यादव जातिको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाको एक समाजशास्त्रीय अध्ययन(गोलबजार न.पा–८ जिल्ला ,सिरहा){A Sociological Study of Socio-Cultural and Economic Status of Yadav Caste (Golbazar Napa-8 District, Siraha)}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

समाजशास्त्र संकाय

Abstract

प्रस्तुत शोधपत्र “यादव जातिका सामाजिक सास्कृतिक तथा आर्थिक अवस्थाको एक समाजशास्त्री अध्ययन” शीर्षक अन्तर्गत सिरहा जिल्लाको गोलबजार नगरपालिका वार्ड नंं.–८क्षेत्रभित्र सीमित रही अध्ययन गरिएको छ । “यादव जातिको सामाजिक सांस्कृतिक तथा आर्थिकअवस्थाको एक समाजशास्त्री अध्ययन” मा यादव जातिको उत्पत्ति ,उपनाम र इतिहास,यादवजातिको सामाजिक सांस्कृतिक तथा आर्थिक संस्कार,जीवनशैली केलाउने जस्ता उद्देश्यराखेरअध्ययन गरिएको छ । अध्ययन गर्ने क्रममा गोलबजार नगरपालिका वाड नं. ८मा रहेको १०० घरधुरीलाई उद्देयमुलकनमूनाछनौटको रुपमा लिइ त्यसमा महिला २८० र पुरुष ३३१ जनालाई उत्तरदाताको रुपमाछनौट गरिएको छ । अध्ययन धेरै विधिबाट गर्न सकिने भएतापनि स्रोत साधन र समयकाकारण अनुसन्धानका अन्तरवाता र अवलोकनसाधनमात्र यस अध्ययनमा प्रयोग गरिएको छ । प्रस्तुत शोधपत्रमा यादवहरुको सामाजिक सांस्कृतिक तथा आर्थिक जीवनमा पारेका असरकाविषयमा अध्ययन गर्ने पयास गरिएको छ । साथै अध्ययनको पृष्ठभूमि समस्याको कथन,अध्ययनकाउद्देश्य, अनुसन्धात्मक प्रश्नहरु,अध्ययनका महत्व, अध्ययनको सीमा र अध्ययनकासङगठनजस्ता कुराहरु यहाँ समावेश गरिएको छ ।सन्दभसाहित्यका अन्तर्गत रहेर त्यस क्षेत्रका यादवहरुका लागि भएका सैद्धान्तिक समीक्षा,अनुभवजन्य समीक्षा, अवधाराणात्मक ढाँचा,सैद्धान्तिकमेल यस शोधपत्रमा समेटिएको छ ।यसले हालसम्म भएका विभिन्न अध्ययनहरुतथा नीतिगत सन्दर्भमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरबाट भएका प्रयासहरुमा अध्ययन गरिएको छ ।अनुसन्धानको क्रममा सङख्यात्मक तथा गुणात्मक तथ्याङ्कहरुको सङकलन तथा सङकलन विधिर उपायहरुको साथमा यस अनुसन्धानको ढाँचा, अध्ययन क्षेत्रको छनौट र औचित्य, तथ्याङ्ककाप्रस्तुती तथा स्रोतहरु, तथ्याङ्कको समग्रता र नमूना छनौट ,तथ्याङ्क सङकलनका विधि तथाउपकरणहरु , प्राथमिक स्रोत , अन्तरवाता अवलोकन ,जानकार व्यक्तिहरुको अन्तरवार्ता ,द्वितिय स्रोत , तथ्याङ्कको विश्वासनीयता र वैधता , नैतिक आचरणको पालना आदी पक्षलाइव्याख्या तथा विश्लेषणको बारेमा उल्लेख गरीएको छ । यस अध्ययनमा प्रश्नावली र हष् अन्तरवार्ताको माध्यमबाट स्थलगत रुपमा अध्ययन क्षेत्रमा नै गई तथ्याङ्कहरु संकलन गरीएकाछ । अध्ययन वणनात्मक र विश्लेषणात्मक दुवै ढाँचा रहेको छ । त्यसलाई खोजमूलक तरिकाअपनाइ विभिन्न पत्र पत्रिका ,पुस्तक,एफ.एम. रेडियो जस्ता सामग्रीहरुका आधारमाअन्वेश्षणत्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएका छन । नमूना छनौटको लागि १००घरधुरीका १५–५९ वर्ष उमेर समूहको विभिन्न पेशा व्यवसायमा संलग्न यादवहरुको छनौटभएका छन ।परिवर्तन हुने क्रममा यस वडाका यादवहरुमा बच्चालाई पढाउनु पर्छ भन्ने जनचेतना भएकादेखिन्छ ।सक्नेले निजी र नसक्नेले सरकारी स्कुलमा पढाउने थालेका छनभने उ.मा.वि. रक्याम्पसमा चाहिँ विद्यार्थी समान्य रहेका तथ्याङ्कको विश्लेषण र प्रस्तुतीकरण गर्ने सन्दर्भमाअध्ययन क्षेत्रको परिचय, भौगोलिक परिचय,जनसङख्या , जातजाति, यादव जातिको सामाजिकस्थिति , यादव जातिको जनसङख्या , घरको बनाबट परिवारको बनाबट , शैक्षिक स्थिति ,सामाजिक र राजनैतिक चतना,स्वास्थ्य सरसफाई र खानेपानी , सामाजिक र आर्थिक परिवर्तन,यादव जातिको सांस्कृतिक स्थिति , संस्कार ,जन्मसंस्कार , छठियार,मुण्डन,अन्नप्राशन ,देखासुनी,छेका वा रोका , तिलक,विवाह , मृत्युसंस्कार , भाषा भेषभूषा र रहनसहन ,धर्म,चाडपर्व र सांस्कृतिक परिवर्तन आदि रहेको तथ्यहरुलाई यहाँ विश्लेषण प्रस्तुतीकरण गरिएकाछ । यसले उक्त क्षेत्रका यथार्थतालाई जस्ताका त्यस्तै प्रस्तुत गर्ने गरिएको छ ।निष्कर्षको रुपमा अनुसन्धानको सारांश,निष्कर्ष र सझावहरु जस्ता कुराहरुलाई समेटने प्रयासगरिएको छ । यस अध्ययनले यादवहरुले सामाजिक , सांस्कृतिक तथा आर्थिक रुपमा भोग्नपरेका समस्या र कठिनाइहरु यथावत रहेको अध्ययनले देखाएको छ । धर्म सांस्कृतिक ,चाडपर्व,रितिरिवाज , चालचलन ,पेशा,रोजगारहरु जस्ता विषयमा यादवहरुको स्थिति यसशोधपत्रमा उल्लेख गरिएका छ ।

Description

Citation

Collections