कक्षा एघारको नेपाली पाठयपुस्तक (२०७७) को कथा विधामा प्रयुक्त तत्सम शब्दको अध्ययन(Kakṣha ēghārakō nēpālī pāṭhayapustak (2077) kō kathā vidhāmā prayukta tatsam śabdakō adhyyan)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा सङ्काय

Abstract

शोधप्रक्रिया ः प्रस्तुत शोधकार्यलाई पाँच अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा शोधको परिचयअन्तर्गत पृष्ठभूमि, समस्या कथन, अध्ययनको उद्देश्य, औचित्य र महत्त्व, अध्ययनको सीमाङकन र पारिभाषिक शब्दलाई समावेश गरिएको छ । अध्याय दुईमा पूर्वकार्यको समीक्षा, पूर्वकार्यको उपयोगिता÷कार्यन्वयन र सैद्धान्तिक अवधारणात्मक संरचना समावेश गरिएको छ । अध्याय तीनमा अध्ययनको प्रक्रिया÷विधि अन्तर्गत अध्ययनको संरचना, जनसङख्या र नमुना छनोट प्रक्रिया, तथ्याङक सङकलनको प्रक्रिया, तथ्याङकको विश्लेषण र व्याख्या प्रक्रिया समावेश गरिएको छ । अध्याय चारमा कक्षा एघारको नेपाली पाठयपुस्तक अन्तर्गत कथा विधामा प्रयुक्त सम्पूर्ण शब्द सङख्या, तत्सम शब्द सङख्या र तत्सम शब्दको प्रतिशत समेत प्रस्तुत गरिएको छ । यसका साथै आवृत्ति भएका शब्द र आवृत्तिको स्थितिलाई तालिकामा देखाइएको छ । पाँचौ अर्थात अन्तिम अध्यायमा सारांश, निष्कर्ष उपयोगिता र कार्यान्वय, सुझाव र भावी अनुसन्धानका लागि शीर्षकहरू उल्लेख गरिएको छ । यस शोधपत्रमा कक्षा एघारको नेपाली पाठयपुस्तक अन्तर्गत कथा विधामा तत्सम शब्द के कस्ता छन, कथामा तत्सम शब्दको बनोट कस्तो छ, तत्सम शब्दको शब्दवर्ग के कस्ता छन, कथामा शब्दको आवृत्तिको अवस्था कस्तो छ भन्ने उद्देश्य राखिएको छ । यस शोधपत्रको तत्सम शब्द सम्बन्धित भएर शोधकार्य गर्न चाहने भावी शोधकर्तालाई दिशानिर्देशन गर्नका साथै कक्षा एघारमा अध्ययनरत विद्यार्थीलाई तत्सम शब्दको अर्थ, व्युत्पत्ति आदिका बारेमा ज्ञान दिन सहयोग पुग्दछ ।

Description

Citation