शैक्षिक गुणस्तर प्रवद्र्धनका लागि सहभागितामूलक सुपरिवेक्षण {Participatory Supervision for the Promotion of Educational Quality}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन संकाय

Abstract

यस अध्ययनको शीर्षक “शैक्षिक गुणस्तर प्रवद्र्धनका लागि सहभागितामूलक सुपरिवेक्षण” रहेको छ । विद्यालयीय शिक्षाको गुणस्तर प्रवद्र्धनमा सहभागितामूलक सुपरिवेक्षणको वर्तमान स्थिति विलेश्लेषण गर्ने मुख्य उद्देश्य रहेको छ । यस अध्ययनलाई सरल, सहज एवं निर्धातिर उद्देश्य पुरा गर्नका लागि गुणात्मक अनुसन्धानात्मक ढाँचामा आधारित भई सम्भावना रहित नमुना छनौट विधि अन्तर्गतको उद्देश्यमूलक नमुना छनौट विधिका आधारमा चितवन जिल्ला भित्रका १३ वटा स्रोत केन्द्र अन्तर्गत ४ वटा स्रोत केन्द्र भित्र १÷१ वटा विद्यालयका प्र.अ., शिक्षक, वि.नि.÷स्रोतव्यक्ति, वि.व्य.स. अध्यक्ष गरी जम्मा ३२ जनालाई यस अध्ययनमा नमुनाको रुपमा समेटिएको छ र सूचना संकलनको लागि प्र.अ., शिक्षकका लागि एउटै र वि.नि. स्रोतव्यक्तिका लागि अलग प्रश्नावलीको साधन प्रयोग गरिएको छ । अध्ययनका क्रममा विद्यालयको शैक्षिक गुणस्तर प्रवद्र्धनका लागि सहभागितामूलक सुपरिवेक्षणमा वि.नि.÷स्रोत व्यक्ति तथा प्र.अ.को अहम् भूमिका रहेको पाइयो । वि.नि स्रोत व्यक्तिहरुले बढी विद्यालय हेर्नुपर्ने, यातायातको सुविधा नहुनाले सहभागितामूलक सुपरिवेक्षणमा नियमितता नभएको पाइयो । प्रधानाध्यापकहरु, प्रशासनिक कार्य र आफ्नो विषय शिक्षणमा व्यस्त रहनुपर्ने भएकोले सहभागितामूलक कक्षा अवलोकन र सुपरिवेक्षण गर्न समयको अभाव रहेको पाइयो । शिक्षामा राजनैतिक प्रभावका कारण विद्यालय व्यवस्थापन समितिमा सामान्य लेखपढ सम्म पनि नभएका व्यक्तिहरुको चयन र उनीहरुलाई सहभागितामूलक सुपरिवेक्षण सम्बन्धि जानकारी नभएकोले प्रभावकारी सुपरिवेक्षण नभएको पाइयो । वि.नि. को योग्यता पनि माध्यमिक शिक्षक सरह वि.एड् कायम भएकोले सबै विद्यालयका शिक्षकहरु सहभागितामूलक सुपरिवेक्षणबाट लाभान्वित हुन सकेको पाइएन । प्रभावकारी शिक्षण सिकाई क्रियाकलापको सहभागितामूलक सुपरिवेक्षण सहयोगी रहेको पाइयो । शिक्षक–शिक्षक, स्रोतव्यक्ति–स्रोतव्यक्ति, वि.नि.–वि.नि., प्र.अ–प्र.अ.एक अर्काबिच सहकार्य, सहयोगात्मक भावनाको विकास भएको पाइयो । सहभागितामूलक सुपरिवेक्षकहरु बिच दक्षता र क्षमताको अनुसरण भएको पाइयो जस्ता मुख्य प्राप्तिहरु रहेका छन् । वि.नि.÷स्रोतव्यक्ति र प्र.अ. को सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्न समसामयिक तालिमको अभाव, शैक्षिक क्षेत्रमा हावी हुँदै गईरहेको राजनैतिक हस्तक्षेप, उचित मात्रामा पुरस्कार र दण्डको व्यवस्थाको अभाव, बढ्दो विद्यालय संख्याको अनुपातमा वि.नि. दरबन्दिमा वृद्धि हुन नसकेको, यातायातको प्रबन्ध हुन नसकेको, वि.नि.÷स्रोतव्यक्तिहरुद्वारा पेश गरिएको निरीक्षण प्रतिवेदन उचित कार्यान्वयन हुन नसकेको र उनीहरुलाई शैक्षिक भन्दा प्रशासनिक कार्यमा व्यस्त रहनुपर्ने बाध्यता जस्ता कुराहरु चुनौतीको रुपमा रहेको पाइयो । सहभागितामूलक सुपरिवेक्षकहरुका लागि आवश्यक मात्रामा पूर्व सेवाकालिन, सेवाप्रवेश, सेवाकालिन तालिम प्रदान गर्नुका साथै पूनर्ताजगी कार्यक्रमहरु संचालन गरिनुपर्दछ । राजनैतिक दवावका भरमा कर्मचारी नियुक्ति गर्ने परिपाटी शिक्षा क्षेत्रबाट मुक्त गरिनुपर्दछ । विद्यार्थी संख्या र विद्यालय संख्याको अनुपातमा वि.नि. दरबन्दि थप गर्दै जानुपर्दछ । वि.नि. हरुको न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति हुने गरी फिल्ड भत्ताको व्यवस्था गर्नुपर्दछ । वि.नि÷स्रोतव्यक्तिहरुको योग्यता एक तह माथि एम.एड. कायम गरिनुपर्दछ । शिक्षा ऐन नियमावली राष्ट्रिय आवश्यकता अनुरुप संशोधन तथा परिमार्जन हुनुपर्ने जस्ता कुराहरुलाई सुझावका रुपमा पेश गरिएको छ ।

Description

Citation