दार्चुला जिल्लाका कक्षा पाचमा अध्ययनरत विद्यार्थीहरूको नेपाली उच्चारण क्षमता {Darchula Jillaka Kaksha Panchma Adhyayanrat Bidhyarthiharuko Nepali Uchcharan Kshamata }

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Deparment of Nepali

Abstract

प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय नेपाली शिक्षाअन्तर्गतस्नातकोत्तर तह चौथो सत्रको नेपा.शि. ५४४ को आवश्यकता परिपूर्तिका निमित तयारपारिएको हो । प्रस्तुत अध्ययन क्षेत्रीय अध्ययन विधिको अवलम्बन गरी दार्चुला जिल्लाकाकक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको नेपाली उच्चारण क्षमताको अध्ययनमा केन्द्रितरहेको छ । नमुना छनोटका आधारमा ५ वटा सामुदायिक र ५ वटा संस्थागत गरी जम्मा१० ओटा विद्यालयका १०० जना दार्चुलेली भाषी विद्यार्थीहरूको समग्रमा विद्यालय प्रकृतिकाआधारमा र लैङगिक आधारमा उच्चारण क्षमताको अध्ययन र विश्लेषण गरिएको छ ।प्रस्तुत अध्ययनमा विभिन्न आवश्यक सामग्री जुटाएर कक्षा पाँचमा अध्ययनरतविद्यार्थीहरूको नेपाली भाषा उच्चारण क्षमताको पहिचान गरिएको छ । यस क्रममाविद्यार्थीहरूको उच्चारण क्षमतालाई शुदधताका आधारमा जाँच गरी त्यसबाट प्राप्तपरिणामलाई प्रतिशताङक,मध्यमान र मानक विचलनद्वारा प्रस्तुत गरिएको छ । प्रस्तुत शोधपत्रका लागिसमग्र विद्यार्थीहरूको उच्चारण क्षमताको प्रतिशताङककास्थिति गणना गर्दा औसत अङक ४१.८ देखिनुले विद्यार्थीहरूको समग उच्चारण क्षमताराम्रो रहेको पाइन्छ । समग्र विद्यार्थीहरूको समग्र मध्यमानका आधारमा बहुसख्यकविद्यार्थीहरूको उच्चारण क्षमता समग्र मध्यमानभन्दा माथि रहेकोले विद्यार्थीहरूको उच्चारणक्षमता राम्रो रहेको पाइन्छ । लैङगिकताका आधारमा सम्पूर्ण छात्रहरूको मध्यमान३८.८ रसम्पूर्ण छात्राहरूको मध्यमान ४२.४ रहेकाले छात्राहरूको उच्चारण क्षमता केही मात्रामाउच्च रहेको देखिन्छ । छात्रहरूको मानक विचलन १३.९४र सम्पूर्ण छात्राहरूको मानकविचलन १२.७०रहेकाल यी दुइमा छात्रा विद्यार्थीहरूको उच्चारण क्षमता उच्च रहेकादेखिन्छ । सामुदायिक विद्यालयका विद्यार्थीहरूको मध्यमान ४२.४ र संस्थागत विद्यालयकाविद्यार्थीहरूको मध्यमान ४० रहेकाले संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयकाविद्यार्थीहरूको राम्रो रहेका देखिन्छ । सामुदायिक विद्यालयको मानक विचलन १२.५७ रसंस्थागत विद्यालयको मानक विचलन १४.५६ रहेकाले संस्थागत विद्यालयभन्दा सामुदायिकविद्यालयको दार्चुला जिल्लाका कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको उच्चारण क्षमतारामो रहेको देखिन्छ । यसरी उच्चारण क्षमतासँग सम्बन्धित विभिन्न प्रश्नहरूका आधारमा विश्लेषण गदाकक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको उच्चारण क्षमता राम्रो रहेको देखिन्छ । संस्थागतविद्यालयभन्दा सामुदायिक विद्यालयका विद्यार्थीहरू तथा छात्र विद्यार्थीको भन्दा छात्राविद्यार्थीहरूको उच्चारण क्षमता राम्रो रहेको देखिन्छ ।

Description

Citation