सामुदायिक विद्यालयहरूमा सामाजिक परीक्षणमा शिक्षक अभिभावक संघको भूमिका {Samudayik bidyalayaharuma samajik parikshanma shikshan abhibhabak sanghko bhumika}
Files
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Faculty of Education
Abstract
सामुदायिक विद्यालयहरूमा सामाजिक परीक्षणमा शिक्षक अभिभावक संघको भूमिका विषयक शीर्षकमा गरिएको यस शोधकार्यमा सामाजिक परीक्षणमा शिक्षक अभिभावक संघको
भूमिकाको लेखाजोखा गर्ने मूख्य उद्देश्य रहेको छ । ३५ वटा विद्यालयका प्र.अ., वि.व्य.स. अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष ,शिक्षक र अभिभावक समेत गरी ३५÷३५ जना र १ जना स्रोत व्यक्तिलाइ समेत गरी जम्मा १७६ जना जनसंख्याको रूपमा रहेका छन । प्र.अ., वि.व्य.स. अध्यक्ष, शिक्षक, शिक्षक अभिभावक संघका अध्यक्ष र अभिभावक समेत गरी १६÷१६ जना र १ जना स्रोत व्यक्तिलाइ समेत गरी जम्मा ८१ जनालाई नमूना छनोटको रूपमा लिइएको छ ।
अध्ययनका क्रममा सुनसरी जिल्ला धरान स्रोतकेन्द अन्तगर्तका सबै तहका सामुदायिक विद्यालयका प्र.अ., शिक्षक, वि.व्य.स.अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, अभिभावक तथा स्रोत व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ता, प्रश्नावलीको प्रयोग गरी आवश्यक जानकारी, सूचना र
तथ्याङक संकलन गरिएको छ । यस अध्ययनको सैद्धातिक खाका वैज्ञानिक व्यवस्थापन सिद्धान्त, मानव सिद्धान्त र
विकेन्द्रीकरणको सिद्धान्तमा आधारित छ । अनुसंन्धानलाई अगाडि बढाउन परिमाणात्मक र गुणात्मक अनुसन्धान ढाँचा प्रयोग गरिएको छ भने उद्देश्यपूर्ण नमूना र आनुपातिक प्रतिनिधित्व हुने गरी समूह विभाजन विधिद्वारा नमूना छनौट गरिएको छ । विद्यालयका धेरै जसो सरोकारवालाहरूलाई सामाजिक परीक्षणका सम्बन्धमा सामान्य जानकारी समेत नभएका पाइयो । विद्यालयहरूमा आर्थिक कारोवारहरू गर्ने र सोको अभिलेख राख्ने धेरै जसो प्र.अ.हरू आपैmले गर्ने गराउने गरको पाइएको छ । विद्यालयको आय तथा जिन्सी सामानको जवाफदेहि व्यक्ति प्र.अ. स्वयम भएता पनि त्यसको अभिलेख राख्ने र खोजि निती गर्ने कार्य शिक्षक अभिभावक संघका पदाधिकारीहरूले गर्नु पर्ने कुरा अध्ययनमा पाइएको छ । धेरै जसो विद्यालयहरूमा सामाजिक परीक्षण औपचारिकतामा मात्र सिमित रहेका र उक्त प्रतिवेदनहरू सार्वजनिक कमै रूपमा गर्ने गरेको पाइएको छ । सामाजिक परीक्षणको कार्यान्वयन क्रमश ः बढ्रदै गरेको छ । अभिभावक तथा सरोकारवालाहरूले यसको महत्व र मर्म बुझ्न थालेको अध्ययनले जनाएको छ ।
विद्यालयका सरोकारवालाहरूमा सामाजिक परीक्षण सम्बन्धि अभिमूखिकरण तालिम र गोष्ठीको आवश्यकता देखिन्छ । तालिम र गोष्ठीले उनिहरूमा क्षमता अभिवृद्धि गर्ने कुरा
आल्याएको छ । विद्यालयको आर्थिक तथा जिन्सी सामानहरूको अभिलेख राख्न प्र.अ.तथा लेखापाललाई सो सम्बन्धि तालिम दिनुपर्ने देखिन्छ । वार्षिक कार्यक्रम निर्माण, कार्यान्वयन, विद्यार्थी प्रगति विवरण र उपलब्धीको तथ्याङक समय–समयमा अभिभावक तथा सरोकारवालाहरूलाई जानकारी गराउनु पर्दछ । विद्यालयमा भएका, हुने गरेका कार्यक्रम ,नगद तथा जिन्सी आम्दानी विवरणको चार्ट बनाई राख्ने व्यवस्था गर्नुपर्दछ । विद्यालयका सरोकारवालाहरूबीच प्रभावकारी संचार कायम गरी महत्वपूर्ण योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा सबैलाई संलग्न र सहभागी गराउदै लैजानु पर्दछ ।
