धाहरु बढि मात्रामा पाइन्छन् । यसरी जीउ दुख्ने, कम्मर दुख्ने, छाती दुख्ने हुनुको कारणमा बुढवुढीको शारीरिक अवस्थाले गर्दा हो ।साथै महिलाहरुमा बढी दुख्नुमा महिलाहरुको स्याहार सुसार नपुगेर वृद्ध अवस्थामा दुखेको हुन सक्छ । जुन २७.५ प्रतिशत थिए त्यस्तै बाथ हुनेहरु १७.५ प्रतिशत, ग्याष्टिक हुनेहरु १२.५ प्रतिशत, दम १२.५ प्रतिशत, आँखाका रोगी १७.५ प्रतिशत, प्रेसर हुनेहरु १२.५ प्रतिशत, आदि रोगहरु भएको बुझिन्छ । यसैपनि वृद्ध भनेको शारीरिक रुपमा अशक्त र विमारी हुने अवस्था हो त्यसमा पनि घर परिवार र सम्पत्तिबाट देखवाल नहँुदा अन्त अवस्थामा वृद्धवृद्धाहरु आर्थिक रुपले पीडित देखिन्छन् ।
आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई वृद्ध भएर बाँच्न कत्तिको गाह्रो छ भनि जानकारी लिंदा अलिअलि गाह्रो भन्ने ६५ प्रतिशत, गाह्रो छैन भन्ने २२.५ प्रतिशत र ज्यादै गाह्रो भन्ने सबैभन्दा कम १२.५ प्रतिशत रहेको बुझिन्छ । वृद्धाश्रमको व्यवस्था त्यति सन्तोषपूर्ण नभएपनि आश्रमले दिएको सिमित गास, बास र कपासमा नै सन्तोष मानी यसैलाई आफ्नो “अहोभाग्य” सम्झी आश्रममा आश्रित रहेको भेटिन्छ ।
