विद्यार्थीको नियमिततामा शैक्षिक व्यवस्थापनको प्रभाव {Vidyarthiko niyamitatama saikṣika Byavasthapanako prabhava}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Faculty of Education

Abstract

सवैलाई गुणात्मक शिक्षा दिने प्रतिवद्धताअनुसार सरकारले विद्यालय शिक्षामा निकै ठूलो लगानी गरेको छ तापनि अपेक्षित उपलब्धी हासिल हुन सकेको छैन । विद्यार्थीहरुलाई नियमित उपस्थित गराउने र नतिजा उत्साहजनक बनाउने लक्ष्य राखेपनि नतिजा भने त्यति निराशापूर्ण नभएता पनि नियमितता भने पाइन्न । यसमा विद्यार्थीहरुको उपलब्धी र उपस्थितिलाई निरन्तर र नियमित वनाउन नसक्नुमा विभिन्न तत्वहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रभाव पारेका पाइन्छ । यसै सन्दर्भमा “विद्यार्थीको नियमिततामा शैक्षिक व्यवस्थापनको प्रभाव” शीर्षकमा यो अध्ययन गरिएको छ । यस अध्ययनबाट शिक्षा क्षेत्रमा कार्य गर्ने जो कोहीलाई पनि केही हदसम्म भएपनि सहयोग पुुग्ने आशा गरिएको छ । शिक्षक तथा सम्बद्ध व्यक्तिहरूलाई दिइने पेशागत सीप अभिवृद्धिका तालिम, आर्थिक तथा भौतिक सहयोगहरू पनि उपयुक्त देखिएका छैनन् । एउटा विद्यालय र शिक्षकले गरेको राम्रा अभ्यासहरूलाई अर्को विद्यालयसम्म पु¥याउने काम त्यति हुने गरेको भएको पाइँदैन । विद्यालय र सरोकारवालाहरूको सम्बन्ध विकासमा होस् या विद्यालय र माथिल्लो निकायबीचको सम्बन्ध होस् दुवै शैक्षिक व्यवस्थापनभन्दा पनि प्रशासनिक नै रहेको पाइन्छ । यस अध्ययनका तीनवटा उद्देृश्यहरूमा पहिलो शैक्षिक व्यवस्थापनको वर्तमान स्थितिको पहिचान गर्ने, दोस्रो विद्यार्थी नियमिततामा शैक्षिक व्यवस्थापनका तत्वहरूले खेलेका भूमिकाको लेखाजोखा गर्ने, तेस्रो शैक्षिक व्यवस्थापनमा देखिएका समस्याहरू पत्ता लगाई निराकरणका उपयुक्त उपायहरू प्रस्तुत गनर्,े प्रमुख उद्देृश्य लिई यो अध्ययन गरिएको हो । उल्लेखित उद्देश्यहरू पूरा गर्नका लागि, के सबै विद्यालयहरूमा शैक्षिक व्यवस्थापन उपयुक्त किसिमका छन् ? विद्यार्थी नियमिततामा शैक्षिक व्यवस्थापनले के के भूमिका खेलेको छ ? शैक्षिक व्यवस्थापनले विद्यार्थीहरूको नियमिततामा वृद्धि गर्ने कस्ता तत्वहरू छन् ? शैक्षिक व्यवस्थापनमा के के समस्याहरू रहेको पाइन्छ ? जस्ता अनुसन्धानात्मक प्रश्नहरू राखी अध्ययन गरिएको थियो । अध्ययनको सैद्धान्तिक खाकाको रुपमा स्किनर, मास्लो र हर्जवर्गका सिद्धान्तहरूलाई आधार बनाइएको छ । साथै पूर्व साहित्यको समीक्षा गर्ने क्रममा विभिन्न सम्बन्धित लेख रचना तथा अध्ययन प्रतिवेदनको समीक्षा गरिएको छ । अध्ययन क्रममा धनकुटा जिल्लाको चानुवा स्रोतकेन्द्रका दसवटा प्रा. वि. र तीनवटा मा. विद्यालयका एकजना स्रोतव्यक्ति, १३ जना प्रधानाध्यापक, ६ जना वि. व्य. स. अध्यक्ष, २५ जना शिक्षक र २६ जना विद्यार्थीहरूलाई जनसंख्याको रुपमा लिई यो अध्ययन कार्य गरिएको छ । यस अनुसन्धान कार्यका लागि प्रश्नावली, अवलोकन तथा छलफल जस्ता सूचना संकलनका साधन एवं विधिहरूको प्रयोग गरिएको छ । यसरी प्राप्त तथ्याङ्कहरूलाई तालिकीकरण र चार्टको माध्यमद्वारा विश्लेषण र प्रस्तुीतकरण गरिएको छ । परिमाणात्मक तथा गुणात्मक दुवै ढंगबाट विश्लेषण गरिएको छ । विद्यालय शिक्षालाई व्यवस्थित गर्न सबैभन्दा महत्वपूर्ण भूमिका प्रधानाध्यापकका भएकोे पाइयो । विद्यालयमा शैक्षिक व्यवस्थापनका भौतिक पूर्वाधारहरू नभएको पाइयो । विद्यालयमा कमजोर कक्षा कोठा व्यवस्थापन, शैक्षिक सामग्रीको अभाव, छात्रवृत्ति, अतिरिक्त कक्षा सञ्चालन, तालिमप्राप्त शिक्षकको अभावजस्ता तत्वहरूले विद्यार्थीहरूको नियमिततामा बढी प्रभाव पारेको पाइयो । विद्यालयमा शिक्षक विद्यार्थी आचारसंहिता नभएको र प्र. अ. बाट कक्षा अवलोकन गरी पृष्ठपोषण कमै मात्र दिएको पाइयो । शैक्षिक व्यवस्थापनका कुरा गर्न पूर्वाधारहरू पूरा गर्न सम्बन्धित सरकारी निकायहरू ः गैरसरकारी निकाय, सघ–संस्था, स्थानीय निकाय, स्रोतसाधन र समुदायसँग राम्रो समन्वय गरी शिक्षक तालिम, भौतिक व्यवस्थापन, अभिभावक सचेतना कार्यक्रम, विद्यार्थीहरू सेवा, सुविधा, दण्ड र पुरस्कारको उचित प्रयोग, अतिरिक्त कक्षा व्यवस्थापन र वैज्ञानिक औजार आदि सबै विद्यालयहरूमा चाल्नु पर्ने देखिन्छ । यस्ता समस्या समाधान गर्न सरकारले प्र. अ. शिक्षकलाई तालिम, विद्यार्थीलाई विद्यालयप्रति सकारात्मक सोचको विकास, निरीक्षणलाई प्रभावकारी बनाई उपयुक्त भौतिक साधन स्रोत जुटाउन विशेष पहल गर्नुपर्ने यस अध्ययनबाट देखिएको छ ।

Description

Citation