विद्यालयको द्वन्द् व्यवस्थापन Vidhyalayako Dwanda Vyabasthapan
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
विद्यालयको द्वन्द्व व्यवस्थापन शीर्षकमा गरिएको यस शोधपत्रमा विद्यालयको द्वन्द्वको विद्यमान अवस्था पहिचान गर्ने, विश्लेषण गर्ने, शिक्षकको भूमिका लेखाजोखा गर्ने र द्वन्द्व न्यूनीकरणका उपायहरू सुझाउने मुख्य उद्देश्य रहेको छ ।
विद्यालयमा द्वन्द्वको विद्यमान अवस्थाहरुमा भाषिक द्वन्द्व, जातीय द्वन्द्व, लिङ्गिय द्वन्द्व, विद्यार्थी शिक्षक बीचको द्वन्द्व, लक्ष्य सम्बन्धी द्वन्द्व र नीतिगत द्वन्द्व रहेको छ । यी मध्ये नमूना छनोटमा परेका सामुदायिक विद्यालयहरुमा विद्यालयमा तुलनात्मक रुपमा लिङ्गिय द्वन्द्व, बढी मात्रामा उत्पन्न भएको पाइयो । विद्यालयमा उत्पन्न हुने द्वन्द्वको मुख्य स्रोत राजनिति हो भने अन्य स्रोतहरूमा विद्यालयको आर्थिक अवस्था, प्र.अ.को कमजोरी, प्रयाप्त सेवा सुविधामा कमि, द्वन्द्वात्मक सरकारी नीति र लिङ्गीय भेदभाव रहेका छन् । अनुसन्धानलाई अगाडि बढाउन परिमाणात्मक र गुणात्मक अनुसन्धान ढाँचा अवलम्बन गरिएको छ भने विद्यालय छनोटका लागि उद्देश्यपूर्ण नमूना विधि र सामान्य सम्भावनायुक्त नमूना विधि र अनुपातिक प्रतिनिधित्व हुने गरी उत्तरदाताहरु छनौट गरिएको छ । अध्ययनको क्रममा मोरङ जिल्लाको मछिचन्द्र . स्रोतकेन्द्र अन्तर्गतका केराबारी, भोगटेनी गा.वि.स. भित्रका नि.मा.वि तथा मावि तहका सामुदायिक विद्यालयका १० जना प्र.अ., २० जना शिक्षक, १० जना वि.व्य.स.का अध्यक्ष, १० जना विद्यार्थी र १० जना स्थानीय बुद्धिजीविहरूसँग प्रत्यक्ष छलफल, अन्तर्वार्ता निर्देशिका र प्रश्नावली प्रयोग गरी आवश्यक सूचना र तथ्याङ्क लिइएको छ ।
विद्यालयका सरोकारवालाहरू मध्ये विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, स्थानिय वुद्धिजीवि र विद्यार्थी समेत लाई यस अध्ययनले देखाए अनुसार विद्यालयकोे द्वन्द्व व्यवस्थापनमा शिक्षकको भूमिका रहने गरेको जानकारी पाइएको छ । धेरै विद्यालयहरूमा द्वन्द्वको अवस्था सामान्य रहेको पाइएको छ तर द्वन्द्व उत्पन्नका स्रोतहरूलाई समयमा नै पहिचान गरी त्यस अनुसार व्यवस्थापन गर्न सके विद्यालयको द्वन्द्वलाई अझ न्यूनीकरण गर्न सकिन्छ । विद्यालयमा विद्यालयको द्वन्द्व व्यवस्थापनले शैक्षिक क्षेत्रमा सुधार पु¥याउनुका साथै शिक्षण सिकाइ प्रक्रियामा गुणस्तरीयता बढाइ दिने कार्य भएको छ । त्यसैगरी द्वन्द्व व्यवस्थापनका लागि शिक्षकहरूले आवश्यकता अनुसार सल्लाहकारको भूमिका, अभिनयकर्ताको भूमिका, निष्पक्षकर्ताको भूमिका सुपरीवेक्षकको भूमिका समन्वयकर्ता र मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाइन्छ । शिक्षकहरूले विद्यालयमा उत्पन्न द्वन्द्व न्यूनीकरणका निम्न उपायहरू अपनाएको देखिन्छः सहभागितामा वृद्धि, सहमति गर्ने, त्यागगर्ने, सहयोगको आदानप्रदान, स्रोतमा वृद्धि पारस्परिक समझदारी, समस्याप्रतिको चेतना र विद्यालयलाई शान्ति क्षेत्रको रूपमा लिएर विद्यालयमा उत्पन्न द्वन्द्वको न्यूनीकरण गर्ने गरेको पाइन्छ र धेरै विद्यालयहरूमा शिक्षकहरूले यिनै उपायहरू द्वारा द्वन्द्व व्यवस्थापनका कार्य र न्यूनीकरणका कार्य गरेको पनि अध्ययनका क्रममा पाइयो ।
विद्यालयका सरोकारवालाहरूको तालिम र गोष्ठिद्वारा क्षमता अभिवृद्धि गरी द्वन्द्व व्यवस्थापनका लागि सक्षम बनाउनु पर्ने देखिन्छ । द्वन्द्वलाई नदबाई सक्दो प्रत्यक्ष समझदारी, अन्तरक्रिया, छलफल र कुराकानी उपचारद्वारा द्वन्द्वको समाधान तथा व्यवस्थापन गर्नु पर्ने देखिन्छ किनभने द्वन्द्वलाई दमन गर्न थालियो भने यसवाट झन नकारात्मक परिणाम उत्पन्न हुन सक्छ ।
