बालश्रमिकहरूको शैक्षिक व्यवस्थापन {Educational Management of Child Laborers}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र संकाय शिक्षा योजना तथा ब्यवस्थापन

Abstract

मानव जीवन यापन गर्ने शैली गति एकैनासको नभै यसमा विविधता देखिन्छ । जसले कमजोर आर्थिक अवस्था पारिवारिक कलह, परिवारमा केटा केटीको संख्या शिक्षाको कमी, गलत संगत, भोगाइ अनुसारको सिकाई ,शहर प्रतिको आर्कषण, आधारभूत आवश्यकता पूर्तिको समस्या, आमाबाबुको मृत्यु जस्ता थुप्रै कारणमा परेका बालबालिकाहरु बालश्रमिक हुन । यिनीहरुको अन्य बालबालिका सरह शिक्षमा पहुचमा हुदैन । त्यसैले यिनीहरुलाई छुट्टै शैक्षिक व्यवस्थापन चाहिन्छ, भन्ने कुराबाट प्रभावित भएर यो विषयमा अध्ययन कार्य गर्न प्रेरित भइयो । बालश्रमिकहरुको शैक्षिक व्यवस्थापन शीर्षकको यो शोधकार्यमा तीनवटा उद्देश्यहरु निर्माण गरिएको थियो, जसमा बालश्रमिकहरुको शिक्षामा पहुच पत्तालगाउने, बालश्रमिकको शिक्षा व्यवस्थापन गर्दा आइ पर्ने चुनौतीहरुको पहिचान गर्ने, बाल श्रमिकको शिक्षा व्यवस्थापन सम्वन्धी थप विकल्प पहिचान गर्ने । यस अध्ययनलाई सरल र विश्वासिलो बनाउन यस अध्ययन संग शोधपत्र, सान्दर्भिक प्रतिवेदन, पत्रपत्रिका र विभिन्न समयमा प्रकाशित शिक्षाविदहरुका लेख रचनाहरुको सिंहावलोकन गरिएको थियो भने एरिक एरिकसन को मनोसामाजिक सिद्धान्त र आचरणगत सिद्धान्तलाई आधार बनाइएको थियो । यस अध्ययनमा उल्लेखित उद्देश्य पूरा गर्नको लागि बांँके जिल्लाका बालश्रमिक बालबालिकाहरुको अध्ययन गर्न ज्ञानोदय खुला शिक्षा विद्यालय छनौट गरिएको थियो । विद्यालयका प्र.अ.,वि.व्य.स.का पदाधिकारी, शिक्षक तथा विद्यार्थीसंँग सम्पर्क गरी प्राथमिक र द्धितीय दुबै श्रोतबाट तथ्याड्ढ संकलन गरिएको थियो । बालश्रमिकहरुको शैक्षिक व्यवस्थापनको लागि बालश्रमिक का साथै यस संस्थाका संयोजन कत्र्ता र सहज कत्र्ताहरुबाट लिइएको अन्तरवार्ता,तथा अवलोकन लाई आधारमानी संकलन गरिएको सूचना तथा तथ्याड्ढहरुलाई सैद्धान्तिक खाकाका आधारमा व्याख्या र विश्लेषण गरिएको छ । अध्ययनका क्रममा प्र.अ.,वि.व्य.स.का पदाधिकारी तथा शिक्षकहरुमा बालश्रमिकहरुको शैक्षिक व्यवस्थापनका सम्बन्धमा पूर्ण जानकारी नभएको, विद्यार्थी संख्या र शिक्षक अनुपात नमिलेकाले शिक्षा नियमावली र सैद्धान्तिक मापदण्ड अनुसार बालश्रमिकको शैक्षिक व्यवस्थापन हुन नसकेको पाइयो वि.व्य.स.का पदाधिकारीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न तर्फ ध्यान नगएको बालश्रमिकको शैक्षिक व्यवस्थापन अनुसार शिक्षण सिकाई गर्न तालिम प्राप्त शिक्षकहरुको अभाव देखियो । त्यस्तै समस्या र अभावको बीचमा पनि शिक्षण सिकाइ नियमित रुपमा सञ्चालन भएको पाइयो । बालश्रमिकको शैक्षिक व्यवस्थापन गर्नु पर्ने, जि.शि.का.बाट सो सम्बन्धमा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने विद्यार्थी संख्याको आधारमा शिक्षक बृद्धि गर्न अनुरोधरध्यानाकर्षण, सेवा प्रवेश तथा सेवाकालीन विशेष शिक्षा सम्वन्धी तालिमको व्यवस्था गर्ने बालश्रमिकहरुका लागि सरकारबाट प्रस्ट नीति तय गर्नुपर्ने देखिन्छ । विश्लेषणबाट बालश्रमिकलाई सबै क्षेत्रमा राज्य,समाज दातृसंस्था, प्र.अ.,वि.व्य.स., शिक्षक, अभिभावक तथा बालश्रमिक विद्यार्थीहरुका कृयाकलाप प्रति चासो राख्ने सम्पूर्ण पक्षबाट सहयोग प्राप्त भएमा सवल सरह सक्षम भई भविष्यमा आत्म निर्भर हुनसक्ने देखाइएको छ ।

Description

Citation