शिक्षक तालिमको प्रयोग {Shikshyak Talimko prayog}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Abstract
प्रस्तुत ‘शिक्षक तालिमको प्रयोग’ शीर्षकमा गरिएको यस अध्ययनको प्रमुख उद्देश्य विद्यालयमा शिक्षक तालिमको प्रयोगको लेखाजोखा गर्नु, शिक्षक तािलमको प्रयोगमा देखापरेका समस्याहरू पत्ता लगाउनु र शिक्षक तालिमको प्रयोगमा आईपरेका समस्या समाधानका उपायहरू खोजी गर्नु रहेको छ । यस अध्ययनलाई सम्पन्न गर्न गुणात्मक एवम परिमाणात्मक अनुसन्धान ढाँचा अपनाइएको छ ।
प्रस्तुत विषयमा अध्ययन गर्न धनकुटा जिल्ला स्थित सिंधुवा स्रोतकेन्द्र अन्तर्गतका जम्मा १० वटा सामुदायिक विद्यालयहरू, जसमध्ये १ उच्च मा.वि., २ वटा मा.वि., ३ वटानि.मा.वि. र ४ वटा प्रा.वि.हरू छनोटमा परेका छन। उक्त छनोटमा परेका प्रत्येक विद्यालयका प्र.अ., वि.व्य.स. अध्यक्षहरू, २–२ जना शिक्षकहरू र स्रोत व्यक्तिलाई नमुना छनोटको रूपमा लिइएको छ । अध्ययनका लागि कक्षा अवलोकन फाराम, कक्षा अवलोकन रुजुसूची, प्रश्नावली, समूह छलफल निर्देशिका र अन्तर्वार्ता जस्ता साधनहरू प्रयोग गरी तथ्याङक सङकलन गरिएको छ । त्यसैगरी प्राथमिक एवं द्वितीय दुवै स्रोतहरूको उपयोग गरिएको छ ।
अध्ययनको क्रममा कक्षा व्यवस्थापन सम्बन्धी सीपका प्रयोगकोे अवस्था कमजोर रहेको पाइयो । शिक्षण पूर्व विषयवस्तुको अध्ययन, अघिल्लो पाठको पुनरावलोकन, विद्यार्थीमा उत्प्रेरणा जगाउने, उपयुक्त उदाहरणको प्रस्तुती, उपयुक्त शिक्षणविधिको छनोट र प्रयोग, पुनर्वल एवं पष्ठपोषण प्रदान, विद्यार्थी मूल्याङकन, पाठको निष्कर्ष दिने र गृहकार्यदिने कौशल सम्बन्धी सीपहरूको प्रयोगको अवस्था सन्तोषजनक पाइयो । उपयुक्त शै.सा.को निर्माण, छनोट,प्रयोग र शिक्षण सिकाइ क्रियाकलाप अन्तर्गतका सीपहरूको प्रयोगका अवस्था सामान्य रहेको पाइयो । शिक्षकहरूले तालिममा सिकेको सबै सीपहरूलाई शिक्षणमा प्रयोग गर्न नसक्नुमा कक्षाकोठाको भौतिक वातावरण अनुकूल नहुनु, शै.सा.को अभाव,कमजोर आर्थिक अवस्था, विशेषगरी प्रस्तावित विद्यालयहरूमा दरबन्दी कम हुँदा कार्यबोझबढी भई पर्याप्त तयारी गरी शिक्षण सीपको उपयोग गर्न नसकेको, सम्बन्धित पक्षबाटनिरन्तर अनुगमन सुपरिवेक्षणको अभाव, पुनर्ताजगी तालिमको अभाव, शिक्षकहरूमा पेशाप्रति आत्म गौरव, उत्साह र जिम्मेवारी बोधको अभाव, उपयुक्त पुरस्कार र दण्डकानीति नहुँदा दक्ष र कर्तव्यनिष्ठ शिक्षकहरूमा समेत नैराश्यता बढदैजानु र तत्परता र
सक्रियता घटदै जानु र विद्यार्थी उपस्थितिमा अनियमितता तथा कम लगनशिलता रहन प्रमुख समस्याका रूपमा रहेको पाइयो।
शिक्षक तालिमको प्रयोगमा देखापरेका समस्याहरू समाधानका लागि व्यवस्थापन पक्षले स्रोतहरूको पहिचान एवं खोजी गरी विद्यालयको आर्थिक एवं भौतिक अवस्था सुदृढबनाउनु पर्ने, शिक्षणका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराइनु पर्ने, सम्बन्धित निकायले स्थलगतरूपमा अध्ययन गरी उपयुक्त शिक्षक दरबन्दी व्यवस्थापन गरी आकर्षकसेवा सुविधा प्रदान गर्नु पर्ने र तालिमको प्रयोगको अनुगमन गरी दण्ड र पुरस्कारको नीतिलागू गर्नु पर्ने, शिक्षकहरूलाई सेवाकालीन पुनर्ताजगी तालिम उपलब्ध गराइनु पर्ने, विद्यालयका स्थानीय सरोकारवालाहरूमा तालिम सम्बन्धी सचेतना जगाउनु पने, विद्यार्थीका उपस्थितिमा नियमितता हुनुपर्ने र शिक्षकहरूले आपूmले सिकेको सीपहरूलाई जिम्मेवारीका साथ प्रयोग गर्नुपर्ने दखिन्छ ।
