सामुदायिक विद्यालयमा महिला शिक्षकहरुको अवस्था {Status of Female Teachers in Community Schools}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Abstract
प्रस्तुत अध्ययन सामुदायिक विद्यालयमा महिला शिक्षकहरुको अवस्था शीर्षकमा
गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य सामुदायिक विद्यालयमा महिला शिक्षकहरुका े
अवस्था पत्ता लगउनु रहेको छ । यो अध्ययन मूलतः गुणात्मक ढाँचामा तयार पारिएको छ ।
अध्ययनमा लाम्पन्टार गा.वि.स.का १० सामुदायिक विद्यालयहरुबाट उद्देश्यात्मक नमूना
छनोट विधिको प्रयोग गरी १०जना महिला शिक्षकहरु सहित प्रधानाध्यापक, पुरुष शिक्षक,
विद्यार्थी, व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधि र अभिभावकहरुको सहभागिता थियो ।
यस अध्ययनमा प्राथमिक र द्वितीय दुवै स्रोतहरुको प्रयोग गरी विद्यालय सर्वेक्षण फाराम,
अन्तर्वार्ता प्रश्नावली, दस्तावेज पुनरावलोकन र डायरी टिपोट जस्ता साधनहरुको सहायताले
तथ्याङ्क संकलन गरिएको थियो ।
अध्ययन अनुसार समग्रमा निर्धारित तहको अध्यापनका लागि आवश्यक न्युनतम
योग्यता नपुगेका शिक्षकहरु कोही पनि पाइएनन् भने न्यूनतम शैक्षिक योग्यता भन्दा
माथिको शैक्षिक योग्यता भएका शिक्षकहरुको संख्या अभिकतम् रहेको देखाएको छ । शैक्षिक
तालिमको हकमा नेपाली विषयमा विशिष्टिकरण गर्ने शिक्षकहरुको संख्या अधिक पाइयो तर
गणित विषयमा भने कुनै पनि शिक्षकहरु विशिष्टिकरण हाँसिल गर्ने पाइएन । शैक्षिक
तालिमको हकमा सवै महिला शिक्षकहरु तालिम प्राप्त पाइए भने शैक्षिक विशिष्टिकरणको
हकमा नेपाली विषयमा भने कुनै पनि शिक्षकहरु विशिष्टिकृत भएको पाइएन । अध्ययनमा
अधिकांश सरोकारवालाहरु महिला शिक्षकहरु सहनशील, धैर्य, संयमी र आपसी सह–सम्बन्ध
सुमधुर राख्ने खालका, मिहनेती, लगनशील, व्यवहारिक र नियमित हुन्छन् भन्ने विषयमा
सकरात्मक र सहमत रहेको थियो । त्यसैगरी विषयवस्तु को प्रस्तुतिकरण पुरुषको भन्दा
राम्रो हुने र पुरुष हुँदैमा विषयवस्तुको प्रस्तुतिकरण महिलाको भन्दा कमसल हुने भन्ने नहुने
देखियो ।
महिला शिक्षकहरुको वर्तमान अवस्थामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुमा
महिला शिक्षकहरुको संख्या वृद्धि गर्न समानताका े आधारमा महिला शिक्षकहरु नियुक्ति
गर्नलाई विशेष नीतिगत व्यवस्था गर्नुपर्ने देखिन्छ । त्यसैगरी विद्यालयमा छात्रा भर्नादरलार्इ
वृद्धि गर्ने विशेष कर्यक्रम तय गर्नलार्इ थप नीतिगत व्यवस्था गर्नुपर्छ । पुरुष र महिला
शिक्षकबीचको लै ङ्गिक समतामूलक शैक्षणिक वातावरणको व्यवस्था गर्नमा जोड दिनुपर्छ ।
विद्यालय सम्बद्ध स्थानीय सरोकारवालाहरुमा महिला शिक्षकहरुप्रति सकरात्मक भावना
सिर्जना र वृद्धि गर्न जनचेतना अभिवृद्धिका कार्यक्रमहरु तय गरी कार्यान्वयनका े लागि
आवश्यक तालिम, गोष्ठी, सेमिनार तथा थप प्रशिक्षणको व्यवस्था गर्न आवश्यक
छ । सरकारी नीति तथा कार्यक्रममा नै योग्य र दक्ष महिला शिक्षकहरु नियुक्ति गर्ने
व्यवस्थालाई प्राथमिकता दिनु पर्दछ । सामुदायिक विद्यालयहरुका माध्यमिक तहमा महिला
व्यवस्थालाई प्राथमिकता दिनु पर्दछ । सामुदायिक विद्यालयहरुका माध्यमिक तहमा महिला
शिक्षक संख्या न्यून भएका े ले दक्ष महिला शिक्षकहरु नियुक्ति गर्ने व्यवस्थालाई प्राथमिकता
दिनु पर्दछ । सामुदायिक विद्यालयहरुका माध्यमिक तहमा महिला शिक्षक संख्या न्यून
भएकोले दक्ष र योग्य महिला शिक्षकहरु थप गर्दै लैजाने नीति अवलम्बन गर्नलाई सो
अनुरुप आवश्यक कार्यन्वय प्रयिक्रिया अवलम्बन गर्नु पर्ने देखिन्छ ।
