प्राथमिक तहमा लिम्बू बालबालिकाको सहभागिता {Participation of Limbu Children at Primary Level}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
प्राथमिक तहमा लिम्बू बालबालिकाको सहभागिता शीर्षकमा तयार पारिएको यो शोधपत्रको मूख्य उद्देश्य लिम्बू जातिका बालबालिकाको प्राथमिक तहको शिक्षामा सहभागिताको स्थिति विश्लेषण गर्नु रहेको छ । यस शोध पत्रमा ५ परिच्छेदहरु छन् । यो शोधपत्र परिमाणात्मक र गुणात्मक ढाँचामा व्याख्या विश्लेषण गरिएको छ ।
यस अध्ययनमा तोपगाछी स्रोतकेन्द्रका २७ ओटा विद्यालय, २७ जना प्र.अ., १३५ जना शिक्षक, २१८ जना विद्यार्थीहरु, २०० जना लिम्बू अभिभावकहरु र २७ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई जनसङ्याकोरुपमा लिइएको छ । अध्ययन अनुसन्धान गर्ने क्रममा नमूना छनोट गर्दा उद्देश्यमूलक र सांयोगिक विधि अपनाइएको छ । तोपगाछी स्रोत केन्द्रका ५ वटा विद्यालयका २५ जना विद्यार्थीहरु, २० जना अभिभावक, ५ जना प्र.अ.हरु, ५ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, १ जना स्रोत व्यक्ति तथा १५ जना शिक्षकहरुलाई नमूनाको रुपमा लिइएको छ । समयको सिमितता, जातियता, सामुदायिक विद्यालयहरू, गाउँ शहर, लिङ्ग, आर्थिक अवस्था र कक्षा ४ र कक्षा ५ लाई नमूना छनोटको आधार बनाइएको छ । प्राथमिक स्रोतको रुपमा छनोट गरिएका विद्यालयमा विद्यार्थी, अभिभावक, प्र.अ., वि.व्य.स.का अध्यक्ष, शिक्षकहरु तथा स्रोत व्यक्तिसँग प्रश्नावली, अन्तर्वाता फारामहरु भराएर तथा अनुसन्धानकर्ता स्वयं सम्बन्धित क्षेत्रमा अवलोकनगरी सम्बन्धित पक्षसँग छलफलगरी आवश्यक पर्ने तथ्याङ्क संकलन गरिएको छ । द्धितीय स्रोतको रुपमा पत्रपत्रिका, गा.वि.स., जि.वि.स., जिल्ला शिक्षाकार्यलय, सम्बन्धित शोधपत्र, सम्बन्धित विद्यालयका रेकर्डहरु, विभिन्न पुस्तक तथा लेखहरुबाट सूचना तथा तथ्याङ्क प्राप्त गरिएको छ । प्राप्त तथ्याङ्कलाई तालिकिकरण गरी स्तम्भ चित्र तथा वृत्त चित्रमा देखाइएको छ ।
अध्ययनको क्रममा नेपालमा लिम्बूको सङ्या १.८५ प्रतिशत, झापा जिल्लामा ६ प्रतिशत र अध्ययन क्षेत्रमा ९.९३ प्रतिशत पाइयो । लिम्बू जातिको शैक्षिक अवस्था अध्ययन गर्दा ३० प्रतिशत निरक्षर र ७० प्रतिशत साक्षर पाइयो । जसमा ४२ प्रतिशतले प्राथमिक तहको शिक्षा मात्र लिइएको पाइयो । नेपाल अधिराज्य भर जम्मा विद्यार्थी सङ्या ३८५३६१ मध्ये लिम्बू विद्यार्थी सङ्या १२९६८ वा ०.३३ प्रतिशत, झापा जिल्लामा ८१९२८ मध्ये २२२३ जना वा २.७१ प्रतिशत र अध्ययन क्षेत्रमा जम्मा विद्यार्थी सङ्या ६९६३ मध्ये लिम्बू विद्यार्थी सङ्या २१८ जना वा ३.१ प्रतिशत पाइयो । २०६७ सालमा अध्ययन क्षेत्रमा भएका जम्मा ६७०८ जना विद्यार्थीहरु मध्ये २१८ जना वा ३.२५ प्रतिशत लिम्बू विद्यार्थी र ६४९० जना वा ९६.७५ प्रतिशत अन्य जातिका विद्यार्थीहरु भर्ना भएको पाइयो । भर्ना भएका मध्ये विचैमा विद्यालय छाड्ने लिम्बू विद्यार्थी सङ्या ३९ जना वा १७.८८ प्रतिशत र बाँकी अन्य जातिका पाइएको छ । अध्ययन पुरा नगरी बिचैमा विद्यालय छाड्ने कुल विद्यार्थी सङ्या भने ३३३८ मध्ये लिम्बु विद्यार्थी सङ्या ७१० जना वा १०.५९ प्रतिशत पाइएको छ । कमजोर आर्थिक अवस्था, लिम्बू जातिको अनुपयुक्त घरयासी शैक्षिक वातावरण, विद्यालयबाट सृजित समस्या, सामाजिक तथा सांस्कृतिक तत्वका कारण, साथै शिक्षा प्रतिको नकरात्मक धारणाका कारणले लिम्बू जातिका बालबालिकाको प्राथमिक तहको शिक्षामा भर्ना कम हुने र भर्ना भए पनि बीचैमा कक्षा छाड्ने प्रवृत्तिले गर्दा प्राथमिक तहमा लिम्बू बालबालिकाको सहभागिताकम हुने गरेको पाइयो ।
प्राथमिक तहमा लिम्बू बालबालिकाको सहभागिता वढाउन उनीहरूको आर्थिक अवस्थामा सुधारगर्नु पर्दछ भन्ने ३१ प्रतिशत, घरको शैक्षिक वातावरणमा सुधार गरिनु पर्दछ भन्ने ३१ प्रतिशत, सामाजिक तथा सांस्कृतिमा सुधारगरेर भन्नेमा १८.३० प्रतिशत र विद्यालयीय वातावरणमा सुधार गरेर सहभागिता बृद्धि गर्न सकिन्छ भन्ने १९.७ प्रतिशत व्यक्तिहरू अनुसन्धानमा पाइयो । उनीहरुको सहभागिता वृद्धि गर्न सरकारले लिम्बू समुदायको वास्तविक आर्थिक, शैक्षिक स्थितिको वारेमा खोज अनुसन्धान गरिनु पर्ने, छात्रावृत्ति तथा पाठ्यपुस्तकहरूलाई समयमानै वितरण गर्नेकार्यमा सरकार र विद्यालयहरूले पहल गर्नु पर्ने, विद्यार्थीहरुका अभिभावकको चेतना स्तर बढाउनु पर्ने जसकालागि सरकारी र गैरसरकारी संघ संस्थाले पहगर्नु पर्ने, व्यवहारिक र रोजगारमूलक शिक्षाको व्यवस्था गरिनु पर्दछ । विद्यालय व्यावस्थापन समिति, प्र.अ. र शिक्षकहरुले सकेसम्म लिम्बू बालबालिका भएका विद्यालयमा लिम्बू बालबालिकालाई मातृभाषामा पढ्न र पढाउन लिम्बू शिक्षकको व्यवस्था गर्नु पर्ने, हरेक विद्यार्थीको मनोभावना बुझेर शिक्षकले शिक्षण गर्नुृृपर्दछ । लिम्बू बालबालिकाका अभिभावकले घरको शैक्षिक वातावरण तथा सामाजिक र सांस्कृतिक परम्परामा सुधार गर्नु पर्ने तथा हाल सञ्चालन भइरहेको विद्यालय भर्ना कार्यक्रमलाई अझ प्रभावकारी वनाउनु पर्ने र माक्र्सवादी अवधारणा अनुरुप जातिय र वर्गिय उत्थानका लागि आर्थिक ,सामाजिक र राजनैतिकरुपमा अधिकार प्रदान गरी उपयुक्त अवसर उपलब्ध गराउनु पर्ने सुझाव प्रस्तुत गरिएको छ ।
