विद्यालय सुधार योजनाले विद्यालयको व्यवस्थापनमा पारेको प्रभाव {Impact of School Improvement Plan on School Management}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
विद्यालय सुधार योजनाले विद्यालयको व्यवस्थापनमा पारेको प्रभाव शीर्षकमा तयार गरिएको शोधपत्रमा संखुवासभा जिल्लाको पूर्वी दक्षिणी क्षेत्रमा पर्ने श्री सारदा उच्च मा.वि. पोखरी स्रोत केन्द्र अन्तर्गत पर्ने सामुदायिक प्राथमिक विद्यालयहरुमा विद्यालय सुधार योजनाले विद्यालयको व्यवस्थापनमा पारेको प्रभाव सम्बन्धि अध्ययन गरियो । अध्ययनका क्रममा विद्यालय सुधार योजनाको कार्यान्वयनको अवस्था पहिचान गरी ,विद्यालयको भौतिक सुधारमा पारेको प्रभाव विश्लेषण गरी, विद्यालय सुधारको कार्यान्वयनको समस्याहरु केलाउदै योजनाको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायहरु पत्ता लगाउने उद्धेश्यबाट यो शोधपत्र तयार गरिएको छ । विद्यालयको शैक्षिक विकास सुधार गर्न विद्यालयको भौतिक पूर्वाधार आवश्यक भएको, विद्यालय सुधार योजना सिंगो योजनाको खाका रहेको हुँदा विद्यालय सुधार योजनाले प्राथमिक विद्यालयको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खल्ने कुरा स्पष्ट पाइयो । त्यस्तै प्राथमिक विद्यालयको व्यवस्थापनमा कार्यान्वयनका समस्या र समाधानका उपायहरु पहिल्याउन सजिलो भएको हुँदा विद्यालय सुधार योजना विना कुनै पनि भौतिक र शैक्षिक कार्यक्रमहरु पूरा हुन सक्दोरहेनछ भन्ने शोधपत्रले स्पष्ट देखाएको छ ।
यो अध्ययनको सिलसिलामा अनुसन्धान कार्य गुणात्मक तथा परिमाणात्मक र मिश्रित ढाँचामा तयार गरी पोखरी स्रोत केन्द्र अन्तर्गत नुनढाकी गा.वि.स. भित्रका सामुदायिक प्राथमिक विद्यालयहरुले ओगटेको जनसङ्ख्यालाई लिएको छ । तथ्याङक संकलन गर्दा नमूनाको आकारको रुपमा प्र.अ., शिक्षक शिक्षिका, अध्यक्ष र विद्यालयसँग सरोकार राख्ने अन्य महानुभावहरुसँग प्रत्यक्ष छलफल गरी प्रश्नावलीका आधारमा शोधपत्र तयार गरिएको छ ।
प्राथमिक विद्यालयहरुमा विद्यालयको व्यवस्थापन गर्दा केन्द्रको मुख नताकी आप्mनै तहबाट सुधारको थालनी गर्नुपर्ने सन्देश प्राप्त भयो । विद्यालय प्रति समुदाय, अभिभावक , सरोकारवालाहरुको जिम्वेवार बोध भएको पाइयो , सरोकारवालाहरुले विद्यालयलाई सुधार गर्न चासो देखाएको, सीमित स्रोत र साधनको उच्चतम प्रयोग गर्न सहयोग गरेको , योजना निर्माणको सिलसिलामा अनुगमन र मूल्याङकन गरी विद्यालयलाई रचनात्मक सहयोग गरेको पाइयो ।
विद्यालय सुधार योजनालाई औपचारिक रुपमा मात्रै नलिइ व्यवहारिक रुपमा लिनुपर्ने, विद्यालयको वास्तविक अवस्थाको अध्ययन गरी उपलब्ध साधन र स्रोतले धान्न सक्ने कार्यक्रमहरु राखेर विद्यालय सुधार योजना निर्माण गर्नुपर्ने सुझाव प्राप्त भयो ।
